जलवायु परिवर्तनका असर घटाउन किसानलाई सचेत गराइँदै
मंगलबार, असार ३, २०८२
अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन
मंगलबार, असार ३, २०८२
पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर सडक अझै सञ्चालन हुनसकेको छैन । कालीगण्डकी करिडोर सडकको गुल्मी खण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–६ स्थित बरल्बा भन्ने स्थानमा सोमबार दिउँसो सडकमा चट्टानसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो ।
आज विश्व खडेरीविरुद्धको संघर्ष दिवस
मंगलबार, असार ३, २०८२
विश्व मरुभूमीकरण तथा खडेरीविरुद्धको संघर्ष दिवस आज विभिन्न कार्यक्रम गरी मनाईँदैछ । बढ्दो मरुभूमीकरण र खडेरीविरुद्ध विश्व समूदायमा जनचेतना फैलाउन र ऐक्यवद्धता कायम गर्नका लागि सन् १९९५ देखि हरेक वर्ष जुन १७ का दिन विश्वभर यो दिवस मनाउने गरिएको हो ।
पाल्पा जिप दुर्घटना : मृतक थप एक जनाको सनाखत (अपडेट)
मंगलबार, असार ३, २०८२
जिल्लाको पूर्वखोला गाउँपालिका–५, वीरकोटस्थित आर्यभञ्ज्याङ रामपुर कच्ची सडक खण्डमा सोमबार बेलुकी भएको जिप दुर्घटनामा मृत्यु भएका थप एकजनाको सनाखत भएको छ ।
पाल्पामा बोलेरो दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
सोमबार, असार २, २०८२
जिल्लाको पूर्वखोला गाउँपालिकामा बोलेरो पिकअप गाडी दुर्घटना भएको छ । पूर्वखोला गाउँपालिका –५ वीरकोटस्थित आर्यभञ्ज्याङ रामपुर कच्ची सडक खण्डमा आर्यभञ्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको अण्डा लोड गरेको लु १ च ६७५६ नम्बरको बोलेरो पिकअप गाडी आज साँझा दुर्घटना भएको हो ।
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
सोमबार, असार २, २०८२
पहिरोका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ । उक्त सडकखण्डअन्तर्गत जिल्लाको कालीगण्डकी गाउँपालिका–६ स्थित बरल्वामा आज अपराह्न सडक माथिबाट पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सक्षम बन्दैछन् तानसेनका महिला जनप्रतिनिधी
सोमबार, असार २, २०८२
तानसेन नगरपालिकाका महिला जनप्रतिनिधीहरु अहिले सक्षम, क्षमतावान बन्दै नेतृत्व विकासमा जुटेका छन् । नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान २०७२ ले पालिकाको प्रमुख वा उप–प्रमुख मध्ये एक जना महिला र प्रत्येक वडामा वडा अध्यक्षसहित पाँच जना निर्वाचित सदस्यहरुमध्ये एक जना खुला र दलित गरी दुई महिला सदस्य अनिवार्य हुने गरी जनप्रतिनिधीको ...
जसले च्यातिएको झण्डा फेरे
सोमबार, असार २, २०८२
जिल्लाको तानसेन नगरपालिका–५ छापथोक गुर्जुडाँडामा केही वर्षअघिदेखि राष्ट्रिय झण्डा फहराई रहयो । तर झण्डाको अवस्था हेर्दा उदेक लाग्दो नै थियो । किनकि राष्ट्रिय झण्डा धुजा–धुजा भई च्यातिएको अवस्थामा थियो ।
विपन्न बालबालिकालाई पोषण तथा शैक्षिक सामग्री सहयोग
सोमबार, असार २, २०८२
पाल्पाको रामपुर नगरपालिकाकाले बालबालिकालाई पोषण तथा सहायक शैक्षिक सामग्री प्रदान गरेको छ । शारीरिक तथा मानसिक समस्यामा रहेका, दीर्घरोगी, पारिवारिक लगायतका विभिन्न समस्यासँग जुँधिरहेका बालबालिकालाई पोषणयुक्त आहार, पठनपाठनका लागि सहायक सामग्री सहयोग गरिएको छ ।
वालिङमा ‘एक विद्यालय एक करेसाबारी अभियान’
सोमबार, असार २, २०८२
स्याङ्जाको वालिङ नगरपालिका– १४ उपल्लो पेखुस्थित हिमशिखर आधारभूत विद्यालयले दिवा खाजामा प्रयोग गर्ने सामग्री विद्यालयमै उत्पादन गर्दै आएको छ ।
धुर्कोट–इस्मा जोड्ने झोलुङ्गे पुल निर्माण
आइतबार, असार १, २०८२
गुल्मीमा दुई गाउँपालिका जोड्ने झोलुङ्गे पुल निर्माण गरिएको छ । जिल्लाको पश्चिम क्षेत्रका धुर्कोट र इस्मा गाउँपालिका जोड्ने गरी तीन सय ७० मिटर लामो झोलुङ्गे पुलको निर्माण गरिएको हो ।
तरबुजा बिक्री गरेर रु १२ लाख आम्दानी
आइतबार, असार १, २०८२
रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोटका २७ वर्षीय वीरेन्द्र खड्का र परिवर्तन गाउँपालिका–५ का ३१ वर्षीय वीरेन्द्र वलीले दाङमा तरबुजाखेतीबाट मनग्य आम्दानी लिन थालेका छन् ।
सेवा प्रवाहमार्फत जनतामा भरोसा र विश्वास जगाऔं : सांसद राना
आइतबार, असार १, २०८२
लुम्बिनी प्रदेशका सांसद् तथा पूर्वमन्त्री विरबहादुर रानाले प्रभावकारी सेवा प्रवाहमार्फत जनतामा भरोसा र विश्वास जगाउन निजामती कर्मचारीलाई आग्रह गरेका छन् । शनिबार नेपाल निजामती कर्मचारी युनियन पाल्पाको ९ औं जिल्ला अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै सांसद् रानाले सेवा प्रवाहमार्फत जनतामा विश्वास जगाउन आग्रह गरेका हुन् ।


