जलेका लालपूर्जा १८ वर्षपछि वितरण
आइतबार, मंसिर २८, २०७७
कपिलवस्तुमा महिलाको हत्या
आइतबार, मंसिर २८, २०७७
कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा एक महिलाको गए राति हत्या भएको छ । चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५१ वर्षीया महिला सुशीला खड्काको हत्या भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिए ।
कोरोनाबाट थप १५ को मृत्यु
शनिबार, मंसिर २७, २०७७
नेपालमा कोरोना भाइरसबाट थप १५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोराना भाइरस संक्रमणबाट १५ जनाको मृत्यु भएको हो ।
गुल्मी काँग्रेसले आउँदो सोमबार सरकारविरुद्ध सशक्त प्रदर्शन गर्ने
शनिबार, मंसिर २७, २०७७
नेपाली कांग्रेस गुल्मीले यहि मंसिर २९ गते अर्थात आउँदो सोमबार वर्तमान कम्युनिस्ट सरकारविरुद्ध जिल्लाको सदरमुकाम तम्घासमा बृहत प्रदर्शन गर्ने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय परिपत्र अनुसार उक्त बृहत प्रदर्शन गर्न लागिएको सभापति भुवनप्रसाद श्रेष्ठले बताए ।
नेपाल रेडक्रस सोसाइटी पाल्पाले मनायो स्वर्णमहोत्सव
शनिबार, मंसिर २७, २०७७
नेपाल रेडक्रस शोसाइटी पाल्पा शाखाको स्वर्णमहोत्सव मनाएको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पाले शनिबार एक कार्यक्रमका साथ स्वर्णमहोत्सव मनाएको हो । कार्यक्रममा प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले स्मारिका विमोचन र स्वर्णमहोत्सव लोगो अनावरण गर्दै रेडक्रसले गरेका कामहरु धेरै नै प्रभावकारी रहेको बताए ।
जतिसक्दो चाँडो कोभिड विरुद्धको खोप उपलब्ध गराउने तयारीमा छौँ : मन्त्री पौडेल
शनिबार, मंसिर २७, २०७७
अर्थमन्त्री विष्णु पौडेलले सरकार कोभिड–१९ विरुद्धको खोपलाई जतिसक्दो चाँडो सहज उपलब्ध गराउने तयारीमा जुटेको बताए । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को पाँचौँ महासभालाई आज सम्बोधन गर्दै उनले भने, “सरकार सबैलाई सहजरुपमा कोभिडविरुद्धको खोप उपलब्ध गराउने र यो महामारीबाट छिटोभन्दा छिटो नागरिकको जीवन सहज बनाउनेतर्फ केन्द्रित छ ।”
कोभिड–१९ सङ्क्रमण १३.९ प्रतिशत समुदायमा
शनिबार, मंसिर २७, २०७७
कोभिड–१९ को सङ्क्रमण १३.९ प्रतिशत समुदायमा फैलिएको एक अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनका सहयोगमा देशभरि गरिएको एन्टिबडी परीक्षणबाट १३.९ प्रतिशत सङ्क्रमण समुदायस्तरमा फैलिएको महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले जानकारी दिए ।
नेपाल–क्यानाडा परामर्श संयन्त्रको बैठक
शनिबार, मंसिर २७, २०७७
नेपाल–क्यानाडा परामर्श संयन्त्रको दोस्रो बैठक द्विपक्षीय व्यापार, लगानी, शैक्षिक तथा सांस्कृतिक सहयोग प्रवद्र्धन गर्ने सहमतिका साथ सम्पन्न भएको छ । अप्रत्यक्षरुपमा शुक्रबार साँझ भएको उक्त बैठकमा दुई वर्षअघि ओटावामा सम्पन्न संयन्त्रको पहिलो बैठकका निर्णयको समीक्षाका साथै पारस्परिक पर्यटन प्रवद्र्धन र जनस्तरको सम्बन्ध विकासलगायत विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ...
तरकारी खेतीमा महिलाको सक्रियता
शनिबार, मंसिर २७, २०७७
व्यावसायिक तरकारी खेतीमा पुरुषले जस्तै महिला समेत मनग्य आम्दानी गर्न सक्दछन् भन्ने कुरा बागलुङका दुई महिलाले उदाहरण पेश गरेका छन् । उनीहरुले पनि पुरुष समान व्यावसायिकरुपमा नै तरकारी खेती गरेर मासिक एक लाख बढी आम्दानी गर्न सफल भएका छन् ।
जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउन छलफल
शुक्रबार, मंसिर २६, २०७७
उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना विरुद्धको खोप ल्याउने कार्यको प्रगति विषयमा विभिन्न मन्त्री र सचिवसँग शुक्रबार छलफल गरेका छन् ।
पाल्पामा कोरोना संक्रमणबाट ४४ वर्षिय पुरुषको मृत्यु
शुक्रबार, मंसिर २६, २०७७
तिनाउ गाउँपालिका ६ का ४४ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको शुक्रबार दिउँसो मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थी जानकारी दिए ।
जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
शुक्रबार, मंसिर २६, २०७७
२० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक जना पुरूष पक्राउ परेका छन् । रामपुर नगरपालिका–५ बाँझोबारी बस्ने ४५ वर्षीय गंगाबहादुर नेपाली करणी गरेको अभियोगमा पक्राउ परेका हुन् ।
नेपालमा कोभिड–१९ निको हुने दर बढ्दो
शुक्रबार, मंसिर २६, २०७७
नेपालमा कोभिड–१९ निको दर बढेको पाइएको छ । विश्वका तुलनामा नेपालमा निको हुने दर बढेको हो । बिहीबारको तथ्याङ्कानुसार विश्वमा निको हुने दर ६९.३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४.२ प्रतिशत पुगेको छ । विश्वमा ६ करोड ९२ लाख ५४ हजार ३ सय संक्रमित भएका अवस्थामा चार करोड ८० लाख...


