Shittalpati
संघीयताको कारण देशको ढुकुटी रित्तिदैं : महासचिव भट्ट
संघीयताको कारण देशको ढुकुटी रित्तिदैं : महासचिव भट्ट राष्ट्रिय जनमोर्चा नेपालका केन्द्रीय महासचिव मनोज भट्टले संघीयताको कारण देशको ढुुकुटी रित्तिदै गएको बताएका छन् । राष्ट्रिय जनमोर्चा पाल्पाको पाँचौ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महासचिव भट्टले मुुलुुकमा संघीयता महँगो बन्दै भएकाले ढुकुटी नै रित्तिने अवस्थामा पुुगेको बताएका हुन् ।
पाल्पामा पनि राप्रपाले भ्रष्टाचारीविरुद्ध प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुुझायो
पाल्पामा पनि राप्रपाले भ्रष्टाचारीविरुद्ध प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुुझायो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । देशभरका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् राप्रपाले प्रधानमन्त्री प्रचण्डलाई भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध ज्ञापनपत्र बुझाएको हो ।
बुटवलमा राष्ट्रिय पार्क सम्मेलन आयोजना हुँदै
बुटवलमा राष्ट्रिय पार्क सम्मेलन आयोजना हुँदै सार्वजनिक स्थानको संरक्षण हुनेगरी सुन्दर बनाइएका पार्कको व्यवस्थापनमा देखिएका नीतिगत समस्या र कानुनी जटिलताका विषयमा बहस गरी स्पष्ट कानुन बनाउनका लागि राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले बुटवलमा राष्ट्रिय पार्क सम्मेलन गरिने भएको छ ।
सुरक्षित गर्भपतनमा पाल्पाका स्थानीय सरकारको छैन नीति र कार्यक्रम
सुरक्षित गर्भपतनमा पाल्पाका स्थानीय सरकारको छैन नीति र कार्यक्रम नेपालको संविधान २०७२ ले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रुपमा व्याख्या गरेको छ । जसले तीन तहका सरकारको व्यवस्था गरेसँगै स्थानीय तह, प्रदेश र संघीय सरकार बनेका छन् । तीन तहकै सरकारमा क्रमश स्वास्थ्य शाखा, निर्देशनालय, विभाग र मन्त्रालयकै व्यवस्था छ । सबै सरकार एक अर्को सरकारसँग आपसी समन्वय र...
डढेलोले बर्सेनि पिरलो
डढेलोले बर्सेनि पिरलो हरेक वर्ष जंगलमा लाग्ने डढेलोले पाल्पा र गुल्मीका नागरिकलाई पिरोल्ने गर्दछ । विशेष गरी जंगल नजिकैका वस्तीका नागरिकहरु आगो लाग्न साथ चिन्तित हुने गर्दछन् । जंगलमा लागेको आगो घरमै आउने डरले उनीहरु रातदिन चिन्तामा हुन्छ । वसन्त र ग्रीष्म ऋतु विशेष गरी डढेलो जोखिमको समय हो ।
बाख्राको दूधबाट चीज उत्पादन
बाख्राको दूधबाट चीज उत्पादन स्याङ्जाको भीरकोट–८ ओकादीका डिलबहादुर गुरुङले बाख्राको दूधबाट चीज उत्पादन थालेका छन् । दश वर्षअघि ‘जुना बाख्रापालन फार्म’ दर्ता गरी सानन जातका बाख्रा पाल्न थालेका उनले दुई सातादेखि चीज उत्पादन सुरु गरेका हुन् ।
तानसेनमा एक पुरुष मृत फेला
तानसेनमा एक पुरुष मृत फेला तानसेनमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको तानसेन नगरपालिका –१३ गाईघाटस्थित रानीमहल जाने सडक छेउको नालीमा पुरुष मृत फेला परेका हुन् ।
शिक्षक दुई, विद्यार्थी शून्य
शिक्षक दुई, विद्यार्थी शून्य सुन्दा पनि जो–कसैलाई आश्चर्य र पत्यार नलाग्न सक्छ, विद्यालयमा एक जना विद्यार्थी पनि भर्ना नभएको खबर । तर पाल्पाको रामपुर नगरपालिका–३ स्थित लामटाङमा रहेको जनविकास प्राथमिक विद्यालयमा यस शैक्षिकसत्रमा विद्यार्थी भर्नादर शून्य छ । यहाँ वैशाख २६ गतेसम्म एक जना विद्यार्थी पनि विद्यालयमा भर्ना नभएको पाइएको छ ।
‘यात्रु बोक्ने रातो प्लेटका सवारीलाई कारवाही गर्छाै’
‘यात्रु बोक्ने रातो प्लेटका सवारीलाई कारवाही गर्छाै’ जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एवं प्रहरी उपरीक्षक हेरम्व शर्माले यात्रु तथा मालसमान बोक्ने रातो प्लेटका सवारी साधनहरुलाई कानुनी कारवाही गर्ने बताएका छन् । ‘रातो प्लेट भनेको व्यक्तिगत प्रयोगको लागि मात्र हो, रातो प्लेटले नत यात्रुहरु बोक्न पाउँछ, नत रिजर्वमा हिड्न पाउछ, नत माल समान बोक्न पाउछ, यी अवस्थामा भेटिएका...
प्रेस चौतारीले शितलपाटीकर्मी  पोखरेलसहित ८ पत्रकारलाई पुरस्कृत गर्ने
प्रेस चौतारीले शितलपाटीकर्मी पोखरेलसहित ८ पत्रकारलाई पुरस्कृत गर्ने प्रेस चौतारी नेपाल पाल्पा शाखाले शितलपाटीकर्मी कृष्ण पोखरेलसहित ८ जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । २४ औं स्थापना दिवसको अवसरमा शाखाले पोखरेलसहित ८ पत्रकारलाई पुरस्कृत गर्ने घोषणा गरेको हो ।
टोपबहादुर रायमाझी निलम्बित
टोपबहादुर रायमाझी निलम्बित नेकपा (एमाले)ले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भूटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानमा सहयोग पुर्‍याउनका लागि कानुनी कारबाहीको अन्तिम टुङ्गो नलागेसम्म उनलाई पदबाट निलम्बन गरिएको महासचिव शङ्कर पोखरेलद्वारा जारी प्रेस वक्तव्यमार्फत जानकारी दिइएको छ ।
काँग्रेस लुम्बिनी प्रदेशको प्रशिक्षण स्वर्गद्वारीमा
काँग्रेस लुम्बिनी प्रदेशको प्रशिक्षण स्वर्गद्वारीमा नेपाली काँग्रेस लुम्बिनी प्रदेशको प्रदेशस्तरीय प्रशिक्षण प्यूठानको स्वर्गद्वारीमा हुने भएको छ । यही वैशाख २९ गतेदेखि हुने प्रशिक्षण कार्यक्रम स्वर्गद्वारीमा हुन लागेको हो ।
Weather Update