पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप भदौ २७ देखि
बुधबार, भदौ २०, २०८०

वालिङमा मोतियाविन्दुको शल्यक्रिया सेवा
बुधबार, भदौ २०, २०८०
स्याङ्जाको वालिङ स्थित गह्रौँ प्राथमिक अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया सेवा सुरुआत हुने भएको छ । यसका लागि हिमालय आँखा अस्पताल पोखरा र जिल्ला आँखा उपचार केन्द्रका बीचमा मासिक शल्यक्रिया सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको छ ।

जापानिज इन्सेफ्लाइटिसबाट एकजनाको मृत्यु
मंगलबार, भदौ १९, २०८०
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँका अनुसार कावासोतीका–२ का ६६ वर्षीय एक महिलाको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको हो । बिरामी भएर भदौ ६ गते चितवनस्थित अस्पतालमा भर्ना भएकोमा उनको भदौ ७ गते मृत्यु भएको हो ।

सुध्रिँदै पाल्पा अस्पतालको सेवा
बिहीबार, भदौ ७, २०८०
कुनै समय ‘राम्रो उपचार हुँदैन, औषधि पनि पाइदैन, फोहोर र अव्यवस्थित छ’ भन्ने टिप्पणी सहन बाध्य पाल्पा अस्पताल यतिखेर सबैको आकर्षणमा पर्न थालेको छ । व्यापक सुधारपछि व्यवस्थित बन्दै गएकाले यो अस्पताल पछिल्लो समय सबैको नजरमा पर्न थालेको हो ।

पाल्पा अस्पतालको भौतिक पूर्वधारको विकासमा राजनीतिक दलको प्रतिवद्धता
बुधबार, भदौ ६, २०८०
पाल्पा अस्पतालको भौतिक पूर्वाधारको विकासमा आफुहरु प्रतिवद्ध भएर लाग्ने जिल्लाका राजनीतिक दलहरुले बताएका छन् । बुधबार पाल्पा अस्पतालले आयोजना गरेको सर्वदलिय बैंठकमा उनीहरुले स्वास्थ्य जस्तो संवेदनशील विषयमा आफुहरु गम्भीर रहेको बताउँदै सरकारी अस्पतालको भौतिक पूर्वधारको विकासमा आफुहरु प्रतिवद्ध रहेको बताएका हुन् ।

आँखा पाक्ने रोगमा ‘इन्टेरो भाइरस’ सङ्क्रमण धेरै
मंगलबार, भदौ ५, २०८०
नेपालमा अहिले देखिएको आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) मा इन्टेरो भाइरस सङ्क्रमण बढी भएको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको १० नमूना परीक्षणमा ८० प्रतिशतमा इन्टेरो भाइरस सङ्क्रमण देखिएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिए ।

पाल्पामा पनि फैलियो आँखा पाक्ने प्रकोप
मंगलबार, भदौ ५, २०८०
केही दिनयता पाल्पासहित देशका अधिकांश जिल्लाहरुमा आँखा पाक्ने रोग फैलिरहेको छ । चिकित्सकीय भाषामा यो रोगलाई ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भनिन्छ । प्रायः गर्मी मौसममा बढी फैलिने यो रोगबाट युवायुवती र बालबालिका बढी संक्रमित भएका छन् ।

देशभर डेङ्गु संक्रमण बढ्दै, सतर्कता अपनाउन आग्रह
मंगलबार, साउन ३०, २०८०
देशभरि डेङ्गुको संक्रमण दैनिक बढिरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेङ्गुको संक्रमण फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका छन् ।

गर्भवतीलाई अल्ट्रासाउण्ड सेवा निःशुल्क
आइतबार, साउन २८, २०८०
बुटवल उपमहानगरपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षणका लागि ‘अल्ट्रासाउण्ड’ (भिडियो एक्सरे) सेवा निःशुल्क सुरु गरेको छ । बुटवल उपमहानगरपालिका–९ र ११ का लागि बुद्धनगरस्थित सहरी स्वास्थ्य केन्द्रबाट नगर प्रमुख खेलराज पाण्डेयले सेवा सुरु भएको घोषणा गरेका हुन् ।

पाल्पामा डेंगीबाट बालिकाको मृत्यु
शुक्रबार, साउन २६, २०८०
डेंगी संक्रमणबाट पाल्पामा एक बालिकाको मृत्यु भएको छ । तानसनेनस्थित युनाइेट मिसन अस्पतालमा उपचाररत वालिङ नगरपालिका–११, आमडाँडाकी ११ महिनाकी बालिकाको संक्रमण डेंगी संक्रमणबाट मृत्यु भएको हो ।

स्वास्थ्य सवलताका लागि ‘नर्सिङ घरदैलो कार्यक्रम’
शुक्रबार, साउन २६, २०८०
स्याङ्जाको वालिङमा नागरिकको स्वास्थ्य सवलताका लागि ‘नर्सिङ घरदैलो कार्यक्रम’ सञ्चालन गरिएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र वालिङ नगरपालिका बीच सम्झौतापत्रमा हस्ताक्षर भई उक्त कार्यक्रम सञ्चालनमा आएको हो ।

डेंगीबाट आठ जनाको मृत्यु
बिहीबार, साउन २५, २०८०
नेपालमा पछिल्लो समय डेंगी संक्रमितको संख्या बढिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार ७४ जिल्लामा फैलिएको डेंगीबाट हालसम्म ८ जनाको मृत्यु भइसकेको छ । जसमा पाल्पाकी एक जना महिला रहेकी छन् ।