Shittalpati
निर्वाचनका लागि बजेटको कुुनै अभाव हुने छैन : अर्थमन्त्री पौडेल
निर्वाचनका लागि बजेटको कुुनै अभाव हुने छैन : अर्थमन्त्री पौडेल निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक आर्थिक व्यवस्थापन लगायत विषयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरेको छ । सरकारले वैशाख १७ र २७ गते दुई चरणमा हुने गरी प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति करिब डेढ महिनाअघि नै घोषणा गरिसकेको छ ।
देशभर १ सय ७९ जनामा कोरोना, एकको मृत्यु
देशभर १ सय ७९ जनामा कोरोना, एकको मृत्यु देशभर थप १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभर १ सय ७१ जना कोरोना संक्रमित पुष्टि भएसँगै एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
वर्षा र हिमपातको सम्भावना
वर्षा र हिमपातको सम्भावना आगामी बिहीबारदेखि शनिबारसम्म देशभर मौसम बदली भई देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । बिहीबारदेखि पश्चिमी वायु सक्रिय हुने भएकाले देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताए ।
बुटवलका सबै वडामा सहजीकरण समिति
बुटवलका सबै वडामा सहजीकरण समिति भूमिसम्बन्धी समस्या समाधानका लागि बुटवल उपमहानगरपालिकाका सबै वडामा सहजीकरण समिति गठन भएका छन् । उपमहानगरमा नगरस्तरीय र १९ वडामा वडास्तरीय सहजीकरण समिति गठन भएका हुन् । उपमहानगरमा भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत सङ्कलन एकाई कार्यालय नै स्थापना गरेर भूमिसम्बन्धी समस्याको दीर्घकालीन समाधानको पहल शुरु भएको प्रमुख शिवराज सुवेदीले बताए ।
आज विश्व सिमसार दिवस मनाइदै
आज विश्व सिमसार दिवस मनाइदै प्रत्येक वर्ष फ्रेब्रुअरी २ का दिन मनाइने विश्व सिमसार दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘सिमसार र पानी’ भन्ने नाराका साथ सन् २०२१ को सिश्व सिमसार दिवस मनाउन लागिएको हो । सिमसारको संरक्षण गर्न सन् १९७१ मा रामसार महासन्धि स्थापना भएपछि यो दिवस मनाउन थालिएको पाइन्छ ।
तानसेन ४ का वडा अध्यक्ष शाक्यको निधन
तानसेन ४ का वडा अध्यक्ष शाक्यको निधन तानसेन नगरपालिका ४ का वडा अध्यक्ष राजेन्द्रमुनी शाक्यको निधन भएको छ । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित अध्यक्ष शाक्यको सोमबार निधन भएको हो ।
पाल्पा र गुल्मीमा पनि संसद विघटनविरुद्ध प्रदर्शन
पाल्पा र गुल्मीमा पनि संसद विघटनविरुद्ध प्रदर्शन केपी शर्मा ओली नेतृत्वको सरकारले असंवैधानिक भएर गरेको संसद विघटनविरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरुले तेस्रो चरणको आन्दोलन अन्तर्गत सोमबार ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेका छन् । काँग्रेसका १३ वटै भ्रातृसंस्थाले विरोध प्रदर्शन गरेका हुन् ।
कक्षा १२ को नतिजा सार्वजनिक
कक्षा १२ को नतिजा सार्वजनिक राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । आज सोमबार सार्वजनिक गरिएको नतिजानुसार छ हजार ९ सय १६ जनाले ३.६१ देखि ४ जिपिए, ३८ हजार ४ सय ८० जनाले ३.२१ देखि ३.६० जिपिए, एक लाख नौ हजार ३ सय १२ जनाले २.८१ देखि...
स्थानीय तहले गर्‍यो अभिभावक र विद्यार्थीलाई सम्मान
स्थानीय तहले गर्‍यो अभिभावक र विद्यार्थीलाई सम्मान माथागढी गाउँपालिकाले अभिभावक र विद्यार्थीहरुलाई सम्मान गरेको छ । गाउँपालिका भित्रका उत्कृष्ट अभिभावक र विद्यार्थीहरुलाई गाउँपालिकाले एक कार्यक्रमका बिच सम्मान गरेको हो । गाउँपालिकाले शिक्षालाई गुणस्तरीय, व्यवहारिक बनाउनका लागि उत्प्रेरित बनाउन अभिभावक र विद्यार्थीहरुलाई सम्मान गरेको जनाएको छ ।
गुल्मीमा शान्ति सुरक्षामा चुनौती, रोकिएनन् आपराधिक क्रियाकलाप
गुल्मीमा शान्ति सुरक्षामा चुनौती, रोकिएनन् आपराधिक क्रियाकलाप गुल्मीमा पछिल्लो समय आपराधिक क्रियाकलाप बढ्दै गएका छन् । झारफुकको नाममा तातो पन्यूले डामेर हत्या, विद्यालयमै विद्यार्थीमाथि निर्घात कुटपिटदेखि किसानका गोठमा आगलागीसम्मका घटना घटेका छन् । घटनाका अपराधी पत्ता लगाउन नसक्दा जिल्लामा शान्ति सुरक्षाको चुनौती बढ्दै गएको हो ।
माथागढी गाउँपालिकाको सेवा डिजिटलमार्फत
माथागढी गाउँपालिकाको सेवा डिजिटलमार्फत जिल्लाको माथागढी गाउँपालिकाकाले आफ्नो सेवालाई डिजिटाईजेशन गरेको छ । गाउँपालिकाले सेवालाई चुस्त र पारदर्शी बनाउन हस्तलिखित अभिलेखहरुलाई डिजिटाईजेशन गरेको हो ।
पाल्पामा आइतबारसम्म १३ सय बढीले लगाए कोरोना खोप
पाल्पामा आइतबारसम्म १३ सय बढीले लगाए कोरोना खोप पाल्पामा जिल्ला अस्पताल, लुम्बिनी मेडिकल कलेज, प्रभास, युनाईटेड मिसन अस्पताल तानसेन र रामपुर अस्पताल रामपुरका केन्द्रबाट कोरोना खोप दिइएको स्वास्थ्य कार्यालयले जननाएको छ । पहिलो चरणको खोप अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, एम्बुलेन्स चालक, नगरपालिकाका सरसफाईकर्मी लगायतले लगाएका छन् ।
Weather Update