Shittalpati
पाल्पामा थप १२ संक्रमित निको
पाल्पामा थप १२ संक्रमित निको ,जिल्लामा पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १२ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।
पाल्पाको रामपुरमा खुल्यो फनपार्क, आन्तरिक पर्यटकको घुइँचो
पाल्पाको रामपुरमा खुल्यो फनपार्क, आन्तरिक पर्यटकको घुइँचो रामपुरमै पहिलो पटक खुलेको ‘चिल्ड्रेन फनपार्क’मा यतिखेर सबैको आकर्षण बढेको छ । बालबालिकालाई लक्षित गरी हालैमात्र रामपुर नगरपालिका–५ स्थित बेझाड खेतमा सुरु गरिएको फनपार्क अहिले पर्यटकको गन्तव्यस्थल बन्न थालेको छ ।
पाल्पा काँग्रेसद्वारा मन्त्री रानालाई सम्मान
पाल्पा काँग्रेसद्वारा मन्त्री रानालाई सम्मान नेपाली काँग्रेस पाल्पाले लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वीरबहादुर रानालाई सम्म्मान गरेको छ । आज एक औपचारिक कार्यक्रमको आयोजना गरी काँग्रेसले नवनियुक्त मन्त्री रानालाई सम्मान गरेको हो ।
जनतालाई अनुभूति हुने गरि काम गर्छु : मन्त्री राना
जनतालाई अनुभूति हुने गरि काम गर्छु : मन्त्री राना म्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वीरबहादुर रानाले आफ्नो जनतालाई अनसभूति हुने गरी काम गर्ने बताएका छन् । नेपाल पत्रकार महासंघले पाल्पाले आयोजना गरेको पत्रका भेटघाट कार्यक्रममा मन्त्री रानाले आफ्नो कार्यकालमा जनतालाई अनुभूति हुने गरी काम गर्ने बताएका हुन् ।
बजारमा हिँड्ने बढे, किन्ने बढेनन्
बजारमा हिँड्ने बढे, किन्ने बढेनन् नेपालीहरुको महान् चाड दशैं आएसँगै बजारमा चहलपहल बढेको छ । लत्ताकपडा, खाद्यान्नदेखि सवारीसाधन किनबेच हुने हुँदा दशैं व्यापार–व्यवसाय गर्नेहरुका लागि सबैभन्दा ठूलो सिजन हो ।
पाल्पाका काँग्रेस सभापति राना बने लुम्बिनी प्रदेश सरकारमा मन्त्री
पाल्पाका काँग्रेस सभापति राना बने लुम्बिनी प्रदेश सरकारमा मन्त्री लुम्बिनी प्रदेशका सांसद् तथा नेपाली काँग्रेस पाल्पाका सभापति, युवा नेता वीरबहादुर राना ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका छन् ।
रुपन्देहीमा गोली चल्दा तनावग्रस्त
रुपन्देहीमा गोली चल्दा तनावग्रस्त रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच आइतबार झडप हुँदा मोतिपुर तनावग्रस्त भएको छ ।
पाल्पाका वीरबहादुर राना लुम्बिनी प्रदेशमा मन्त्री बन्दै
पाल्पाका वीरबहादुर राना लुम्बिनी प्रदेशमा मन्त्री बन्दै लुम्बिनी प्रदेशका सांसद् तथा नेपाली काँग्रेस पाल्पाका सभापति वीरबहादुर राना ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बन्ने पक्का भएको छ ।
च्याङ्ग्रा महँगियो त के भो ? लोकल कुखुरा छन् !
च्याङ्ग्रा महँगियो त के भो ? लोकल कुखुरा छन् ! हो, दसैँमा च्याङ्ग्राको मासु खान सबैको गच्छेले भ्याउँदैन । यसपालि त झन् च्याङ्ग्रा धेरैका लागि रहरमा मात्र सीमित हुनेवाला छ ।
मानसिक स्वास्थ्य दिवस मनाइँदै
मानसिक स्वास्थ्य दिवस मनाइँदै आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । मानसिक स्वास्थ्य सम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्षको अक्टोबर १० तारिखमा यो दिवस मनाईन्छ ।
तोके भन्दा बढी भाडा लिए कारवाही
तोके भन्दा बढी भाडा लिए कारवाही दशैँको अवसर छोपी सार्वजनिक यातायातको टिकटमा कालाबजारी गर्ने, तोकिएभन्दा बढी भाडा लिने र राज्यले सहुलियत दिएकालाई सहुलियत नदिएमा कडा कारवाही हुने भएको छ ।
एक सय आठ घरमा ‘एक घर–एक धारा’ जडान
एक सय आठ घरमा ‘एक घर–एक धारा’ जडान यहाँका १०८ घरमा एक घर एक धारा जडान गरिएको छ । लामो समयदेखि खानेपानीको समस्यामा गुजारा चलाइरहेका वालिङ–५ मजकोटमा बोहोरीखोला मजकोट लिफ्टिङ खानेपानी योजनामार्फत घर घरमा पानी पुगेको हो ।
Weather Update