Shittalpati
पाल्पामा कोरोना संक्रमितको संख्या २३ पुग्यो
पाल्पामा कोरोना संक्रमितको संख्या २३ पुग्यो जिल्लामा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । विहिबार माथागढी गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या २३ पुगेको हो । प्रदेश प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा माथागढी गाउँपालिका वडा नंं ८ बहादुरपुरका थप एक पुरुषमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी श्रीकृष्ण भट्टराईले जानकारी...
पाल्पाका स्थानीय सरकारले खरिद गरे भिटिएम
पाल्पाका स्थानीय सरकारले खरिद गरे भिटिएम क्वारेन्टाइनमा रहेका व्यक्तिको परीक्षण अभावमा व्यवस्थापनमा सकस भइरहेका बेला जिल्लाका केही स्थानीय तहले आफ्नै आर्थिक स्रोतबाट क्वारेन्टाइनमा बसेकालाई पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्न भिटिएम खरिद गरेका छन् । संघीय सरकार र प्रदेश सरकारबाट पठाएको भिटिएम पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्न अपुग भएपछि स्थानीय तहले आवश्यकतानुसार भिटिएम खरिद गरेका...
पाल्पामा एकै दिन १२ जनामा संक्रमण देखियो, संक्रमितको संख्या २२ पुग्यो
पाल्पामा एकै दिन १२ जनामा संक्रमण देखियो, संक्रमितको संख्या २२ पुग्यो जिल्लामा एकै दिन १२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । माथागढी गाउँपालिकाको बहादुरपुर क्वारेन्टाइनमा रहेका १२ जनामा बुधबार संक्रमण देखिएको हो । ११ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए ।
गुल्मी अस्पताल र आँखा उपचार केन्द्रलाई स्वास्थ्य सामग्री
गुल्मी अस्पताल र आँखा उपचार केन्द्रलाई स्वास्थ्य सामग्री विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै गुल्मी अस्पताल तथा आँखा उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । नेश्नल हेल्थ केयर प्रालि र क्युरेक्स फर्माक्युटिकल प्रालिको स्टकिट, बविता फर्मा गुल्मीले स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
गुल्मीका  स्थानीय तह र अन्य संघ–संस्थालाई स्वास्थ्य सामग्री वितरण
गुल्मीका स्थानीय तह र अन्य संघ–संस्थालाई स्वास्थ्य सामग्री वितरण जिल्लामा रहेका विभिन्न स्थानीय तह र अन्य संघ–संस्थालाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । पूर्वमन्त्री एवं गुल्मी निर्वाचन क्षेत्र नं २ का सांसद गोर्कण विष्टको पहलमा गृह जिल्लामा ल्याईएका स्वास्थ्य सामग्री मंगलबार सबै स्थानीय तह तथा अन्य संघ–संस्थालाई वितरण गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको हो । संक्रमण वृद्धि भइरहेको...
काँग्रेस नेता डा.भण्डारीलाई पितृशोक
काँग्रेस नेता डा.भण्डारीलाई पितृशोक नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद डा. चन्द्र भण्डारीलाई पितृशोक परेको छ ।
रामपुरमा २५ वेडको आइसोलेशन वेड तयार
रामपुरमा २५ वेडको आइसोलेशन वेड तयार शहिद बहुमुखी क्याम्पस रामपुर ७ किसानबारीमा २५ वेडको आईसोलेशन वेड तयार गरिएको छ । कोरोना पोजेटिभ देखिएका विरामीहरुको व्यवस्थापनको लागि रामपुर नगरपालिका र निस्दी गाउँपालिकाले संयुक्त रुपमा बेड तयार गरेका हुन् । जेठ २ गते तानसेनमा भएको सर्वपक्षिय बैठक अनुसार निस्दी र रामपुरले रामपुरमा ५० वेडको आइसोलेशन निर्माण गर्ने भनिएको...
पाल्पा अस्पतालको मास्टर प्लान तयार
पाल्पा अस्पतालको मास्टर प्लान तयार पाल्पा जिल्ला अस्पतालमा ५० शैयाको क्षमता स्तरवृद्धि र अत्याधुनिक भवन निर्माणको गुरुयोजना तयार भएको छ । अस्पतालले सोमवार सो गुरु योजना एक कार्यक्रमका बीच सार्वजनिक गरेको हो । जिल्लाका दल, प्रदेश सांसद तथा सरोकारवाला र सञ्चारकर्मीहरु बीच सो मास्टरप्लान सार्वजनिक गरिएको गरियो । जिल्ला अस्पताल विकास समितिको तर्फबाट समितिका अध्यक्ष...
कोरोना जितेका अध्यक्ष विरुवा रोपेर निस्किए एकान्तवासबाट
कोरोना जितेका अध्यक्ष विरुवा रोपेर निस्किए एकान्तवासबाट दिनमा कोरोनालाई जितेका धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले कार्यालय परिसरमा बिरुवा रोपण गरि एकान्तबासबाट बाहिर सार्वजनिक भएका छन् । उनले गाउँपालिकाको कार्यलय परिसरमा ओखर, एभोकाडो , रुद्राक्ष र मुन्तलाका बिरुवाहरु रोपाण गरी बाहिर सार्वजनिक भएको धुर्कोट गाउँपालिकाका उपाध्यक्ष शिबबहादुर खत्रीले जानकारी दिए ।
एलएमसीको आइसोलेशनमा उपचाररत एकको मृत्यु, दुईको कोरोना पुष्टि
एलएमसीको आइसोलेशनमा उपचाररत एकको मृत्यु, दुईको कोरोना पुष्टि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज (एलएमसी)को आइसोलेशन कक्षमा उपचारत चार जना मध्ये एक जनाको मृत्यु भएको छ भने दुई जनामा कोरोना पुष्टि भएको छ । आइसोलेशनमा उपचार गराइरहेका गुल्मी मालिका गाउँपालिका ३ का ६८ वर्षीय पुरुषको मृत्यु भएको हो ।
नेतृ पन्थीद्वारा क्वारेन्टाइनमा रहेका नागरिकलाई स्वास्थ्य सामग्री
नेतृ पन्थीद्वारा क्वारेन्टाइनमा रहेका नागरिकलाई स्वास्थ्य सामग्री महिला नेतृ,नेपाल महिला संघका जिल्ला उपाध्यक्ष तथा सामाजिक व्यक्तित्व मिना पन्थीले क्वारेन्टाइनमा रहेका नागरिकहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेकी छन् । उनले जिल्लाको बगनासकाली गाउँपालिका २ पोखराथोक स्थित विष्णु माविमा निर्माण गरिएको क्वारेनटाइनमा रहेका नागरिकहरुलाई स्वास्थ्य सामग्रीसँगै नास्ता सहयोग गरेकी हुन् । सोमबार नेतृ पन्थी, नेपाली काँग्रेसका जिल्ला सचिव झपेन्द्र गहिरे...
Weather Update