लुम्बिनी प्रदेशसभा सदस्यले शपथ लिँदै
आइतबार, पुस १७, २०७९

अझै सान्दर्भिक मेलमिलाप नीति तर बिर्सिए नेताले
आइतबार, पुस १७, २०७९
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसलाई नेपाली राजनीतिक कोर्स बदल्ने ऐतिहासिक दिनका रुपमा लिने गरिन्छ । वि.सं. २०३३ पुस १६ गते नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला राष्ट्रिय मेलमिलाप नीति लिएर भारतबाट स्वदेश फर्किएका थिए । सोही दिनलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउने गरिन्छ ।
_copy.jpg)
आज राष्ट्रिय टोपी दिवस मनाइँदै
आइतबार, पुस १७, २०७९
राष्ट्रिय टोपी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पाल्पा सहित देशभर दशौं दिवसका रुपमा हर्सोउल्लासका साथ मनाउन लागिएको हो । मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाईमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउन सुरु...

खुकुरी प्रहारबाट किशोर घाइते
शनिबार, पुस १६, २०७९
गुल्मीमा खुकुरी प्रहारबाट एक किशोर घाइते भएका छन् । यहाँको मदाने गाउँपालिका–६ का १५ वर्षीय सन्तोष कुँवर खुुकुुरी प्रहारबाट घाइते भएका हुन् ।
.jpg)
तानसेनमा ‘होटल करुवा महल’ सञ्चालन
शनिबार, पुस १६, २०७९
पछिल्लो समय तानसेनमा ठूलो लगानीमा सुविधा सम्पन्न होटल खोल्ने क्रम बढेको छ । यहाँका व्यवसायीहरुले तानसेनमा आउने आन्तरिक तथा बाÞय पर्यटकहरुका लागि ठूला लगानीमा होटलहरु सञ्चालन गर्दै आएका छन् । यी नै होटलहरुको भिडमा यहाँ करिब दुई करोड लगानीमा अर्को एउटा नयाँ होटल सञ्चालनमा आएको छ । शुक्रबार सुन्दर नगरी...

रेडक्रसद्वारा प्राथमिक उपचार तालिम
शुक्रबार, पुस १५, २०७९
नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले तानसेनमा तथ्यमा आधारित सामुदायिक स्वास्थ्य तथा आधारभूत प्राथमिक उपचार तालिम सञ्चालन गरेको छ । समुदायमा आधारित स्वास्थ्य तथा प्राथमिक उपचार र आकस्मिक स्वास्थ्य कार्यक्रम अन्तर्गत रेडक्रसले पाँच दिने तालिम सञ्चालन गरेको हो ।

प्रदेशको विविधितालाई सम्पत्तिको रूपमा ग्रहण गरेका छौँ : मुख्यमन्त्री केसी
शुक्रबार, पुस १५, २०७९
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको विविधितालाई सम्पत्तिका रूपमा ग्रहण गरी सरकार अगाडि बढेको बताएका छन् । गुरुङ समुदायको महान् पर्व तमु ल्होसार, २०७९ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले प्रदेशका गुरुङ समुदायको भाषा, धर्म, संस्कृतिको विकास र समृद्धिका लागि प्रदेश सरकारले पहल गर्दै आएको र आगामी दिनमा समेत...

आज ‘पुसे पन्ध्र’ पर्व
शुक्रबार, पुस १५, २०७९
देशभर आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ । विभिन्न समुदायका नागरिकहरुले परम्परा अनुसार नै ‘पुसे पन्ध्र’ पर्व धुमधामका साथ मनाउन लागेका हुन् । हरेक वर्ष पुस १५ का दिन विशेषगरी तरुल, सक्खरखण्ड, फर्सी, पिँडालु लगायतका माटोमुनि उम्रिने चिजलाई उसिनेर खाने चलन छ ।

गुणस्तरीय शिक्षाका लागि माथागढीमा सक्षम कार्यक्रम
शुक्रबार, पुस १५, २०७९
जिल्लाको माथागढी गाउँपालिकाले सक्षम कार्यक्रम सञ्चालन गरेको छ । विद्यालय शिक्षा सुधार अभियानबाट माथागढीको समग्र विकास अगाडि बढाउने उद्देश्यका साथ गाउँपालिकाले बृटिश काउन्सिलको सहयोगमा पालिकाको विद्यालय शिक्षामा चालु आर्थिक वर्षदेखि सक्षम कार्यक्रम लागु गरेको हो ।

गुल्मी अस्पतालमा हाड्जोर्नी विशेषज्ञ सेवा विस्तार
शुक्रबार, पुस १५, २०७९
गुल्मी अस्पतालमा हाड्जोर्नी विशेषज्ञ सेवा विस्तार गरिएको छ । रेसुङ्गा नगर सरकारको पहलमा यहाँ हाडजोर्नी सेवा विस्तार गरिएको हो ।
रेसुङ्गा नगरपालिकाले हाडजोर्नी विशेषज्ञ राख्नका लागि प्रोत्साहन भत्ता उपलब्ध गराउन थालेपछि यहाँ हाड्जोर्नी विशेषज्ञ सेवा विस्तार गरिएको छ । विशेषज्ञ सेवा विस्तार हुन थालेपछि भने सेवाग्राहीलाई सहज भएको छ ।

यस वर्ष धान उत्पादन बढ्यो
शुक्रबार, पुस १५, २०७९
यो वर्ष देशभर धान उत्पादन बढेको छ । गतवर्ष भन्दा यो वर्ष ६ दशमलव ९ प्रतिशतले वृद्धि भएको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार यो वर्ष गत वर्षको तुलनामा ३ लाख ५५ हजार ८ सय ४७ टन बढी धान उत्पादन भएको जनाएको छ ।

फेरि बढ्न थाल्यो कोरोना संक्रमण
बिहीबार, पुस १४, २०७९
नेपालमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ । छिमेकी मुलुकमा संक्रमणमा बढ्दै जान थालेपछि नेपालमा पनि त्यस असर देखा पर्न लागेको हो ।