पाल्पाको सिद्धेश्वरमा एमालेको चुनावी समीक्षा
सोमबार, पुस ११, २०७९

दाहाल नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन, नवनियुक्त मन्त्रीहरूले लिए सपथ
सोमबार, पुस ११, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी छिन् । सोमबार शीतल निवासमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाल र ३ जना उपप्रधानमन्त्री र ४ जना मन्त्रीलाई शपथ ग्रहण गराएकी हुन् ।

सुन र नगदसहित बुटवलमा प्रहरीका डीएसपी पक्राउ
सोमबार, पुस ११, २०७९
बुटवलमा सुन र नगदसहित प्रहरी नायब उपरीक्षक ठगबहादुर केसी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक केसीलाई ३५ तोला सुन र १८ लाख रुपैयाँ नगदसहित आइतबार राति निवासबाटै पक्राउ गरेको हो ।

नेतृत्व हानथापले काँग्रेसलाई नोक्सान, एमालेको सरप्राइज, प्रचण्ड प्रधानमन्त्री
सोमबार, पुस ११, २०७९
असीमित सम्भावनाको पुञ्ज भएकाले राजनीतिमा कहिलेकाहीँ नसोचेको परिदृश्यसमेत देखिन्छ । सत्ता समीकरणको खेलमा आफू अनुकल नेताहरूले जुनसुकै निर्णय गर्छन् । नेपालजस्तो देशमा त झन् धेरैजसो समय राजनीतिमा नसोचेका निर्णय र परिदृश्यहरु देखा पर्ने गरेका छन् । आइतबार त्यस्तै परिदृष्य नेपाली राजनीतिको समीकरणले देखाएको छ ।

पाल्पामा पनि मनाइयो ‘क्रिसमस डे’
सोमबार, पुस ११, २०७९
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा यस समुदायले आइतबार पाल्पासहित देशभर ‘क्रिसमस डे’ विभिन्न कार्यक्रम गरी मनाएका छन् । पाल्पामा रहेका विभिन्न चर्चलेहरु आ–आफ्नै तवरले उक्त पर्व मनाएका हुन् । येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले समस्त नेपालीको कल्याण गरून् भन्ने कामनासहित जिल्लाका चर्चमा प्रार्थना लगायत सामान्य...
.jpg)
बालकोट बैठक : प्रचण्डलाई प्रधानमन्त्री बनाउने, एमालेले राष्ट्रपति लिने
आइतबार, पुस १०, २०७९
बालकोट बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्रीमा माओवादी केन्द्र र राष्ट्रपतिमा नेकपा एमाले हुने सहमति भएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टीको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदै
आइतबार, पुस १०, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी नयाँ सरकार गठनका लागि आह्वान गरेको एक साताको समय आज सकिँदै छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन गर्न राष्ट्रपतिले यही पुस ३ गते एक साताको समय निर्धारण गरी आह्वान गरेकी थिइन् ।

पाँच दशकपछि ‘जग्गाधनी’
आइतबार, पुस १०, २०७९
पाल्पाको रामपुर नगरपालिका किसानबारीका ६६ वर्षीय श्यामप्रसाद उपाध्यायले जग्गाधनी प्रमाणपूर्जाको पर्खाइमा जीवनका तीन दशक बिताए । अव्यवस्थित बसोवासी भए पनि भोग चलन गर्दै गरेको जग्गामा घर बनाए थिए । तर, त्यसरी जीवन चलाउँदा अनेक बाधा थिए । ३१ वर्षपछि उपाध्यायले आफुले प्रयोग गर्दै आएको चार आना जग्गाको लाजपूर्जा पाए ।...

आज देशभर ‘क्रिसमस डे’ मनाइँदै
आइतबार, पुस १०, २०७९
आज देशभरका चर्चमा क्रिसमस पर्वका रुपमा इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । इसाई धर्मावलम्बीहरूको सबैभन्दा ठूलो चाडका रुपमा क्रिसमस डे मनाउन लागिएको हो ।
.jpg)
पुस्तक व्यवसायी महासंघ पाल्पाले मनायो साधारण सभा
शनिबार, पुस ९, २०७९
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पाले १३ औं वार्षिक साधारण सभा मनाएको छ । महासंघले शनिबार तानसेनमा एक औपचारिक कार्यक्रम गरी साधारण सभा मनाएको हो । साधारण सभाको महासंघका केन्द्रीय सदस्य कमलराज तिमिल्सिनाले उद्घाटन गरेका हुन् ।

हल्का वर्षा र हिमपातको सम्भावना
शनिबार, पुस ९, २०७९
पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा बदली गराउनुका साथै पूर्वी भेगका केही स्थानमा हल्का वर्षा तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

‘कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ नेपालमा पुष्टि भएको छैन’
शनिबार, पुस ९, २०७९
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको जोखिम अझै कायम रहेको अवस्थामा छिमेकी मुलुकहरुमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ हालसम्म नेपालमा पुष्टि नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

दुई प्रदेश जोड्ने पुल निर्माण हुँदै
शनिबार, पुस ९, २०७९
गण्डकी प्रदेशको तनहुँ र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने गरी निर्माण सुरु भएको पक्की पुलको कामले गति लिएको छ । तनहुँ र पाल्पा जोड्ने कालीगण्डकी नदीमाथि निर्माण भइरहेको पक्की पुलको काम तीव्र गतिमा अगाडि बढेको हो ।