पाल्पा, गाउँ–गाउँमा जनजीवन स्वस्थ्य, खानपानमा सुधार गर्न, मानिसलाई निरोगी बनाउन, भएका रोगीहरुलाई निको बनाउन रिब्दीकोट गाउँपालिकाले विद्यालय आयुर्वेद तथा योग शिक्षा सम्बन्धी अभियान शुरु गरेको छ । पालुङ्गमैनादी आयुर्वेद औषधालयलमार्फत दुई वटा विद्यालयका शिक्षकहरुलाई आयुर्वेद तथा योग शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुरु गरिएको हो ।
अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले पालिकाबासीलाई स्वस्थ्य निरोगी बनाउन विधालयमा मार्फत अभियान शुरु गरेको बताए । अहिलेको खानपान, बसाई तथा अल्छिपनको कारण जटिल भन्दा जटिल रोगहरु लाग्दै गएको, उपचारमा लाखौ, करोडौ खर्च हुने गरेको, उपचार गर्दा नत रोग नै ठिक हुने, नत मानिसनै लामो समय बाच्ने, पैसा ज्यान दुबै बर्बाद हुने समाजको परिस्थीतिलाई बदल्न विद्यालयमार्फत आयुर्वेद तथा योग शिक्षा अभियान शुरु गरेको पालिका अध्यक्ष कार्कीले बताए । कार्यक्रममा ७ का वडा अध्यक्ष दानबहादुर कुवँरले विद्यालयका शिक्षकमार्फत, विद्यार्थी, विद्यार्थी मार्फत परिवारसँग जोड्ने गरी पालिकाको आयुर्वेद श्रोत केन्द्रको रुपमा रहेको आायुर्वेद औषधालयमार्फत विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम शुरु गरेको बताए ।
यस क्षेत्रमा रहेको, जलेश्वर, कालिकागढी र रिङ्सिङ्ग लेकमा भएको जडीबुटी पहिचान गरी उत्पादन, प्रशोधन गरेर प्रयोगमा ल्याउनु पर्नेमा वडा अध्यक्ष कुवँरले जोड दिए । कार्यक्रममा पालिका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारी, आयुर्वेद औषधालयका प्रमुख डा. र मर्स नेपाल, वैध दिनेशराज, पनेरुले मानिसले अपनाउनु पर्ने, दैनिक खानपान, आहार विहार, योगअभ्यास, स्थानीय स्तरमा पाइने जडिबुटीको प्रयोगका विषयमा सहजीकरण गरेका छन् । अभिमुखीकरणमा कालीका मावि बतासे,सरस्वती मावि खस्यौलीका १२ जना शिक्षकहरुको सहभागिता रहेको छ । कार्यक्रममा सैद्धान्तिक ज्ञान, स्थलमा योग अभ्यास पनि सिकाइएको छ ।