Shittalpati
डेढ करोड लगानीमा व्यावसायिक फलफूलखेती
डेढ करोड लगानीमा व्यावसायिक फलफूलखेती जिल्लाको ढोरपाटन नगरपालिका–५ पाखापानी भौगोलिक रूपमा विकट मानिन्छ । विकटताका कारण पर्याप्त सेवासुविधा गाउँमा पुग्न सकेको छैन । युवापुस्ता विदेश पालयन भएका छन् भने अधिकांश गाउँमा बस्ने सुविधाको खोजीमा बजार झरिरहेका छन् । गाउँलेको रोजाइमा बजार परिरहेको अवस्थामा यहाँका मानसिङ पुनले भने अवसर खोज्दै डेढ करोड लगानीमा व्यावसायिक फलफूलखेती सुरु...
छुट्टाछुट्टै सवारी दुर्घटना : ९ जनाको मृत्यु, एक पैदलयात्रुले पनि ज्यान गुमाए
छुट्टाछुट्टै सवारी दुर्घटना : ९ जनाको मृत्यु, एक पैदलयात्रुले पनि ज्यान गुमाए देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी नौ जनाको अकालमै ज्यान गएको छ । मृत्यु हुनेमा एक जना पैदलयात्रु पनि रहेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार स्याङ्जा, दैलेख, ललितपुर, कञ्चनपुर,सुर्खेत, महोत्तरी, चितवन, पाँचथर लगायत जिल्लामा सवारी दुर्घटनाबाट उनीहरुले ज्यान गुमाएका हुन् ।
आज सुरक्षित इन्टरनेट दिवस नेपालमा पनि मनाइँदै
आज सुरक्षित इन्टरनेट दिवस नेपालमा पनि मनाइँदै सुरक्षित इन्टरनेट दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । साइबर सुरक्षा सम्बन्धमा चेतना अभिवृद्धि गर्न बालबालिका तथा युवावर्गको लागि काम गर्ने संस्थाहरूबीच सामूहिक शक्ति विकास गर्ने उद्देश्यसाथ यो दिवस मनाउन लागिएको हो ।
पाल्पाको रिब्दीकोटमा पहिलो दिन ३ सय बढी किशोरीले लगाए ‘एचपिभी’ खोप
पाल्पाको रिब्दीकोटमा पहिलो दिन ३ सय बढी किशोरीले लगाए ‘एचपिभी’ खोप जिल्लाको रिब्दीकोट गाउँपालिकामा पहिलो दिन ३ सय भन्दा बढी किशोरीहरुले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एच.भि.पि ) खोप  लगाएका छन् ।
राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित
राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गरेको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘मिडिया काउन्सिल विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
प्रणय दिवसमा एयरलाइन्सको छुट
प्रणय दिवसमा एयरलाइन्सको छुट निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले ‘भ्यालेन्टाइन’ अर्थात् प्रणय दिवसका अवसरमा विभिन्न ‘अफर’ सार्वजनिक गरेका छन् ।
म्याग्दीमा सुन्तला उत्पादन २५ प्रतिशतले बढ्यो
म्याग्दीमा सुन्तला उत्पादन २५ प्रतिशतले बढ्यो म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन करिब २५ प्रतिशतले वृद्धि भएको छ । सुन्तला म्याग्दीमा बिक्री हुने प्रमुख कृषि उपज हो । गत वर्षको तुलनामा यसपाली सुन्तला उत्पादन २४ दशमलव ७० प्रतिशतले वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख सञ्जिव बाँस्तोलाले नयाँ बगैँचा विस्तार, अनुकूल मौसम र रोग...
कालिगण्डकी नदिमा हुँगीका ८७ वर्षीय वृद्धको शव फेला
कालिगण्डकी नदिमा हुँगीका ८७ वर्षीय वृद्धको शव फेला कालीगण्डकी नदीमा एक वृद्धको शव फेला परेको छ ।  स्याङ्जाको चापाकोट नगरपालिका –८ ज्याग्दीघाटस्थित कालिगण्डकी नदि  किनारमा पाल्पा रम्भा गाउँपालिका–१ हुँगीका  ८७  वर्षीय देबिलाल भट्टराईको शव  फेला परेको हो ।
मानव बेचबिखन नियन्त्रण विशेष नीति अवलम्बन गर्नुपर्छ : मुख्यमन्त्री आचार्य
मानव बेचबिखन नियन्त्रण विशेष नीति अवलम्बन गर्नुपर्छ : मुख्यमन्त्री आचार्य लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खुला सिमानाको सहज पहुँचलाई दुरुपयोग गर्दै मानव बेचबिखनका गिरोह सक्रिय रहेको बताएका छन् । 
ट्रकसँग ठोक्किएर मोटरसाइकलमा सवार बालकको मृत्यु
ट्रकसँग ठोक्किएर मोटरसाइकलमा सवार बालकको मृत्यु स्याङ्जाको वालिङ नगरपालिका–८ डुम्रीकोटस्थित सिदार्थ राजमार्गमा ट्रकसँग मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक बालकको मृत्यु भएको छ । आइतबार राति साढे ८ बजेतिर वालिङ मोडबाट भकुण्डेतर्फ आउँदै गरेको ग १ ख ९४७२ नम्बरको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको लु ६९ प ८०६७ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा ट्रकको बीचमा...
माओवादी तानसेन नगरको अध्यक्षमा सिंजाली 
माओवादी तानसेन नगरको अध्यक्षमा सिंजाली  नेकपा (माओवादी केन्द्र) तानसेन नगर समितिको अध्यक्षमा प्रतिक्षा सिंजाली चयन भएकी छन् । माओवादीको तानसेनमा भएको तेस्रो नगर अधिवेशनले सिंजालीलाई अध्यक्षमा चयन गरेको हो ।
रिडी–बल्कोट सडक एक महिना बन्द
रिडी–बल्कोट सडक एक महिना बन्द मदन भण्डारी राजमार्ग सडकअन्तर्गत पर्ने गुल्मीको रिडी–बल्कोट सडक एक महिनाका लागि बन्द भएको छ । उक्त सडकखण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–१ साँखराभिर क्षेत्रमा चट्टान फोरेर सडक चौडा बनाउने काम सुरु भएपछि उक्त सडकमा यातायात सञ्चालन बन्द गरिएकोे हो । 
Weather Update