Shittalpati
गुल्मीका सीमा नाकामा पूर्णरुपमा रोक
गुल्मीका सीमा नाकामा पूर्णरुपमा रोक जिल्लाका सबै सीमानाकामा आवतजावत पूर्णरुपमा बन्द हुने भएका छन् । प्रदेश पाँच अन्तर्गतका जिल्लाहरुमा कोरोना भाईरस (कोभिड–१९) संक्रमणको उच्च जोखिम देखिदै गएपछि सकंट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैंठकले जिल्लाका सिमा नाकामा जेठ १ गते (बिहिवार) देखि जेठ ५ गते मध्यरातसम्म मानिसहरुको आवतजावतमा पूर्णरुपमा बन्द गर्ने निर्णय हो ।
पाल्पामा सीमा हस्ताक्षेपका विरुद्ध उत्रिएका जनमोर्चाका नेता कार्यकर्ता पक्राउ 
पाल्पामा सीमा हस्ताक्षेपका विरुद्ध उत्रिएका जनमोर्चाका नेता कार्यकर्ता पक्राउ  पाल्पामा प्रहरीले राष्ट्रिय जनमोर्चा नेपालका ८ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय अगाडि निषेधीत क्षेत्रमा भारतीय सीमा हस्तक्षेपका विरुद्ध विरोध गरेको अभियोगमा प्रहरीले आज दिउसो २ बजेतिर उनीहरुलाई पक्राउ गरेको हो ।
रेडक्रसले बाड्यो फेकमा स्वास्थ्य सामग्री
रेडक्रसले बाड्यो फेकमा स्वास्थ्य सामग्री सामाजिक संस्था नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखाले जिल्लाको रिब्दोकोट गाउँपालिका ८ फेकमा कोरोनाविरुद्व लड्न स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
भारतीय कन्टेनरले महामारी फैलाउन सक्ने त्रास
भारतीय कन्टेनरले महामारी फैलाउन सक्ने त्रास खाद्यान्न, तरकारी र फलफूल बोकेर भारतबाट आउने कन्टेनरका कारण रुपन्देहीमा कोरोना संक्रमणको जोखिम बढेको छ । दैनिक करीब १ सय ६० भैरहवा भन्सार कार्यालयमा भित्रिने कन्टेनर तथा ट्रकका कारण महामारी फैलिने सक्ने भन्दै सीमा क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् ।
रामपुरका कृषकलाई अनुदानमा उन्नत धानको बीउ
रामपुरका कृषकलाई अनुदानमा उन्नत धानको बीउ बाँझो जमिन सदुपयोग गरी मकै तथा तरकारी खेती गरेमा रोपनीको आधारमा अनुदान दिने घोषणा गरेको रामपुर नगरपालिकाले अनुदानमा धानको बीउ वितरण गर्न सुरु गरेको छ ।
यसवर्ष अप्रिल महिनामा औसतभन्दा बढी वर्षा
यसवर्ष अप्रिल महिनामा औसतभन्दा बढी वर्षा यस वर्ष अप्रिल महिनामा औसतभन्दा बढी वर्षा भएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा निरन्तर नेपाल प्रवेश गरिरहेकाले काठमाडौं लगायत देशका अधिकांश भू–भागमा अघिल्ला वर्षभन्दा बढी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिवसको अवसरमा नर्सहरुलाई स्वास्थ्य सुरक्षा सामग्री
दिवसको अवसरमा नर्सहरुलाई स्वास्थ्य सुरक्षा सामग्री जिल्लाका विद्यार्थी नेताहरुले विश्व नर्स दिवसको अवसरमा नर्सहरुलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेका छन् । मई १२, अर्थात् विश्व नर्स दिवसको अवसर पारेर जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुलाई विद्यार्थी नेताहरुले सामग्री प्रदान गरेका हुन् ।
नेपाल तरुण दल र नेवि संघ पाल्पाद्वारा शान्तिपूर्ण धर्नाका साथै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
नेपाल तरुण दल र नेवि संघ पाल्पाद्वारा शान्तिपूर्ण धर्नाका साथै प्रधानमन्त्रीलाई ज्ञापनपत्र भारतले नेपाल सीमा मिचेर राजमार्ग निर्माण गर्दा पनि सरकारले कुटनैतिक प्रयास नगरेको भन्दै नेपाली काँग्रेसका भातृ संस्थाहरु नेपाल तरुणदल र नेपाल विद्यार्थी संघ पाल्पाले दुई घण्टा शान्तिपूर्ण धर्नाका साथै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
नेपालमा थप ५७ संक्रमित, हालसम्म १ सय ९१ पुग्यो
नेपालमा थप ५७ संक्रमित, हालसम्म १ सय ९१ पुग्यो नेपालमा एकै दिन सबैभन्दा बढी ५७ जनामा कोरोनाभाइरस संक्रमित पुष्टि भएको छ । मङ्गलवार दिउँसो स्वास्थ्य मन्त्रालयले जारी गरेको वक्तव्य अनुसार काठमाण्डूमा गरिएको परीक्षणमा ती सङ्क्रमण पुष्टि भएको हो ।
दशगजामा एक सय नेपाली
दशगजामा एक सय नेपाली नवलपरासी बर्दघाट सुस्ता पश्चिमको नेपाल–भारत सीमा क्षेत्रमा भारतका विभन्न क्षेत्रबाट आइपुगेका करीब एक सय नेपाली तीनचार दिनदेखि दशगजामा छन् । नेपाल–भारत सिमाअन्तर्गत गेर्मी भुजहवा, गुठीप्रसौनी र सुस्ता नाकाको दशगजा क्षेत्रमा नेपाली बसेका हुन् ।
रामपुर ४ मा ४ जनाको आरडिटी परीक्षण
रामपुर ४ मा ४ जनाको आरडिटी परीक्षण कालिका आधारभूत विद्यालय रामपुर ४ देविस्थानको क्वारेन्टाईनमा बसेका ४ जनाको सोमबार र्‍यापिड डाइगोनष्टिक टेष्ट (आरडिटी) परीक्षण गरिएको छ । गत बैशाख १५ गते पोखरा बाट आएका २ महिला र २ बालकहरुको आरडिटी परीक्षण गरिएको हो ।
प्रदेश पाँचमा थप १० जनामा संक्रमण
प्रदेश पाँचमा थप १० जनामा संक्रमण प्रदेश पाँचमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार कपिलवस्तुमा भारतबाट आएका थप १० जनामा कोरोना संक्रमण देखिएको हो ।
Weather Update