Shittalpati
नौ महिनापछि भक्तजन प्रवेश गरे पशुपतिमा
नौ महिनापछि भक्तजन प्रवेश गरे पशुपतिमा गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरसको संक्रमणबाट बच्न बन्दाबन्दी जारी गरेदेखि बन्द रहेको पशुपति बुधबार बिहान छ बजेदेखि भक्तजनका लागि खुला गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर खुला गरिएको मन्दिरमा बिहान छ बजेदेखि नै भक्तजन आउन थालेका छन् ।
धर्म र संस्कृति जाति विशेषका नभई साझा हुँदै गएका छन् : मुख्यमन्त्री पोखरेल
धर्म र संस्कृति जाति विशेषका नभई साझा हुँदै गएका छन् : मुख्यमन्त्री पोखरेल लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संघीय लोकतान्त्रिक गणतन्त्रले सबै धर्म र संस्कृतिको सम्मान र जगेर्ना गर्ने समान अवसरलाई झन फराकिलो बनाएकोे बताएका छन् । श्री गुरुनानकको ५५२ औँ जन्मजयन्तीको अवसरमा सोमबार शुभकामना दिँदै उनले नेपाल जाति, धर्म–संस्कृति र भूगोलमा विविधतायुक्त मुलुक भएको र यही विविधतायुक्त नेपाली समाजको पहिचान विशाल र...
अभिशापी भ्रमण (लघु कथा)
अभिशापी भ्रमण (लघु कथा) करिब सत्ताइस वर्ष अगाडि प्रकाशले गाउँको एक विद्यालयमा कक्षा नौमा पढ्थ्यो । शैक्षिक भ्रमणको योजना थियो । साथीहरू भ्रमण स्थल रोज्दै थिए । बढी पैसा लैजाने योजना बुन्दै थिए कोही त । माघे चिसो ज्यादा थियो । प्रकाश एकसरो कमिजमा थुर्थुर काम्दै कुनामा बसेको थियो । पहिलो घण्टी बज्यो ।
आज देशभर छठ पर्व मनाइदै
आज देशभर छठ पर्व मनाइदै तिहारको समापनसंगै छठपर्व अर्थात् सूर्यको पर्व देशभर आज मनाइदैछ । षष्ठी तिथिका दिन बेलुका अस्ताउदो सूर्यलाई अघ्र्य दिएर यो पर्व मनाउन लागिएको हो । यस वर्ष कात्तिक शुक्ल षष्ठी अर्थात् मङ्सिर ५ गते शुक्रबार बेलुकी अस्ताउँदो र सप्तमी अर्थात् मङ्सिर ६ गते शनिबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइन्छ ।
लुम्बिनीमा पर्यटकको चहलपहल
लुम्बिनीमा पर्यटकको चहलपहल कोरोना महामारीका कारण बन्द रहेको बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्र खुला गरिएसँगै पर्यटकहरुको चहलपहल सुरु भएको छ । सरकारले गत शुक्रबार पर्यटकीय स्थलहरु खुला गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनी पनि खुलेको हो ।
सञ्चारकर्मी काफ्ले ‘पिरतीको नसामा’
सञ्चारकर्मी काफ्ले ‘पिरतीको नसामा’ प्रायजसो रेडियो मार्फत आवाज बुलन्द गर्ने नवगायक तथा सञ्चारकर्मी दिनेश काफ्ले यतिबेला पिरतीको नसामा देखिएका छन् । लोकदोहीरीको क्षेत्रमा उदाउँदै गरेका काफ्ले ‘पिरतीको नसा’ लोकदोहोरी गीतको पर्दामा देखिएका हुन् ।
विक्रीका लागि राखिएका झिनियाँ :
विक्रीका लागि राखिएका झिनियाँ : तानसेनको सिल्खानटोलमा तिहारका लागि विक्री गर्न राखिएका झिनियाँ । तिहारमा खाने परिकार मध्ये झिनियाँ पनि एक हो ।
कोरोनाको चपेटामा मादलको व्यापार
कोरोनाको चपेटामा मादलको व्यापार हिन्दू नेपालीहरुको दोश्रो महान् पर्व तिहार घर आँगनमा भित्रिन लागेको छ । तर विगतमा जस्तो तिहारको रौनकता भने छैन । कोरोना संक्रमणको जोखिम नभएको भए यतिबेला तिहारको चहलपहल व्यापक हुन्थ्यो ।
तिहारअघि नै सुक्यो सयपत्री
तिहारअघि नै सुक्यो सयपत्री यस वर्ष तिहार ढिलो गरी आउँदा सयपत्री र मखमली फूलहरु सुक्न थालेका छन् । बागलुङका अधिकांशका घरमा रहेका सयमत्री र मखमली फुलहरु सुख्न थालेका हुन् । तिहार आएको महसुस गराउने फूल बोटमै सुक्न थालेपछि तिहारमा प्राकृतिक फूलका मालाको अभाव हुने भएको छ ।
लोप हुँदै मादल बनाउने पेशा
लोप हुँदै मादल बनाउने पेशा मादल बनाउने वादी समुदायको पुख्र्यौली पेशा अहिले लोप हुने अवस्थामा छ । पछिल्लो पुस्ताले मादल बनाउन छोडेका छन् । अहिले वादी समुदायले मादल बनाउन समेत बिर्सिन थालेको तुलसीपुर ४ वायखोला निवासी गेहेन्द्र वादीले बताए ।
बडादसैंको छैटौं दिन : कात्यायनीको पूजा आराधना गरी मनाइदै
बडादसैंको छैटौं दिन : कात्यायनीको पूजा आराधना गरी मनाइदै बडादसैंको छैटौं दिन हिन्दूधर्मालम्बीहरूले कात्यायनीको पूजा गरी दसैं मनाउँदै छन् । विजयादशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्यमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टीका र जमरा लगाउने चलन छ ।
संरक्षणका लागि बाजा हस्तान्तरण
संरक्षणका लागि बाजा हस्तान्तरण परम्परा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले वालिङ नगरपालिका वडा नं १३ ले नौमती बाजा हस्तान्तरण गरेको छ । विभिन्न चाडपर्वका साथै शुभकार्यमा बाजा बजाएर परिवार पाल्दै आएका सीपकार एकता समाज वालिङ–१३ मा आवद्ध दमै समुदायलाई नौमती बाजा बजाउनका लागि आवश्यक पर्ने सबै सामग्री वडा कार्यालयले उपलब्ध गराएपछि समूहमा आवद्ध सदस्य...
Weather Update