कृषि उत्पादन वृद्धि गर्न बगनासकालीका कृषकको माटो परीक्षण
आइतबार, जेठ ३२, २०७७
तम्घासमा विरोध प्रदर्शन, सरकारलाई दश अर्बको काम देखाउन युवाहरुको माग
आइतबार, जेठ ३२, २०७७
कोरोना नियन्त्रणमा प्रभावकारी काम नभएको भन्दै आईतबार गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा विरोध प्रदर्शन गरिएको छ । स्वतःस्फुर्त रुपमा जम्मा भएका युवायुवतीले विभिन्न नारा लेखिएका प्ले कार्ड बोकी जिल्ला प्रशासन कार्यलय अगाडि प्रदर्शन गरेका हुन् ।
दलित संघ गुल्मीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
आइतबार, जेठ ३२, २०७७
नेपाली काँग्रेसको भातृ संगठन नेपाल दलित संघ जिल्लाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । पछिल्लो समय देशका विभिन्न स्थानमा भएका जातीय विभेदको घटनाप्रति ध्यानाकर्षण जनाउँदै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो । नेपाल दलित संघका जिल्ला अध्यक्ष लुमबहादुर सुनार, नेपाली काँग्रेसका जिल्ला सदस्य एवं दलित विभाग प्रमुख झविन्द्र विश्वकर्मा, दलित...
गुल्मी लोकदोहोरी प्रतिष्ठान स्वास्थ्य सामग्री लिएर क्वारेन्टाइन पुग्यो
आइतबार, जेठ ३२, २०७७
कुनै बेला देशका विभिन्न जिल्लाहरुमा सञ्चालन हुने मेला महोत्सवका सांस्कृतिक कार्यक्रमहरुमा उद्घोषक र गायकका रुपमा देखिने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मीका अध्यक्ष बसन्त खत्री यतिबेला कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सक्रिय देखिएका छन् ।
गुल्मीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु
आइतबार, जेठ ३२, २०७७
जिल्लाको सदरमुकाम तम्घास स्थित आइसोलेसनमा बसेका एक पुरुषको निधन भएको छ । कोरोना संक्रमित धुर्काेट गाउपालिका ४ जैसीथोकका ३६ वर्षीय पुरुषको शनिबार राती मृत्यु भएको तम्घास अस्पतालका डाक्टर कविराज भुसालले जानकारी दिए । उनका अनुसार भारतबाट जेठ ४ गते घर आएका उनी धुर्काेट गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका थिए । शनिबार...
खेर गएको पाखोमा अलैँची खेती
आइतबार, जेठ ३२, २०७७
निस्दी गाउँपालिका, खाँदरका तुलबहादुर बयम्बु प्रयोगमा नआएका पाखो जमीनमा अलैँची भरिएर आयस्रोत भित्रिँदा दङ्ग छन् । उनले सो पाखाकोे १५ रोपनी जग्गामा अलैँची लगाएका हुन् । तीन वर्षयता उत्पादन शुरु भइसकेको छ । उनले उत्पादनको पहिलो वर्ष रु १५ हजार र दोस्रो वर्ष रु एक लाख ५० हजारको अलैँची विक्री...
मुख्यमन्त्री कार्यक्रमको प्रभाव : सुध्रिँदै विपन्नको जीवनस्तर
आइतबार, जेठ ३२, २०७७
रिब्दीकोट गाउँपालिका–५ ठिमुरेका तेजबहादुर बगालेसँग पेशा–व्यवसाय सञ्चालन गर्न हातमा पैसा थिएन । पर्याप्त पैसाको अभावमा कुनै व्यवसाय सञ्चालन गर्न पनि नसकिँदो रहेछ । परम्परागत खेतीपातीबाट साेंचेजस्तो आम्दानी नभएपछि बगाले परिवारलाई जीविकोपार्जन गर्न निकै सकस परेको थियो । प्रदेश ५ मा सञ्चालित मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले व्यावसायिक ढ·बाट मौरीपालन गर्न आधुनिक...
गुल्मी काँग्रेसको बैठक : अनियमितता छानबिनको माग
शनिबार, जेठ ३१, २०७७
नेपाली कांग्रेस गुल्मीले अनियमितता माथि छानबिनको माग गरेको छ । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) लाई नियन्त्रण गर्नको लागि जिल्लामा बनाईएका क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालनमा भएको आर्थिक अनियमिततालाई छानबिन गरी त्यसलाई रोक्नको लागि सम्बन्धित निकायंसँग कांग्रेसले आग्रह गरेको हो ।
पिसिआर र आरडिटी किट पर्याप्त नभएको गुनासो
शनिबार, जेठ ३१, २०७७
प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले गुल्मीका स्थानीय तहका क्वारेन्टाइनको अनुगमन गरी आवश्यक परामर्श दिएका छन् ।
तानसेनको अर्गलीमा भेटिएको अनौठो गुफाको प्रचार र संरक्षणमा स्थानीय युवा
शनिबार, जेठ ३१, २०७७
तानसेन नगरपालिका अर्गलीस्थित रनुवामा भेटिएको अनौंठो गुफाको प्रचार –प्रसार र संरक्षणमा स्थानीय युवाहरु लागेका छन् । गुफाको प्रचार र संरक्षण गरी पर्यटकीय विकास गर्न युवाहरु सक्रिय रुपमा लागेका छन् । उनीहरुले अनौठौ गुफाको विस्तृत अध्ययन अगाडि बढाएका छन् ।
बगनासकालीले पठायो क्वारेन्टाइनमा रहेकाको पिसिआर परीक्षण गर्न स्वाब
शनिबार, जेठ ३१, २०७७
जिल्लामा किट अभावका कारण स्वाब संकलन रोकिएका बेला बगनासकाली गाउँपालिकाले भने आफ्नै स्रोतमा पिसिआर परीक्षणका लागि भिटिएम खरिद गरी क्वारेन्टाइनमा रहेका नागरिकको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेको छ । क्वारेन्टाइनमा रहेका एक सय १५ जनाको दुई दिन लगाएर स्वाब संकलन गरेको गाउँपालिकाले शुक्रबार प्रादेशिक प्रयोगशाला भैरहवा पठाएको हो ।
सिलुवाको तालखोलामा स्काभेटर सहित अपरेटरलाई पहिरोले पुर्यो
शुक्रबार, जेठ ३०, २०७७
सडक चौडा गर्ने क्रममा पूर्वखोला १ सिलुवाको तालखोलामा स्काभेटरलाई पहिरोले पुरेको छ । जिल्लाको सिलुवा–अर्चले सडक खण्डको सडक फराकिलो बनाउने क्रममा माथिबाट खसेको पहिरोले बा २ क ७७७१ नम्बरको स्काभेटरसंगै अपरेटरलाई पुरेको थियो ।
पाल्पामा कोरोना संक्रमितको संख्या २३ पुग्यो
शुक्रबार, जेठ ३०, २०७७
जिल्लामा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । विहिबार माथागढी गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या २३ पुगेको हो । प्रदेश प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा माथागढी गाउँपालिका वडा नंं ८ बहादुरपुरका थप एक पुरुषमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी श्रीकृष्ण भट्टराईले जानकारी...


