Shittalpati
रामपुरमा अपाङ्गता भएकालाई सहायता सामग्री
रामपुरमा अपाङ्गता भएकालाई सहायता सामग्री जिल्लाको रामपुर नगरपालिकामा अपाङ्गता भएकाहरुलाई सहायता सामग्री प्रदान गरिएको छ । रामपुर नगरपालिकाले अपाङ्गता क्षेत्र संरक्षण समितिको समन्वयमा यहाँका १० वटै वडाका ५९ जना अपाङ्गता (फरक क्षमता) भएकाहरुलाई सहायता सामग्री प्रदान गरेको हो ।
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ बुकीपाटनको उत्तर पट्टी देखिने अनगिन्ती हिमशृङ्खला । चारैतिर हरियाली पहाड । त्यही पहाडका डाँडैभरि सेताम्मे भेडाका बथान । छेउछाउमा बाँसको चित्रा र प्लास्टिकका त्रिपालले बेरिएका केही अस्थायी गोठ ।
भण्डारीको अर्को सफलता : साइन्स अध्ययनका लागि निकाले पूर्ण छात्रवृत्तिमा नाम
भण्डारीको अर्को सफलता : साइन्स अध्ययनका लागि निकाले पूर्ण छात्रवृत्तिमा नाम माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजामा चार जिपिए ल्याएका गुल्मीका अर्जुन भण्डारीले अर्को सफलता प्राप्त गरेका छन् । भविष्यमा डाक्टर बन्ने  सपना बोकेका उनले कक्षा ११÷१२ मा साइन्स अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन् ।
पाल्पाको  रैथानेबाली सङ्कटमा
पाल्पाको  रैथानेबाली सङ्कटमा यहाँका किसानहरु पछिल्लो समय खेती लगाउने सयममा उन्नत जातका बीउप्रति आकर्षित भएपछि रैथानेबाली सङ्कटमा पर्दै गएका छन् । उत्पादन बढी हुने र छिटो फल्ने हुँदा यहाँका किसान परम्परागत रैथाने बीउ छोडेर उन्नत जातका बीउ (हाइब्रिड)प्रति आकर्षित भएका हुन् ।
नेपालमा कोरोना बढ्दै
नेपालमा कोरोना बढ्दै पछिल्लो समय नेपालमा कोभिड–१९ को संक्रमण बढ्दै गएको छ । देशका विभिन्न जिल्लामा कोरोना संक्रमितहरु देखिन थालेका छन् ।
विद्युत समस्या समाधान गर्न रामपुरमा छलफल
विद्युत समस्या समाधान गर्न रामपुरमा छलफल विद्युत सेवामा देखिएको समस्या समाधान गर्ने विषयमा जिल्लाको रामपुरमा छलफल भएको छ । रामपुर नगरपालिकाको आयोजनामा विद्युत महसुल, भोल्टेजस्तर, प्रशारण लाईन लगायतका विषयमा देखिएका समस्या समाधानका विषयमा सरोकारवालाबिच छलफल भएको हो ।
आज अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय सहकारी दिवस नेपालसहित विश्वभर मनाइँदै छ । विभिन्न देशमा जुलाई पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ ।
कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने
कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने होराइजन मिडियाद्वारा निर्मित कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण यही असार २० गते शुक्रबार अर्थात् आजदेखि प्रसारण हुने भएको छ । ऐनाको पहिलो संस्करणमा सामाजिक विसङ्गतिविरुद्धका विषयमा समावेश गरिएकामा दोस्रो संस्करणमा नेपालमा भएका पूर्वाधार विकासका मुद्दामा कार्यक्रम केन्द्रित हुने जनाइएको छ । 
कालीगण्डकीमा व्यावसायिक अकबरेखेती
कालीगण्डकीमा व्यावसायिक अकबरेखेती स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका किसानले व्यावसायिक अकबरे खुर्सानीखेती सुरु गरेका छन् ।
लुम्बिनी प्रदेशको बजेट पारित
लुम्बिनी प्रदेशको बजेट पारित लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेश सभाको छैठौं अधिवेशनको १७ औं बैठकले बजेट पारित गरेको हो ।
रामपुरको मनभागका घर–घरमा खानेपानीको धारा
रामपुरको मनभागका घर–घरमा खानेपानीको धारा जिल्लाको रामपुर नगरपालिका –१० माथिल्लो मनभागका घर–घरमा खानेपानीको धारा पुगेको छ । रामपुर नगरपालिकाको १७ लाख ५० हजार र उपभोक्ताको ४ लाख २१ हजार ६ सय रुपैयाँ नगद र जनश्रमदानमा २२ हजार लिटर क्षमताको पानी टंकी निर्माण गरि लिफ्टिङ मार्फत योजना सम्पन्न गरि घर–घरमा पानीको धारा  पुगेको हो ।
Weather Update