Shittalpati
बुटवलमा थप कोरोना संक्रमित महिलाको मृत्यु
बुटवलमा थप कोरोना संक्रमित महिलाको मृत्यु रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप कोरोना संक्रिमत एक महिलाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा रुपन्देहीको सैनामैना नगरपालिका १ की ५५ वर्षीया महिलाको उपचारको क्रममा आइतबार मृत्यु भएको हो ।
लैंगिक हिंसा न्यूनीकरणमा सरोकारवाहरुको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड
लैंगिक हिंसा न्यूनीकरणमा सरोकारवाहरुको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड लैंगिक हिंसा अन्त्यका लागि सबैको ऐक्यबद्धता सहित सरोकारवालाहरुको भूमिका प्रभावकारी हुनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । महिला मानवअधिकार रक्षक सञ्जाल गुल्मीको संयोजनमा एकीकृत ग्रामीण विकास समाज र दलित महिला संघको संयुक्त आयोजनामा तम्घासमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले उक्त कुरा बताएका हुन् ।
एकै दिन दुई हजार दुई सय ६ संक्रमित डिस्चार्ज
एकै दिन दुई हजार दुई सय ६ संक्रमित डिस्चार्ज पछिल्लो २४ घण्टामा थप दुई हजार दुई सय ६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्राप्त विवरण अनुसार देशका विभिन्न अस्पताल तथा आइशोलेसन सेन्टरबाट दुई हजार दुई सय ६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् ।
कोभिड–१९ विरुद्धको खोप नेपाल ल्याइने तयारी
कोभिड–१९ विरुद्धको खोप नेपाल ल्याइने तयारी सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउनसम्मको तयारी गर्नका लागि विभिन्न ८ उपसमिति समेत बनाएको छ ।
पाल्पा निस्दीको एक घरमा आगोलागी, सात लाख बराबरको क्षति
पाल्पा निस्दीको एक घरमा आगोलागी, सात लाख बराबरको क्षति जिल्लाको निस्दी गाउँपालिका १ राहुबनको एक घरमा आगोलागी भएको छ । शुक्रबार राती स्थानीय हुमबहादुर भण्डारीको १ तले खरले छाएको कच्ची घरमा अचानक आगोलागी भएको हो ।
गुल्मीमा राष्ट्रिय परिचय पत्रका लागि दर्ता संकलन कार्य तिव्र
गुल्मीमा राष्ट्रिय परिचय पत्रका लागि दर्ता संकलन कार्य तिव्र सरकारले नागरिकलाई अनेक थरी परिचय पत्र बोक्नुपर्ने झन्झटबाट मुक्त गराउन परिचय पत्र वितरण कार्यक्रम ल्याएसँगै गुल्मीमा पनि यस कार्यक्रमले तिव्रता पाएको छ । जिल्लाका १२ वटै स्थानीय तहमा अहिले राष्ट्रिय परिचय पत्र वितरणका लागि दर्ता संकलन कार्यले तिव्रता पाएको हो ।
आज माटो दिवस र स्वयंसेवक दिवस एकै साथ मनाइदै
आज माटो दिवस र स्वयंसेवक दिवस एकै साथ मनाइदै आज पाल्पा लगायत देशैभर विश्व माटो दिवस र स्वयंसेवक दिवस एकै साथ मनाइदैछ । स्वस्थ माटोको महत्वलाई विश्वमा फैलाउने तथा माटोको स्रोतको व्यवस्थापन प्रति चेतना फैलाउने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ मा संयुक्त राष्ट्रसंघको आÞवानमा खाद्य तथा कृषि संस्थाले विश्व माटो दिवस मनाउने गरेको हो ।
लुम्बिनी प्रदेशमा घरेलु हिंसाको अवस्था, चार महिनामा आठ सय
लुम्बिनी प्रदेशमा घरेलु हिंसाको अवस्था, चार महिनामा आठ सय लुम्बिनी प्रदेशमा पहिलो चौमासिकमा ८ सय २३ घरेलु हिंसा भएका छन् । प्रदेश प्रहरी कार्यालय दाङले प्रदेशका १२ जिल्लामा ८ सय २३ घरेलु हिंसा भएको जनाएको छ । यो वर्ष विगतका वर्षभन्दा हिंसाका घटनामा कमी आएको प्रदेश प्रहरी कार्यालय दाङले जानकारी दिएको हो ।
काँग्रेस महासमिति सदस्य हिमालदत्त श्रेष्ठ अमेरिका भ्रमणमा
काँग्रेस महासमिति सदस्य हिमालदत्त श्रेष्ठ अमेरिका भ्रमणमा नेपाली काँग्रेसका महासमिति सदस्य तथा नेविसंघका पूर्व केन्द्रीय सदस्य हिमालदत्त श्रेष्ठ अमेरिका भ्रमणमा रहेका छन् । दुई महिना अघि अमेरिका पुगेका श्रेष्ठ १५ दिने भ्रमणमा निस्किएका हुन् ।
पाल्पाका थप ३३ जनाले कोरोना जिते, २९ जनामा संक्रमण
पाल्पाका थप ३३ जनाले कोरोना जिते, २९ जनामा संक्रमण पाल्पामा थप ३३ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई शुक्रबार प्राप्त भएको बुधबार र विहीबारको विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका ३३ जना संक्रमितले कोरोना जितेका हुन् ।
आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइदै
आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइदै २९औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विश्वभरि विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष डिसेम्बर– ३ का दिन मनाइने अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक तथा सिर्जनात्मक कार्यक्रम गरी मनाइँदै छ ।
वरिष्ठ नेता पौडेलको गिरफ्तारीप्रति पाल्पा काँग्रेसको घोर भत्सर्ना
वरिष्ठ नेता पौडेलको गिरफ्तारीप्रति पाल्पा काँग्रेसको घोर भत्सर्ना नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीको नेपाली काँग्रेस पाल्पाले घोर भत्सर्ना गरेको छ । बुधबार साँझा एक विज्ञप्ती जारी गर्दै काँग्रेसले नेता पौडेललाई गिरफ्तार गर्नु सर्वसत्तावाद भएको बताएको छ ।
Weather Update