नेपाल भूपू सैनिक संघ पाल्पाले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण
सोमबार, असार २९, २०७७
पाल्पामा थपिँदै प्रहरी चौकी
सोमबार, असार २९, २०७७
जिल्लाका चार स्थानीय तहमा प्रहरीचौकी स्थापना हुने भएका छन् । रैनादेवी छहरा गाउँपालिका–४, छहरा, रम्भा गाउँपालिका–३, पीपलडाँडा, बगनासकाली गाउँपालिका–१, गाप्तुङ र माथागढी गाउँपालिका–४, सातमूलेमा प्रहरीचौकी स्थापना हुने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । प्रहरीचौकीका लागि जनशक्ति पूरा भएपछि आगामी साउन महिनाभित्र चौकी थपिने जनाइएको छ । जिल्ला प्रहरी कार्यालयका...
मेरो सम्झनाको एसएलसी...
सोमबार, असार २९, २०७७
२००७ सालमा जन्मिएर २०२४ सालको प्रवेशिका परीक्षामा सम्मिलित भएको हुँ म । मेरो विद्यालय हो श्री सौभाग्य माध्यमिक विद्यालयमा हाल यो विद्यालयको ठेगाना फेरिएको छ । अहिले यो विद्यालय माथागढी गाउँपालिका वडा नं १ मा चिदीपानीमा पर्छ ।
पाल्पामा थप चार जनामा संक्रमण
आइतबार, असार २८, २०७७
जिल्लामा आइतबार थप चार जनामा कोरोना संक्रमण देखिएको छ । विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा निस्दी गाउँपालिकाका ४ जना पुरुषमा संक्रमण देखिएको हो । योसँगै गाउँपालिकामा संक्रमितको संख्या ९९ पुगेको छ । जिल्लामा निस्दीमा थपिएका ४ जनासँगै संक्रमितको संख्या ५ सय ५३ पुगेको छ ।
क्षयरोग र एचआईभी सम्बन्धी अभिमूखिकरण
आइतबार, असार २८, २०७७
क्षयरोग र एचआईभी सम्बन्धी अभिमूखीकरण कार्यक्रम तानसेनमा भएको छ । नेपाल क्षयरोग निवारण संस्था पाल्पाको आयोजना, क्याटल्याटिक फण्ड प्रोजेक्टको सहयोगमा क्षयरोग र एचआईभी सेवाको पहँुचमा मानव अधिकार र लैंगिक अवरोध न्यूनिकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको हो । संस्थाले जिल्लाका राजनीतिककर्मी र सामाजिक कार्याकर्ता, नागरिक समाजका व्यक्तित्वहरुलाई एक दिने अभिमूखिकरण कार्यक्रम...
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो
शनिबार, असार २७, २०७७
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३८ पुगेको छ । शनिबार थप ३ जनाको मृत्यु भएसँगै मृतकको संख्या ३८ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा काठमाडौंका २ र सिन्धुपाल्चोकका १ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।
समुदायमा जोखिम बढ्दो, आइसोलेशनमा रहेकालाई विना परीक्षण धमाधम घर पठाइदै
शनिबार, असार २७, २०७७
जिल्लाका आइसोलेशन सेन्टरमा उपचाररत शनिबारसम्म ३ सय ३ जना कोरोना संक्रमित डिस्चार्ज भए । उनीहरूमध्ये केहीलाई कोरोना निको भएको थियो भने केहीमा कोरोना संक्रमण नै देखिन्थ्यो । तर जिल्लामा कोरोना संक्रमणबाट निको भएका र नभएका दुवैलाई घर पठाउन थालिएको छ, जसले समुदायमा जोखिम बढाएको छ । अहिलेसम्म सामान्य रहेको समुदाय...
तिनाउका दुग्ध उत्पादक किसानलाई अनुदान
शनिबार, असार २७, २०७७
जिल्लाको तिनाउ गाउँपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान वितरण गरेको छ । गाउँपालिकालाई दूधमा आत्मानिर्भर गराई आर्थिक समृद्वि हासिल गर्ने लक्ष्य सहित गाउँपालिकाले किसानलाई अनुदान दिएको हो । किसानले प्रतिलिटर २ रुपैयाँ अनुदान पाएका छन् ।
पाल्पामा यान्त्रिकरणतर्फ कृषकको आकर्षण
शनिबार, असार २७, २०७७
पाल्पामा यान्त्रिकरणतर्फ कृषकहरुको आकर्षण बढ्दै गएको छ । यसले कृषि उत्पादनसँगै समयको बचत र लागत कम पर्ने भएपछि कृषकहरु यान्त्रिकरणतर्फ आकर्षित भएका हुन् । जिल्लास्थित कृषि ज्ञान केन्द्र र स्थानीय निकायले कृषकलाई कृषि उत्पादन वृद्धि गराउन अनुदानमा कृषि यन्त्र वितरण गर्ने कार्यक्रम ल्याएपछि आधुनिक प्रविधिको प्रयोग बढेको छ ।
पाल्पामा घट्दै कोरोना संक्रमित, शुक्रबार मात्र थप २ जनामा संक्रमण
शुक्रबार, असार २६, २०७७
पछिल्लो समय जिल्लामा कोरोना संक्रमितहरूको संख्या घट्दो क्रममा रहेको छ । संक्रमित हुनेभन्दा डिस्चार्ज हुनेहरूको संख्या बढेपछि जिल्लामा कोरोना संक्रमितको संख्या घट्दै गएको हो । पछिल्लो २४ घण्टामा पाल्पामा कोरोना भाइरस (कोभिड–१९) का २ जना संक्रमित थपिएका छन् ।
देशका अधिकांश स्थानमा वर्षा, सतर्क रहन आग्रह
शुक्रबार, असार २६, २०७७
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि सक्रिय मनसुन सोमबारसम्म कायम रहने भएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले बदलीसहित वर्षा भईरहेको मौसमविद् विभूति पोखरेले बताए ।
खुर्सानी र टमाटर बारीमै कुहिँदा कृषक चिन्तित
शुक्रबार, असार २६, २०७७
बारीमा लगाएको खुर्सानी र टमाटर बारीमै कुहिँएपछि पाल्पा र गुल्मीका कृषक चिन्तित बनेका छन् । बारीमा लगाएको टमाटरमा किरा लाग्नु र बजारमा लैजानका लागि तयारी भएको खुर्सानीले बजार नपाई बारीमै कुँहिदा कृषक चिन्तित बनेका हुन् ।
गुल्मीमा कृषि उत्पादन वृद्वि गर्न बाली ब्लक
शुक्रबार, असार २६, २०७७
जिल्लामा कृषि उत्पादन वृद्वि गर्न बाली ब्लक निर्माण गरिएको छ । भौगोलिक बनावटलाई हेरी विभिन्न तरकारीको बाली ब्लक निर्माण गरिएको हो । कृषि ज्ञान केन्द्र गुल्मीले कृषकलाई प्रोत्साहित गर्दै उत्पादनमा वृद्वि गर्न बालीको ब्लक स्थापना गरेको छ । केन्द्रले इस्मामा कोदो ब्लक, अर्खाबाङ्गमा आलु, ठूलोलुम्पेक र रेसुङ्गा नगपालिकामा तरकारी ब्लक,...


