Shittalpati
गुल्मीमा राष्ट्रिय सभा गठबन्धनका उम्मेदवार बिच छलफल
गुल्मीमा राष्ट्रिय सभा गठबन्धनका उम्मेदवार बिच छलफल यहि माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा पाँच दलीय गठबन्धनका साझेदार उमेद्वारहरुले गुल्मीमा भेटघाट तथा छलफल गरेका छन् ।
सिंगो लुम्बिनीलाई काँग्रेसमय बनाउँछौं : सभापति पुन
सिंगो लुम्बिनीलाई काँग्रेसमय बनाउँछौं : सभापति पुन नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिं पुनले सिंगो लुम्बिनी प्रदेशलाई काँग्रेसमय बनाउने बताएका छन् । मंगलबार नेपाली काँग्रेस पाल्पाले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै सभापति पुनले काँग्रेसको संगठनलाई थप सशक्त बनाई लुम्बिनीमा काँग्रेसमय बनाउने बताएका हुन् ।
गुल्मीमा एसका नेता एमालेमा प्रवेश
गुल्मीमा एसका नेता एमालेमा प्रवेश जिल्लामा नेकपा एकीकृत समाजवादी (एस) धुर्कोट गाउँपालिका उपाध्यक्ष एमाले प्रवेश गरेका छन् । समाजवादी प्रति असन्तुष्टि जनाउदै एसका नेता भेष बहादुर घर्ती नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
राष्ट्रिय सभा गठबन्धनका उम्मेदवार भन्छन्– ‘जनताको आवाज बुलन्द गर्न मत दिनुहोस्’
राष्ट्रिय सभा गठबन्धनका उम्मेदवार भन्छन्– ‘जनताको आवाज बुलन्द गर्न मत दिनुहोस्’ राष्ट्रियसभा निर्वाचनका उम्मेदवारहरुले जनताको आवाज बुलन्द गर्न आफुहरुलाई मत दिन मतदाताहरुसँग आग्रह गरेका छन् । लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीन जना उम्मेदवारहरुले सोमबार तानसेनमा मतदाताहरुसँगको परिचयात्मक कार्यक्रममा जनताको आवाज बुलन्द गर्न आफुलाई मत दिन आग्रह गरेका हुन् ।
पाल्पामा लोप हुँदै रैथाने अन्नबाली
पाल्पामा लोप हुँदै रैथाने अन्नबाली रैथाने अन्नबाली उत्पादनमा किसानको जागर छैन । मेहनत अनुसारको फल नआएपछि किसान बढी उत्पादन दिने अन्नबाली तथा तरकारी खेतीमा आकर्षित भएका छन् । बढी उब्जनी हुने अन्नबाली तथा तरकारी खेतीमा चासो बढेपछि पाल्पा लगायत पहाडी जिल्लामा उत्पादित रैथानेबाली पछिल्ला वर्षमा लोप हुँदै गएका छन् ।
गुल्मीको इस्मामा भएको अनियमितता र भ्रष्टाचारविरुद्ध काँग्रेसको प्रदर्शन
गुल्मीको इस्मामा भएको अनियमितता र भ्रष्टाचारविरुद्ध काँग्रेसको प्रदर्शन गुल्मीको इस्मा गाउँपालिकाले अनियमितता र भ्रष्टाचार गरेको भन्दै नेपाली काँग्रेस इस्मा गाउँपालिकाले बिरोध गरेको छ । सोमबार गाउँपालिकाको कार्यालय नजिकै रहेको स्वास्थ्यचौकीको हलमा गाउँसभा चलिरहेकै समयमा नेपाली काँग्रेस इस्मा गाउँपालिकाले सोही हलबाहिर बिरोध कार्यक्रम गरेको हो ।
मन्त्री रानासँग गुल्मी काँग्रेसले गर्‍यो छलफल
मन्त्री रानासँग गुल्मी काँग्रेसले गर्‍यो छलफल लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री तथा नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति वीर बहादुर रानासँग नेपाली काँग्रेस गुल्मीले छलफल गरेको छ ।
मन्त्री रानाद्वारा गुल्मी अस्पतालको अनुगमन
मन्त्री रानाद्वारा गुल्मी अस्पतालको अनुगमन लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वीर बहादुर रानाले गुल्मी अस्पतालको अनुगमन गरेका छन् । सोमबार विभिन्न कार्यक्रममा सहभागी हुनको लागि गुल्मी आएका मन्त्री रानाले निर्माणधिन गुल्मी अस्पतालसँगै अहिलेको अस्पतालबाट हुने स्वास्थ्य उपचार सम्बन्धमा जानकारी लिन समग्र गुल्मी अस्पतालको अनुगमन गरेका हुन् ।
स्वस्थानी व्रतकथा आजदेखि सुरु
स्वस्थानी व्रतकथा आजदेखि सुरु पौष शुक्लपूर्णिमाका दिनदेखि सुरु हुने श्री स्वस्थानी व्रतकथा आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानीको आजदेखि घर–घरमा पूजा र व्रत बसी यो पर्व मनाउन लागिएको हो । नेपाली हिन्दू धर्मावलम्बी महिलाहरुले एक महिनासम्म स्वस्थानी व्रत र माघ स्नान गर्छन् । पौष शुक्ल पूर्णिमादेखि...
पाल्पामा तरुलको व्यापार फस्टायो
पाल्पामा तरुलको व्यापार फस्टायो जिल्लामा व्यावसायिकरूपमा तरुलको खेती अझै हुनसकेको छैन । कन्दमुलअन्तर्गत पर्ने तरुल लागि अझै पनि वनकै भर गर्नुपर्ने बाध्यता छ तर माघेसंक्रान्तिमा तरुल तथा चाकु खानैपर्ने हिन्दू परम्पराअनुसार पर्व नजिकिँदै जाँदा तरुलको व्यापार पनि निकै फस्टाएको हो ।
आज माघे संक्रान्ति पर्व मनाइँदै
आज माघे संक्रान्ति पर्व मनाइँदै माघे संक्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुंगो, खिचडी आदि खाने चलन छ । हिमाल, पहाड र तराईमा बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे संक्रान्तिलाई आ–आफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ ।
Weather Update