Shittalpati
गुल्मीमा ३३ जनाको आरडिटी परीक्षण, तीन जनाको रिपोर्ट ‘पोजेटिभ’
गुल्मीमा ३३ जनाको आरडिटी परीक्षण, तीन जनाको रिपोर्ट ‘पोजेटिभ’ जिल्लाको रेसुङ्गा नगरपालिका–१० सिमिचौरको क्वारेन्टाइनमा रहेका ३३ जनाको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षण गरिएको छ । आइतबार वडाको भगवती माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा रहेका ९३ जना मध्ये ३३ जनाको आरडीटी परीक्षण गरिएको हो ।
शहिद बहुमुखी क्याम्पसमा २५ वेडको आईसोलेशन वेड तयार
शहिद बहुमुखी क्याम्पसमा २५ वेडको आईसोलेशन वेड तयार शहिद बहुमुखी क्याम्पस रामपुर ७ किसानबारीमा २५ वेडको आईसोलेशन वेड तयार गरिएको छ । कोरोना पोजेटिभ देखिएका विरामीहरुको व्यवस्थापनको लागि रामपुर नगरपालिका र निस्दी गाउँपालिकाले संयुक्त रुपमा बेड तयार गरेको हो ।
संक्रमण रोकथामका लागि स्थानीय सरकारसँग समन्वय गर्छौ :  प्रजिअ न्यौपाने
संक्रमण रोकथामका लागि स्थानीय सरकारसँग समन्वय गर्छौ : प्रजिअ न्यौपाने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले कोरोना संक्रमण रोकथामका लागि स्थानीय सरकारसँग समन्वय गरेर जाने बताएका छन् । हालै सुर्खेतबाट पाल्पा सरुवा भई आएका प्रजिअ न्यौपानेले समुदाय स्तरमा कोरोना सक्रमण आउन नदिन जिल्लाका स्थानीय तहदेखी जनप्रतिनिधी, सुरक्षाकर्मी पत्रकारहरुसँग समन्वय गरी काम गर्ने बताएका हुन् ।
स्थानीय तहले खरिद गरे भिटिएम
स्थानीय तहले खरिद गरे भिटिएम नवलपरासी, (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाका विभिन्न स्थानीय तहले आफ्नै आर्थिक स्रोतबाट क्वारेन्टाइनमा बसेकालाई पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्न भिटिएम खरिद गरेका छन् ।
गुल्मीदरबार गाउँपालिकामा चार जनाको आरडिटी रिपोर्ट पोजेटिभ
गुल्मीदरबार गाउँपालिकामा चार जनाको आरडिटी रिपोर्ट पोजेटिभ जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ३ मा चार जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । म्यालपोखरी माविको क्वारेन्टाइमा रहेका नागरिकको आरडिटी परीक्षण ४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । भारतको हेदराबादबाट आएका २ जना, मुम्बई र भुपालबाट आएका एक/एक जना गरि ४ जना पुरुषमामा पोजेटिभ आएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको...
गाउँपालिका अध्यक्ष सहित एक सय ५२ जनाको कोरोना रिपोर्ट नेगेटिभ
गाउँपालिका अध्यक्ष सहित एक सय ५२ जनाको कोरोना रिपोर्ट नेगेटिभ जिल्लाको धुर्कोट गाउँपालिका अध्यक्ष सहित १ सय ५२ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । जेठ १८ गते स्वाब परीक्षणका लागि गाउँपालिकाका अध्यक्ष सहित पठाईएका १ सय ५२ जना रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख डाक्टर भवानीप्रसाद शर्माले जानकारी दिए ।
तिनाउले निर्माण गर्‍यो एक सय ४० बेडको क्वारेन्टाइन
तिनाउले निर्माण गर्‍यो एक सय ४० बेडको क्वारेन्टाइन जिल्लाको तिनाउ गाउँपालिकाले एक सय ४० बेडको क्यारेन्टाइन निर्माण गरेको छ । महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण हुने सम्भावित खतरालाई लक्षित गरेर गाउँपालिकाले एक सय ४० बेडको क्वारेन्टाइन निर्माण गरेको हो ।
गुल्मीका स्थानीय तहमा चार हजार बढी नागरिक क्वारेन्टाइनमा
गुल्मीका स्थानीय तहमा चार हजार बढी नागरिक क्वारेन्टाइनमा जिल्लाका स्थानीय तहहरुले निर्माण गरेका क्वारेन्टाइनमा चार हजार बढी नागरिकलाई राखिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण भारत लगायत तेस्रो मुलुकबाट आएका ४ हजार १ सय ३८ जनालाई स्थानीय तहका विभिन्न क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
बगनासकालीका स्वास्थ्यकर्मीलाई संक्रमण रोकथाम सम्बन्धी प्रशिक्षण
बगनासकालीका स्वास्थ्यकर्मीलाई संक्रमण रोकथाम सम्बन्धी प्रशिक्षण विश्वभर फैलिएको कोरोना महामारीको संक्रमणबाट चिकित्सक सहित स्वास्थ्यकर्मी समेत अछुतो रहन सकेनन् । संक्रमितको उपचारमा संलग्न अधिकांश स्वास्थ्यकर्मीहरुले पर्याप्त मात्रमा सतर्कताका उपायहरु अपनाउन नसक्दा संक्रमण फैलिएको स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिहरुले बताएका छन् ।
रेसुङ्गा नगरपालिकामा ३ सय ९४ जना नागरिक क्वारेन्टाइनमा
रेसुङ्गा नगरपालिकामा ३ सय ९४ जना नागरिक क्वारेन्टाइनमा जिल्लाको रेसुङ्गा नगरपालिकामा पछिल्लो समय भारतबाट आएका ३ सय ९४ जना क्वारेन्टाइनमा रहेका छन् । जसमा ३ सय ४१ जना पुरुष र ५३ जना महिला रहेका हुन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण भारत लगायतका तेस्रो मुलुकबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ ।
लोक दोहोरी प्रतिष्ठान गुल्मीले देखायो महामारीमा सक्रियता
लोक दोहोरी प्रतिष्ठान गुल्मीले देखायो महामारीमा सक्रियता नेपाली कलाकारहरुको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मीले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सक्रियता देखाएको छ । प्रतिष्ठानले जिल्लामा कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य सामग्री वितरण, विभिन्न सचेतनाका कार्यक्रमहरु सञ्चालन गरि सक्रियता देखाएको हो । केही समय अघि सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेको प्रतिष्ठानले केही स्थानीय...
मिर्गौला र मुटुको निःशुल्क उपचार सेवा बन्द
मिर्गौला र मुटुको निःशुल्क उपचार सेवा बन्द बुटवल स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौला रोगीको डायलायसिस तथा मुटुको निःशुल्क उपचार सेवा बन्द गर्ने घोषणा गरेको छ । अस्पतालको नवीकरणका विषयमा भएको सरकारी अलमलका कारण सरकारले बिरामीको निःशुल्क उपचार बापत उपलब्ध गराउँदै आएको रकम लामो समयसम्म पनि निकासा हुन नसक्दा अस्पतालमा आर्थिक संकट परेकाले सो सेवा आगामी असार...
Weather Update