मनसुन ढिलो बाहिरिने, शनिबारसम्म देशभर वर्षा
बुधबार, असोज ७, २०७७

फरार अभियुक्त पक्राउ
बुधबार, असोज ७, २०७७
बहुबिबाह मुद्दाको फरार अभियुक्त पक्राउ परेका छन् । पाल्पा अदालबाट बहुविवाह मुद्दामा दोषी ठहर भई फरार रहेका तिनाउ गाउँपालिका ३, दोभानका ४१ वर्षिय नारायण खरेल पक्राउ परका हुन् ।

मनसुन थप सक्रिय, बाढी पहिरोको जोखिम कायमै
बुधबार, असोज ७, २०७७
केही दिन अघि भारतमा उच्च चापीय क्षेत्र बनेको थियो । त्यसले मनसुन हराएर मौसम खुल्ने अनुमान मौसमविद्ले गरेका थिए ।

नेपाली काँग्रेस गुल्मीको आन्दोलनको कार्यक्रम स्थगित
मंगलबार, असोज ६, २०७७
नेपाली काँग्रेस गुल्मीले आफ्ना कार्यकर्ता कुटपिटमा संलग्नलाई कानुन अनुसार कारवाही गर्न जिल्ला प्रशासन कार्यालय सहमत भएपछि नेपाली काँग्रेसले आन्दोलनको कार्यक्रम स्थगित गरेको छ । मंगलबार भएको वार्तामा आफ्ना कार्यकर्ता कुटपिटमा संलग्नलाई कानुन अनुसार कारबाही गर्न गुल्मी प्रशासन सहमत भएपछि नेपाली काँग्रेसले धर्ना कार्यक्रम स्थगित गरेको हो ।

मंगलबार ८ सय २३ जना कारोना संक्रमण मुक्त
मंगलबार, असोज ६, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ सय २३ जना संक्रमण मुुक्त भएर घर फर्किएका छन् । हालसम्म कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या ४८ हजार ६१ जना रहेको छ ।

खोलाले बगाउँदा मृत्यु
मंगलबार, असोज ६, २०७७
यहाँको देवचुली नगरपालिकामा खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ । नवलपरासी ‘बर्दघाट–सुस्तापूर्व’को देवचुली नगरपालिका–१६ मा खोला तर्ने क्रममा १७ वर्षीया जिममाया सारुको मृत्यु भएको हो ।

गुर्जाे सेवनप्रति सर्वसाधारणको आकर्षण, जडिबुटी खोज्न जंगल धाउँदै
मंगलबार, असोज ६, २०७७
कोभिड–१९ को संक्रमण बढेसँगै जिल्लामा गुर्जो सेवनप्रति सर्वसाधारणको आकर्षण बढेको छ । रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउनका लागि गुर्जो सेवनप्रति आकर्षण बढेको हो ।

एक हजार पाँच संक्रमित डिस्चार्ज
सोमबार, असोज ५, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा एक हजार पाँच कोरोना संक्रमित डिस्चार्ज भएका छन् । आईतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या एक हजार ५ रहेको बताए ।

पाँच दिन हावाहुरीसहित भारी वर्षाको सम्भावना
सोमबार, असोज ५, २०७७
आगामी पाँच दिन देशको धेरै स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले एक विशेष बुलेटन जारी गर्दै उत्तरपूर्व बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिमतर्फ सर्ने क्रममा आगामी चार–पाँच दिनसम्म देशका धेरै स्थानमा भारी वर्षा हुनुका साथै हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक...

भारतमा एकैदिन ९२ हजार संक्रमित
आइतबार, असोज ४, २०७७
भारतमा कोरोनाभाइरसबाट एक दिनमा ९२ हजार ६ सय ५ संक्रमित पुगेको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको कुल संख्या ५४ लाखभन्दा बढी पुगेको छ ।

नेपालमा २४ घण्टामा ९ सय ६६ संक्रमित डिस्चार्ज
आइतबार, असोज ४, २०७७
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट निको हुनेको ग्राफ बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा नेपालमा ९ सय ६६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

बुर्तिबाङमा पुग्यो बिजुली
आइतबार, असोज ४, २०७७
स्थानीय खोलामा निर्माण भएका लघुजलविद्युत् आयोजनाको भरमा थियो, बागलुङको पश्चिम व्यापारिक केन्द्र बुर्तिबाङ । घरायसी बत्तीका लागि लघुजलविद्युत् आयोजनाको उपयोग प्रशस्तै थियो ।