Shittalpati
नेताहरु नमिले छुट्टा–छुट्टै बाटो लाग्नुपर्ने अवस्था आउन सक्छ : मुख्य मन्त्री पोखरेल
नेताहरु नमिले छुट्टा–छुट्टै बाटो लाग्नुपर्ने अवस्था आउन सक्छ : मुख्य मन्त्री पोखरेल नेकपा स्थायी कमिटीका सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले पार्टी एकताका लागि नेताहरु बिच मन नमिले छुट्टा–छुट्टै बाटो लाग्ने अवस्था आउन सक्ने बताएका छन् । मंगलबार नेकपा प्रचार विभाग पाल्पाको प्रकाशनमा प्रकाशित सूर्य बुलेटिन वितरण तथा भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् ।
रुरु क्षेत्र धाम पर्यटकीय धार्मिक गुरुयोजनाको शुभारम्भ
रुरु क्षेत्र धाम पर्यटकीय धार्मिक गुरुयोजनाको शुभारम्भ नेपालको चार धामको रुपमा परिचित रुरु क्षेत्र धामको पर्यटकीय धार्मिक गुरुयोजनाको कार्यान्वयको शुभारम्भ भएको छ । नेपालकै नमूना धार्मिक तथा पर्यटकीय पूर्वाधारहरुको निर्माण गर्दै धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्न प्रदेश र संघीय सरकारको संयुक्त लगानीमा रुरु क्षेत्रधामको गुरुयोजना कार्यान्वयन थालिएको हो ।
पाल्पा रामपुरका कोरोना संक्रमित पुरूषको बुटवलमा मृत्यु
पाल्पा रामपुरका कोरोना संक्रमित पुरूषको बुटवलमा मृत्यु पाल्पा रामपुरका थप कोरोना संक्रमित एक पुरुषको बुटवलमा मृत्यु भएको छ । रूपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा रामपुर–४ का ६३ वर्षीय पुरूषको मृत्यु भएको हो ।
सगरमाथाको उचाइ ८६ सेमी बढ्यो
सगरमाथाको उचाइ ८६ सेमी बढ्यो सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले वृद्धि भएको छ । नेपाल र चीन सरकारले मंगलबार संयुक्त रुपमा सर्वाेच्च शिखर सगरमाथाको उचाइ वृद्धि भएको घोषणा गरेका हुन् । अब सगरमाथाको उचाइ आठ हजार ८ सय ४८.८६ मिटर हुने भएको छ ।
ब्राउन सुगरसहित ६ जना पक्राउ
ब्राउन सुगरसहित ६ जना पक्राउ लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले गढवा गाउँपालिका–१ जुरौनीस्थित गफुर मियाको घरबाट ३० ग्राम लागूऔषध ब्राउन सुगरसहित ६ जनालाई नियन्त्रणमा लिएको हो ।
रामपुरका महिला जनप्रतिनिधि सामूहिक कृषि कर्ममा
रामपुरका महिला जनप्रतिनिधि सामूहिक कृषि कर्ममा नेपाल कृषि प्रधान देश हो । तर कृषिलाई व्यवसायिक बनाउन नसक्दा देशले आर्थिक समृद्धि हासिल गर्न सकिरहेको छैन । जनप्रतिनिधि र राजनैतिक नेतृत्वले कृषिमार्फत नेपाललाई समृद्ध बनाउने भाषण नगरेका होइनन् तर व्यवहारिक रूपमा कृषिको प्रवद्र्धनमा लागेको कमै देख्ने गरिएको छ ।
भारतमा एकै दिन ३२ हजार बढी संक्रमित
भारतमा एकै दिन ३२ हजार बढी संक्रमित भारतमा आइतबार थप ३२ हजार ९ सय ८१ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख ७७ हजार २ सय ३ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।
भाषा शिक्षकका लागि अभ्यास पुस्तिका सम्बन्धी अभिमूखीकरण
भाषा शिक्षकका लागि अभ्यास पुस्तिका सम्बन्धी अभिमूखीकरण भाषा शिक्षकहरुका लागि अभ्यास पुस्तिका सम्बन्धी अभिमूखीकरण तालिम सञ्चालन भएको छ । रुम टु रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोग, बेस नेपालको व्यवस्थापन र जिल्ला शिक्षा तथा समन्वय इकाई पाल्पाको समन्वयमा भाषा शिक्षकहरुका लागि छ दिने अनलाइन अभिमुखीकारण तालिम सोमबारदेखि सुरु भएको हो ।
अनेम संघ पाल्पाले बुझायो हिंसा विरुद्ध सरकारलाई ज्ञापन पत्र
अनेम संघ पाल्पाले बुझायो हिंसा विरुद्ध सरकारलाई ज्ञापन पत्र राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला (अनेम) संघ पाल्पाले महिला हिंसा विरुद्व सरकारलाई ज्ञापन पत्र बुझाएको छ । संघले प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेमार्फत १५ बुँदे ज्ञपानपत्र सरकारलाई बुझाएको हो ।
कोरोना संक्रमितलाई पाँच हजार दिइने
कोरोना संक्रमितलाई पाँच हजार दिइने तारकेश्वर नगरपालिकाले कोभिड –१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई रु पाँच हजार दिने भएको छ । नगरपालिकाभित्र कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप रकम दिइने भएको हो ।
पाल्पाका विद्यालयमा पठन–पाठन सुरु
पाल्पाका विद्यालयमा पठन–पाठन सुरु कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि संघीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै पाल्पाका विद्यालयमा पठन–पाठन सुरु भएको छ । शिक्षा मन्त्रालयले ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’ जारी गरी मापदण्ड पूरा गरी विद्यालय खोल्न स्थानीय तहलाई अनुमती दिएपछि ८ महिनादेखि बन्द रेहका विद्यालयमा पठन–पाठन सुरु भएको...
पाल्पाका थप ३५ जनाले कोरोना जिते, १५ जनामा संक्रमण
पाल्पाका थप ३५ जनाले कोरोना जिते, १५ जनामा संक्रमण पाल्पामा थप ३५ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई आईतबार प्राप्त भएको शनिबार र आइतबारको विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका ३५ जना संक्रमितले कोरोना जितेका हुन् ।
Weather Update