
गोविन्दप्रसाद नेपाल
२००७ सालमा जन्मिएर २०२४ सालको प्रवेशिका परीक्षामा सम्मिलित भएको हुँ म । मेरो विद्यालय हो श्री सौभाग्य माध्यमिक विद्यालयमा हाल यो विद्यालयको ठेगाना फेरिएको छ । अहिले यो विद्यालय माथागढी गाउँपालिका वडा नं १ मा चिदीपानीमा पर्छ । चिदीपानी हाम्रा भिक्षा प्रेमी अंग्रजहरुको उन्नत सोच, त्याग र वलिदानबाट स्थापित यो विद्यालयले म र मेरा ६ जाना मित्रहरुलाई २०२४ मा प्रवेशिका परीक्षामा सम्मिलित हुने मौका प्रदान गर्यो । हामी ६ जना नै सम्मिलित भयौ । ६ जाना नै द्धितीय क्षेत्रमा उत्तीर्ण भयौ । हामी भन्दा अगाडिको अर्थात् २०२३को समूह पहिलो व्याच थियो । नतिजा शतप्रतिशत थियो । हाम्रो दोस्रो व्याच थियो । हामी पनि शतप्रतिशत उत्तीर्ण भयौ । शुरुका दुवै वर्षको एसएलसीका नतिजा शतप्रतिशत रहेकाले जिल्लामा हाम्रो विद्यालय र हामीलाई सम्मान पूर्वक नजरले हेरिन्थ्यो । हाम्रो परीक्षा केन्द्र हालको प.प मावि तानसेन थियो । चिदीपानीबाट आई डेरामा बसी परीक्षा दिएका थियौँ । एस.एल.सी.को नतिजा प्रकाशन भयो । समग्र देश कै उत्तीर्ण प्रतिशत न्यून थियो । यो प्रतिशतले हाम्रा गुरुवर्गमा निराभा पैदा गथ्र्यौ । अहिले जस्तो सञ्चार माध्यम सरल र सहज थिएनन् । ६ दिन वित्यो । परीक्षाफलको पत्तो छैन् । सातौ दिनको विहान छिमेकीको मुखबाट (श्रोत तानसेनबाट जाने
व्यक्ति ) सुने हर्षको सिमा रहेन । म उत्तीर्ण, सबै उत्तिर्ण । खाना खानु भन्दा पहिला हाम्रो घरमा दुई चार जानाको जमघट भयो । मलाई स्यावासी दिइयो । वधाई भन्ने चलन थिएन, पाइएन त्यो वेला म कुनै विषयमा डिग्री गरेको सरह मौखिक रुपमा प्रभावित भएको थिए । म सँग मेरो बाबाको नाम पनि जोडियो । फलानाको छोरा गोविन्द एस.एल.सी. उत्तीर्ण भयो । आश्चर्य प्रकट गरियो । खुशी व्यक्त गरियो । खाना खाएपछि विद्यालय जाँदा अरु साथीहरु पनि आएका रहेछन् ।
हामीलाइ्र्र हाम्रा गुरुवर्गबाट अविर लाइदिने काम भयो । मानौ हामी त्यतिवेला स्वर्गबाट झरेका थियौँ । मैले विद्यालयमा उपभोग गरेको भौतिक सुविधाले आजका विद्यार्थी हो । प्राप्त गरेको भौतिक सुविधालाई गिज्याएको मलाई भान भएको छ । कोठा नपुगेर कक्षा ९÷१० लाई छाप्रामा पढाइएको थियो र त्यो छाप्रो खल्लुकको झोगले बारेको थियो । घरबाट गुन्द्री लैजान्थ्यौ । त्यही नै आधुनिक वेञ्च र डेस्क थियो । गुरुहरुलाई पनि कुर्सीको व्यवस्था थिएन् । ढुगां चागेर हामी भन्दा अल्गोमा राख्थ्यौ । कालो पाटी थिएन । आफ्नो वरीपरी राखेर हाम्रै कापीमा लेख्दै पढाउदै गर्नुहुन्थ्यो । दुई जाना बाहेक स्नातक कोही हुनु हुदैनथ्यो । धेरै जसो शिक्षक त प्रवेशिका मात्र उत्तिर्ण हुनुहुन्थ्यो । न कलेजको शिक्षा न शैक्षिक तालिम । मिहिनेत साथ अध्यापन गर्नु हुन्थ्यो आज म ती सरहरुलाई समझन्छु । उहाँहरुको तलव ७५ रुपैया देखी २०० सम्म थियो । ट्युशन पढ्ने चलननै थिएन् । पुस्तकालय कलेजमा गएर देखिएको थियो । न खल्तिमा पैसा न विद्यालयमा क्यान्टिन । न टाइ्र्र न विद्यालयमा पोशाक । पाठयपुस्तक फेरिदैन थियो । मैले नयाँ किताब पढैकै होइन । पुराना २, ३ वर्ष अरुले पढेका किताब थिए । शिक्षकहरु प्रति हाम्रो सद्भाव , सम्मान, आदर थियो ।
कुनै शिक्षकहरु बढी आक्रामक भएर दह्रो पिटाई पनि खानुपथ्र्यो । उजुर गर्ने हिम्मत थिएन् । शिक्षकहरु के कामप्रति हाम्रा अभिभावक अरुको कुनै गुनासो थिएन । तर, आज समय कति दगुरेको छ । आजको भौतिक सुविधा, तालिम प्राप्त योग्य शिक्षक, आजको अध्यापन विधिले आजका विद्यार्थीलाई भाग्यमानी मान्नुपर्छ । रेडियो पनि नदेखिएका हामी थियौ– आज सबैको हातमा मोवाइल फोन छ– नेट छ । यसको जग थियो कक्ष एक र दुईमा पढेको वर्णमाला । अनलाइन कक्षा छ । यिनीहरु कति भाग्यमानी शैक्षिक स्तरलाई हिजो र आजको तुलामा राखेर दाज्ने हो भने हामीलाई एस.एल.सी. उत्तीर्ण गर्दा नेपाली र अंग्रेजीमा चिठी लेख्न आउँथ्यो । कपाली तमसुक लेख्न आउँथ्यो । नक्षत्र आउथ्यो । शिव, गणेश, विष्णु, लक्ष्मी आउँथ्यो । तर आज खोइ ? आज युट्युव, गुगल सर्च गर्न आउँछ । भातै बिर्सेर मोवाईल चलाउन आउँछ । युट्युवबाट नैतिक, अनैतिक आचरण सिक्न आदर्श नौ पास भएको छैन । गर्ल फ्रेन्ड भन्दै हिड्न आउँछ । हामीले बाबुले गरेको पेशाको मर्म बुझ्यौ । आजकालकालाई केही थाहा छैन । अब प्रश्न उठ्छ । कुन शैक्षिक स्तर राम्रै । म त भन्छु मेरै पालाको राम्रो । इच्छा शक्ति हुनुपर्छ– भौतिक सुविधा गौण हुन्छ । त्यसैले म भन्छु । पाँच वर्षसम्म लालनपालन प्रेमपूर्वक गरौ
छ वर्षदेखि १५ वर्षसम्म अलि नियन्त्रणमा राखौँ
१६ वर्षपछि सन्तानलाई मित्रवत व्यवहार गरौँ
म आज जुन अवस्थामा आइपुगेको छु यो सबै मेरा आदरणीय गुरुहरुको देन हो । मेरो एसएलसीको जग भई मलाई उभ्याएको हो ।