लुम्बिनी प्रदेशको वित्तिय प्रगतिमा स्वास्थ्य मन्त्रालय पहिलो
शनिबार, फागुन १०, २०८१

देशमा धेरै परिवर्तन भएको छ, केही पनि भएन भन्नु गलत हो : मन्त्री सारु
शुक्रबार, फागुन ९, २०८१
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले देशमा केही पनि भएन भन्नु गलत भएको बताएका छन् । शुक्रबार लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेको ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियानलाई पाल्पाको तानसेनमा सम्बोधन गर्दै मन्त्री सारुले मुलुकमा धेरै परिवर्तन भएकाले केही भएन भन्नु गलत भएको बताएका हुन् ।

अर्घाखाँचीमा लोकभजन प्रतियोगिता
शुक्रबार, फागुन ९, २०८१
धार्मिक पर्यटक आकर्षित गर्न अर्घाखाँचीको पाणिनीमा खुला भजन प्रतियोगिता आयोजना हुने भएको छ । यही फागुन १४ गते महाशिवरात्रिको दिन लायन्स क्लब अफ अर्घाखाँची पाणिनीको आयोजनामा भजन प्रतियोगिता हुने भएको आयोजक संस्थाका अध्यक्ष अर्जुन पोख्रेलले जानकारी दिए ।

प्रकृति लम्सालको अन्तिम संस्कार
शुक्रबार, फागुन ९, २०८१
भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा शंकास्पद रुपमा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्तिम दाहसंस्कार गरिएको छ । प्रकृतिको शव उनको निवास सिद्धार्थनगर– ८ मा ल्याई त्यहाँ अन्तिम श्रद्धान्जली पछि स्वर्गद्वारी घाटमा पुर्याएर अन्त्येष्टि गरिएको हो ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदैं
शुक्रबार, फागुन ९, २०८१
अन्तराष्ट्रिय मातृभाषा दिवस, नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाईदैछ । संयुक्त राष्ट्रसंघ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरेको हो ।

रुपन्देहीमा एक महिला मृत फेला
बिहीबार, फागुन ८, २०८१
रुपन्देहीको सियारी गाउँपालिका–२ मा एक महिला मृत फेला परेकी छन् । जिल्लाको सियारी गाउँपालिका–२ भगदरीस्थित बेथरी सडकखण्डको किनारमा अन्दाजी ४५ वर्षीया महिलाको शव फेला परेको हो ।

बिक्री भएन ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’
बिहीबार, फागुन ८, २०८१
कोटहीमाई गाउँपालिका– ५ देवनबक्सापुरका रामायन पालले विगत २० वर्षदेखि भेडा पालन गर्दै आएका छन् । उनको अधिकांश समय घर बाहिर नै बित्ने गरेको छ ।

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य
बिहीबार, फागुन ८, २०८१
लुम्बिनी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गरेका छन् । नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम फागुन ६ गते राति १२ः०० बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरेका हुन् । गत पुस १६ गतेदेखि सुरु भएको अधिवेशनमा ११ पटक बैठक भएको थियो ।

रामपुरमा घुम्ती शिविरमार्फत नागरिकलाई सेवा
बिहीबार, फागुन ८, २०८१
जिल्लाको रामपुर नगरपालिकाले वडा नं. ९ मा एकीकृत घुम्ती शिविरमार्फत नागरिकलाई सेवा प्रवाह गरेको छ । नगरपालिकाको कार्यालयको पहुँच भन्दा टाढा रहेका नागरिकहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले शिविरमार्फत सेवा प्रवाह गरेको हो ।

अबको तीन वर्ष गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार हाम्रो मिसन हो : महामन्त्री थापा
बुधबार, फागुन ७, २०८१
सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अबको तीन वर्ष नेपाली काँग्रेसका लागि मिसन ०८४ नभई गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार भएको बताएका छन् । बुधबार पाल्पाको पूर्वखोलामा आयोजना गरिएको प्रथम लोकतान्त्रिक महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पाल्पामा प्रजातन्त्र दिवसमा निःशुल्क स्वास्थ्य परीक्षण
बुधबार, फागुन ७, २०८१
प्रजातन्त्र दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले निःशुल्क रुपमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शिविरमा सुगर, ब्लड प्रेसर, मृगौला परीक्षण तथा उचाई र तौल नाप जाँच गरिएको हो ।
पाल्पामा पनि मनाइयो ७५ औँ प्रजातन्त्र दिवस
बुधबार, फागुन ७, २०८१
पाल्पामा विभिन्न कार्यक्रम गरी ७५ औं प्रजातन्त्र दिवस मनाइएको छ । जिल्ला मूल समारोह समितिको आयोजनामा पाल्पा दरवार संग्रहालय परिसरमा सहिदहरुको तस्विरमा फूलमाला तथा टिका अविरले माल्यार्पण गरी सहिदको योगदान बारे चर्चा गर्दै दिवस मनाइएको हो ।