भुवनपोखरीमा एमालेको भेला तथा चुनावी प्रशिक्षण
आइतबार, भदौ १२, २०७९

पाल्पाको माथागढीमा छोराले गरे बाबुको हत्या !
आइतबार, भदौ १२, २०७९
पाल्पाको माथागढी गाउँपालिकामा छोराले आफ्नै बाबुको हत्या गरेका छन् । माथागढी गाउँपालिका–४ नेटाका १४ वर्षीय बालकले बाबु ४५ वर्षीय तिल बहादुर दिसाको हत्या गरेका हुन् । घरायसी विवाद हुने क्रममा उनले चिर्पट दाउराले हानेर बाबुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

कृषक आफैले खोले तानसेनमा ‘दूध डेरी’
आइतबार, भदौ १२, २०७९
जिल्लामा कृषकबाट सस्तोमा दूध खरिद गरी विचौलियाले धेरै नाफा कमाए । तर कृषक कहिल्यै उँभो लागेनन् । न त कृषको जीवनस्तर माथि उठ्न सक्यो न त उपभोक्ताले नै राम्रो दूध उपभोग गर्न पाए । लामो समयदेखि विचौलियाहरुको फन्दामा परेका तानसेनका कृषकले भने अहिले आफै दूध डेरी खोलेर उचित मूल्य पाउनुको...

नागरिकता विधेयकमा राष्ट्रपतिको एमाले भूमिका : नेता कंडेल
शनिबार, भदौ ११, २०७९
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कंडेलले नागरिकता विधेयकमा राष्ट्रपतिको एमाले भूमिका देखिएको बताएका छन् । शनिबार सदमुकाम तम्घासमा नेपाली काँग्रेस गुल्मीले आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिहरुको सम्मान, बधाई तथा अभिमुखीकरण कार्यक्रलाई सम्बोधन गर्दै उनले नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको भूमिका खेलेको बताएका हुन् ।

तानसेनमा ‘जुग पञ्चदान’ पर्व मनाइयो
शनिबार, भदौ ११, २०७९
बौद्ध दर्शनमा पवित्र मानिएको दानको महत्व दर्साउने ‘जुग पञ्चदान’ पर्व तानसेनमा मनाइएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन पाल्पासहित देशैभरका बौद्धमार्गी नेवार समुदायले यो पर्व मनाउने गर्दछन् ।

‘जनताको साथमा काँग्रेस’
शनिबार, भदौ ११, २०७९
‘जनताको साथमा काँग्रेस’ यो नेपाली काँग्रेसको एक अभियान हो । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि काँग्रेसले यो अभियान ल्याएको हो । जुन अभियान शुक्रबारदेखि पाल्पासहित देशैभर शुभारम्भ भएको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यासमितिले पाल्पाको अभियानमा केन्द्रीय सदस्य अब्दुल रञ्जाकलाई खटाएको छ । पाल्पामा पनि तानसेनमा एक औपचारिक कार्यक्रम...

आज कुसे औंसी, पितालाई विशेष सम्मान गरी मनाइँदै
शनिबार, भदौ ११, २०७९
प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुसे औँसी पर्व आज पिताको विशेष सम्मान गरी मनाइँदै छ । यसै अवसरमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।

आपत्कालिन स्वास्थ्य प्रतिकार्य निर्माणमा रेडक्रस
शनिबार, भदौ ११, २०७९
नेपालमा दिनहुँ स्वास्थ्य विपद्का घटनाहरु बढ्दै गएपछि नेपाल रेडक्रस शोसाईटी पाल्पाले तानसेन नगरपालिकासँग समुदायमा आधारित स्वास्थ्य तथा प्राथमिक उपचार र आपत्कालिन स्वास्थ्य कार्यक्रम तथा आपत्कालिन स्वास्थ्य प्रतिकार्य योजना तर्जुमा कार्यक्रम गरेको छ ।

पाल्पासहित देशैभर ‘जनताको साथमा काँग्रेस’ अभियान शुभारम्भ
शुक्रबार, भदौ १०, २०७९
‘जनताको साथमा काँग्रेस’ यो नेपाली काँग्रेसको एक अभियान हो । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि काँग्रेसले यो अभियान ल्याएको हो ।

रैनादेवी छहरामा १७ वर्षीय किशोर मृत फेला
शुक्रबार, भदौ १०, २०७९
जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा एक किशोर मृत अवस्थामा फेला परेका छन् । रैनादेवी छहरा गाउँपालिका ८ खुर्सानेका १७ वर्षीय लीलाबहादुर कार्की शुक्रबार विहान मृत अवस्थामा फेला परेका हुन् ।

नागरिकता बनाउन सदरमुकाम जानुपर्ने बाध्यता हट्यो
शुक्रबार, भदौ १०, २०७९
इलाका प्रशासन कार्यालय रामपुरबाटै नागरिकता वितरण गर्न थालिएपछि स्थानीय उत्साहित भएका छन् । पछिल्लो समय सेवाग्राहीको संख्यासमेत बढेको छ । दैनिकरुपमा नागरिकता बनाउन आउनेहरु बढ्दै गएका छन् । आर्थिक वर्ष २०७८/७९ मा तीन हजार नौ ७८ जनाले नागरिकता बनाएका छन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि ८७ दल दर्ता
शुक्रबार, भदौ १०, २०७९
मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि ८७ वटा राजनीतिक दलले दल दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार अगामी प्रतिनिधि सभाको निर्वाचनाका लागि ८७ वटा दलले दर्ता गराएका हुन् । त्यसमध्ये एकल रूपमा सहभागी हुने दलको संख्या ७५ रहेको आयोगले जनाएको छ ।

पाल्पामा बुधबार थप १५ जना कोराना संक्रमणमुक्त
बिहीबार, भदौ ९, २०७९
जिल्लामा पछिल्लो २४ घण्टामा थप १५ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ८ जना महिला र ७ जना पुरुष संक्रमितले कोरोना जितेका हुन् ।