काँग्रेसका उम्मेदवारलाई विजयी बनाउन सभापति पन्थीको निर्देशन
शनिबार, माघ ८, २०७८

पाल्पाको रम्भामा सिंगो गाउँ नै काँग्रेसमा प्रवेश
शनिबार, माघ ८, २०७८
पाल्पाको रम्भा गाउँपालिका ४ हुमिन रैयामा सिंगो गाउँ नै नेपाली काँग्रेसमा प्रवेश गरेको छ । नेपाली काँग्रेस हुमिनको टोल भेलाबाट नेकपा एमाले परित्याग सिंगो गाउँका ४० जना काँग्रेसमा प्रवेश गरेका हुन् ।

सेवा लिन आउनेलाई खोप कार्ड अनिवार्य
शुक्रबार, माघ ७, २०७८
सार्वजनिक सेवा प्राप्त गर्दा कोरोना विरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरिएको छ ।

पाल्पामा संक्रमित दिनहुँ बढ्दै, शुक्रबार मात्रै ६७ जनामा संक्रमण
शुक्रबार, माघ ७, २०७८
केही दिनयता जिल्लामा कोरोना संक्रमितको संख्या दिनहुँ बढेको छ । स्वास्थ्य कार्यालयका अनुसार दिप्रतिदिन संक्रमणको ग्राफ उकालो लाग्दै गएको हो । विहीबार ४९ जना नयाँँ कोरोना संक्रमित थपिएकोमा शुक्रबारमात्र ६७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पाल्पामा ज्यान सम्बन्धी कसुरका प्रतिवादी पक्राउ
शुक्रबार, माघ ७, २०७८
जिल्लामा ज्यान सम्बन्धी कसुरका प्रतिवादीहरु पक्राउ परेका छन् । तानसेन नगरपालिका -६ कुनसरे स्कूलडाँडाकी ६५ वर्षीय सरस्वती देवी घर्ती मगरको ज्यान लिएको आरोपमा ३ जना प्रतिवादीहरु पक्राउ परेका हुन् ।

खोप लगाउन भिडभाड
शुक्रबार, माघ ७, २०७८
तानसेनस्थित पाल्पा अस्पतालमा खोप लगाउनका लागि सयौंको संख्यामा लामवद्ध भएका नागरिक । कोरोना संक्रमणको तेस्रो लहर तीव्र रुपमा फैलिरहँदा यसको रोकथामका लागि सतर्कता अपनाउन भनिए पनि खोप लगाउने स्वास्थ्य केन्द्रहरूमा भने असावधानी देखिन्छ ।

खैरेनी वन : बन्दै छ पर्यटकीय आकर्षण
शुक्रबार, माघ ७, २०७८
कालीगण्डकीले घेरेको खैरेनी वनको सुन्दर दृश्यले सबैका मन लोभ्याउँछ । टापु आकारमा रहेको वनलाई नदीले चारैतिरबाट घेरेको छ । यही दृश्यले सबैको मन तानिरहेको हुन्छ । रामपुर नगरपालिका–८ स्थित खैरेनी सामुदायिक वनको करिब नौ हेक्टर क्षेत्रफल नदीले घेरेको छ ।

५७ करोडको सुन्तला विक्री
शुक्रबार, माघ ७, २०७८
सुन्तलाको स्वाद र उत्पादनका दृष्टिले छुट्टै पहिचान बनाएको स्याङ्जामा यसवर्ष ५७ करोड ९ लाख मूल्य बराबरको सुन्तला विक्री भएको छ । गत वर्षको तुलनामा सुन्तला उत्पादनमा कमी आएको भएपनि बजार मूल्य राम्रो पाएकाले सो मूल्य बराबरका सुन्ताला विक्री भएको हो ।

पाल्पामा पत्रकारले लगाए बुस्टर डोज
बिहीबार, माघ ६, २०७८
अग्रपंक्तिमा खटिएका जिल्लाका पत्रकारहरुले कोरोनाविरुद्धको बुस्टर (तेस्रो) डोजको खोप लगाएका छन् । संघीय सरकारमार्फत प्राप्त खोप जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा गत असारअगाडि दोस्रो मात्राको खोप लगाएका पत्रकारहरुलाई बुस्टर डोज दिइएको हो ।

तिनाउ गाउँपालिकाले दश बेडको कोभिड अस्पताल सञ्चालन गर्ने
बिहीबार, माघ ६, २०७८
जिल्लाको तिनाउ गाउँपालिकाले दश बेडको कोभिड अस्पताल सञ्चालन गर्ने भएको छ । कोरोना सक्रमणको दर उच्च भएपछि गाउँपालिकाले कोभिड आईसोलेसन अस्पताल पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।

पाल्पामा विहीबार थपिए ४९ संक्रमित
बिहीबार, माघ ६, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ४९ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४९ जनामा संक्रमण पुष्टि भएको हो ।

अगाहखोलाको गोतामेमा पुलको सर्वे
बिहीबार, माघ ६, २०७८
जिल्लाको माथागढी गाउँपालिका र रम्भा गाउँपालिका जोड्ने अगाहखोलाको गोतामे घाटमा ट्रस पुल निर्माणका लागि स्थलगत सर्वे गरिएको छ । माथागढी गाउँपालिकाले उक्त स्थानमा पुल निर्माणका लागि सर्वे गर्ने काम गरेको हो । गाउँपालिका अध्यक्ष सन्तोष थापा मगर र इञ्जिनियरहरुको टोलीले उक्त स्थानमा पुनर्निर्माणका लागि स्थलगत सर्वे गरेको छ ।