Shittalpati
ललिता निवास प्रकरणमा सात जना पक्राउ
ललिता निवास प्रकरणमा सात जना पक्राउ ललिता निवासको जग्गा प्रकरणमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले काठमाडौँका विभिन्न क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।
रोटरी क्लव पाल्पा तानसेनले मनायो स्थापना दिवस, गर्‍यो पदहस्तान्तरण 
रोटरी क्लव पाल्पा तानसेनले मनायो स्थापना दिवस, गर्‍यो पदहस्तान्तरण  रोटरी क्लव अफ पाल्पा तानसेनले २३ औं स्थापना दिवससँगै पदहस्तान्तरण कार्यक्रम गरेको छ । क्लवले मंगलबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी स्थापना दिवस र पदहस्तान्तरण गरेको हो । 
भैरहवाबाट हङकङ उडान गर्दै नेपाल एयरलाइन्स
भैरहवाबाट हङकङ उडान गर्दै नेपाल एयरलाइन्स राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवाबाट हङकङमा सिधा उडान गर्ने भएको छ । काठमाडौँबाट हङकङ सिधा उडान गरिरहेको नेपाल एयरलाइन्सले भैरहवाबाट पनि उडान सञ्चालन गर्न लागेको हो ।
मोबाइल प्रयोगले बालबालिकामा यस्ता समस्या
मोबाइल प्रयोगले बालबालिकामा यस्ता समस्या स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालायले बालबालिकामा मोबाइलको प्रयोगले सर्वाङ्गीण विकासमा असर पार्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा बालबालिकाको सर्वाङ्गीण विकासमै असर पुग्ने बताउँछन् ।
असार १४ गते सार्वजनिक बिदा
असार १४ गते सार्वजनिक बिदा नेपाल सरकारले यही असार १४ गते इदका अवसरमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी असार १४ गते बकर इद (ईद उल अजहा) पर्व भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ ।
रामपुरमा एक वृद्ध मृत फेला
रामपुरमा एक वृद्ध मृत फेला जिल्लाको रामपुरमा एक वृद्ध मृत फेला परेका छन् । मंगलबार विहान रामपुर नगरपालिका–३, चनौलीका ७० वर्षीय नरबहादुर गुरुङ सडक नालीमा मृत फेला परेका हुन् ।
बाजा बजाउने पेसा हराउँदै
बाजा बजाउने पेसा हराउँदै दोस्रो पुस्ताले रुचि नदेखाउँदा पछिल्लो समय यहाँको बाजा बजाउने पेसा हराउने अवस्था देखा परेको छ । स्याङ्जाको गल्याङ नगरपालिका–८ बङातीमा पुर्खौंदेखि परियार समुदायले बजाउँदै आएको नौमती बाजा पछिल्लो समय नयाँ पुस्ताले अँगाल्न नसक्दा सो पेसा हराउने अवस्था देखिन थालेको हो ।
घुस लिएको अभियोगमा मुद्दा दायर
घुस लिएको अभियोगमा मुद्दा दायर अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनीसमेत तीनजना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सरुवापछि रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही हुने
सरुवापछि रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही हुने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएपछि तोकिएको समयभित्र रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही र तलब भत्ता असुल उपरको नीति कार्यान्वयनमा ल्याएको छ । यस्तै सरुवा भएर जाने कर्मचारीलाई हाजिर नगराउने स्थानीय तहको खाता रोक्काको प्रक्रिया अगाडि बढाउने पनि तयारी सुरू गरिएको छ । 
इस्मा गाउँपालिकामा निःशुल्क ‘स्यानिटरी प्याड’
इस्मा गाउँपालिकामा निःशुल्क ‘स्यानिटरी प्याड’ गुल्मीको इस्मा गाउँपालिकाले सबै महिलाका लागि स्यानिटरी प्याड निःशुल्क वितरण गर्ने भएको छ । आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रममा नै समेटेर महिनावारी हुने उमेरका सबै महिलाका लागि निःशुल्क स्यानिटरी प्याडको व्यवस्था गर्न लागिएको गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले बताइन् ।
मनसुनको समयमा पनि तातो हावाको लहर फैलिनसक्ने
मनसुनको समयमा पनि तातो हावाको लहर फैलिनसक्ने यसपटकको मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्नेतर्फ सचेत हुन राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । प्रि–मनसुनका समयमा फैलिएको तातो हावाको लहरका कारण मानिसको जनजीवन प्रभावित भएको र खेतीबालीमा नराम्ररी असर परेका अवस्थामा मनसुनका समयमा समेत छोटो समयमा देखिन सक्ने भन्दै त्यसतर्फ प्राधिकरणले ध्यानाकर्षण...
नागरिकता प्राप्तिमा असहयोग गर्नेलाई तीन महिना कैद हुने
नागरिकता प्राप्तिमा असहयोग गर्नेलाई तीन महिना कैद हुने नागरिकता प्राप्तिका लागि परिवारका सदस्यले पनि पहिचानका लागि सहयोग गर्नुपर्ने व्यवस्था नेपाल नागरिकता पहिलो संशोधन ऐन, २०७९ मा गरिएको छ । सहयोग नगर्ने परिवारका सदस्यलाई जिल्ला प्रशासन कार्यालयले पत्राचार गरेर सहयोग गर्न आदेश दिन सक्नेछ । यस्तो आदेशका अवज्ञा गर्नेलाई तीन महिनासम्म कैद र रु १० हजार जरिवानाको व्यवस्था ऐनमा...
Weather Update