Shittalpati
सांसद रानाले गरे क्वारेन्टाइनको अनुगमन
सांसद रानाले गरे क्वारेन्टाइनको अनुगमन पाँच नम्बर प्रदेशका प्रदेशसभा सदस्य तथा नेपाली काँग्रेसका जिल्ला सभापति वीरबहादुर रानाले क्वारेन्टाइनको अनुगमन गरेका छन् । सांसद रानाले जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा रहेका विभिन्न क्वारेन्टाइनको अनुगमन गरेका हुन् । रैनादेवी छहराको भुवनपोखरीमा सबै भन्दा धेरै भारतबाट फर्केका नागरिक छन् ।
गुल्मीका  स्थानीय तह र अन्य संघ–संस्थालाई स्वास्थ्य सामग्री वितरण
गुल्मीका स्थानीय तह र अन्य संघ–संस्थालाई स्वास्थ्य सामग्री वितरण जिल्लामा रहेका विभिन्न स्थानीय तह र अन्य संघ–संस्थालाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । पूर्वमन्त्री एवं गुल्मी निर्वाचन क्षेत्र नं २ का सांसद गोर्कण विष्टको पहलमा गृह जिल्लामा ल्याईएका स्वास्थ्य सामग्री मंगलबार सबै स्थानीय तह तथा अन्य संघ–संस्थालाई वितरण गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको हो । संक्रमण वृद्धि भइरहेको...
रुपन्देही घटनामा संलग्नलाई कारवाही माग
रुपन्देही घटनामा संलग्नलाई कारवाही माग राष्ट्रियसभाका सदस्यले पछिल्लो समयमा मुलुकका विभिन्न स्थानमा बढ्दै गएको हत्याहिंसा अन्त्य गर्नुपर्ने माग गरेका छन् । सभाको आजको बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट (पार्टी) का गोपाल भट्टराईले पछिल्लो समयमा रुकुम र रुपन्देहीलगायत जिल्लामा भएको हत्यामा संलग्न दोषीमाथि कारवाही गर्नुपर्ने माग गरे ।
हत्या गरेको आशङ्कामा नियन्त्रणमा
हत्या गरेको आशङ्कामा नियन्त्रणमा रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीकै मैनहवा गाउँमा गए राति भएको सामूहिक हत्याको आशंकामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । हत्या गरिएकामा एक महिला र चार पुरुष छन् । घटनास्थल गाई फार्म नजीकै भेटिएका झपेन्द्र सिंजालीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले जानकारी...
काँग्रेस नेता डा.भण्डारीलाई पितृशोक
काँग्रेस नेता डा.भण्डारीलाई पितृशोक नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद डा. चन्द्र भण्डारीलाई पितृशोक परेको छ ।
रामपुरमा २५ वेडको आइसोलेशन वेड तयार
रामपुरमा २५ वेडको आइसोलेशन वेड तयार शहिद बहुमुखी क्याम्पस रामपुर ७ किसानबारीमा २५ वेडको आईसोलेशन वेड तयार गरिएको छ । कोरोना पोजेटिभ देखिएका विरामीहरुको व्यवस्थापनको लागि रामपुर नगरपालिका र निस्दी गाउँपालिकाले संयुक्त रुपमा बेड तयार गरेका हुन् । जेठ २ गते तानसेनमा भएको सर्वपक्षिय बैठक अनुसार निस्दी र रामपुरले रामपुरमा ५० वेडको आइसोलेशन निर्माण गर्ने भनिएको...
पाल्पा अस्पतालको मास्टर प्लान तयार
पाल्पा अस्पतालको मास्टर प्लान तयार पाल्पा जिल्ला अस्पतालमा ५० शैयाको क्षमता स्तरवृद्धि र अत्याधुनिक भवन निर्माणको गुरुयोजना तयार भएको छ । अस्पतालले सोमवार सो गुरु योजना एक कार्यक्रमका बीच सार्वजनिक गरेको हो । जिल्लाका दल, प्रदेश सांसद तथा सरोकारवाला र सञ्चारकर्मीहरु बीच सो मास्टरप्लान सार्वजनिक गरिएको गरियो । जिल्ला अस्पताल विकास समितिको तर्फबाट समितिका अध्यक्ष...
कोरोना जितेका अध्यक्ष विरुवा रोपेर निस्किए एकान्तवासबाट
कोरोना जितेका अध्यक्ष विरुवा रोपेर निस्किए एकान्तवासबाट दिनमा कोरोनालाई जितेका धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले कार्यालय परिसरमा बिरुवा रोपण गरि एकान्तबासबाट बाहिर सार्वजनिक भएका छन् । उनले गाउँपालिकाको कार्यलय परिसरमा ओखर, एभोकाडो , रुद्राक्ष र मुन्तलाका बिरुवाहरु रोपाण गरी बाहिर सार्वजनिक भएको धुर्कोट गाउँपालिकाका उपाध्यक्ष शिबबहादुर खत्रीले जानकारी दिए ।
एलएमसीको आइसोलेशनमा उपचाररत एकको मृत्यु, दुईको कोरोना पुष्टि
एलएमसीको आइसोलेशनमा उपचाररत एकको मृत्यु, दुईको कोरोना पुष्टि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज (एलएमसी)को आइसोलेशन कक्षमा उपचारत चार जना मध्ये एक जनाको मृत्यु भएको छ भने दुई जनामा कोरोना पुष्टि भएको छ । आइसोलेशनमा उपचार गराइरहेका गुल्मी मालिका गाउँपालिका ३ का ६८ वर्षीय पुरुषको मृत्यु भएको हो ।
नेतृ पन्थीद्वारा क्वारेन्टाइनमा रहेका नागरिकलाई स्वास्थ्य सामग्री
नेतृ पन्थीद्वारा क्वारेन्टाइनमा रहेका नागरिकलाई स्वास्थ्य सामग्री महिला नेतृ,नेपाल महिला संघका जिल्ला उपाध्यक्ष तथा सामाजिक व्यक्तित्व मिना पन्थीले क्वारेन्टाइनमा रहेका नागरिकहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेकी छन् । उनले जिल्लाको बगनासकाली गाउँपालिका २ पोखराथोक स्थित विष्णु माविमा निर्माण गरिएको क्वारेनटाइनमा रहेका नागरिकहरुलाई स्वास्थ्य सामग्रीसँगै नास्ता सहयोग गरेकी हुन् । सोमबार नेतृ पन्थी, नेपाली काँग्रेसका जिल्ला सचिव झपेन्द्र गहिरे...
युनिक एफ.एम.ले ट्युसन अन इएरका शिक्षकलाई गर्‍यो सम्मान सहित विदाई
युनिक एफ.एम.ले ट्युसन अन इएरका शिक्षकलाई गर्‍यो सम्मान सहित विदाई बन्दाबन्दीका बेला कक्षा ११ र १२ का लागि दुरशिक्षा कार्यक्रम सञ्चालन गरेको युनिक एफएम पाल्पाले आईतबार एक औपचारिक कार्यक्रमका बीच ट्युसन अनइएरका शिक्षकहरुलाई सम्मान सहित विदाई गरेको छ । रेडियोले तानसेन नगरपालिकाको सहयोगमा सञ्चालन गरेको कार्यक्रममा रेडियोबाटै विद्यार्थीहरुलाई अध्यापन गराउर्दै आएका शिक्षकहरुलाई सम्मान सहित विदाई गरेको हो । कोरोनाका कारण...
अर्घाखाँचीमा एकै दिन ३१ जनामा कोरोना संक्रमण
अर्घाखाँचीमा एकै दिन ३१ जनामा कोरोना संक्रमण जिल्लामा सोमबार एकै दिन ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेन्टिनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कोरोना देखिएका उनीहरु कुन...
Weather Update