दुई प्रदेश जोड्ने पुल निर्माण हुँदै
शनिबार, पुस ९, २०७९

स्ववियु निर्वाचन फागुन २८ गते गर्ने त्रिविको तयारी
शनिबार, पुस ९, २०७९
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन २८ गते तयारी गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौवटै सङ्कायका डीन र परीक्षा नियन्त्रकसँगको छलफलमा आगामी फागुन २८ गते नै तय गर्ने गरि त्रिवि अगाडि बढेको बताए ।

कता हराए भँगेरा ?
शनिबार, पुस ९, २०७९
लुम्बिनी सांस्कृतिक नगरपालिकाका पूर्वप्रमुख मनमोहन चौधरी सानो हुँदा उनको घरको प्वालमा भँगेरा गुँड बनाएर बसेको सम्झिन्छन् । करिब दुई सय ५० वर्ष पुरानो उनकोे घरको आँगनमा साना भँगेरा चिरबिर–चिरबिर गर्दै फुरुकफुरुक यताउति उफ्रिँदा उनलाई रमाइलो लाग्थ्यो । सानो छँदा घरको आँगनमा भँगेरासँग खेलेको सम्झिँदै सम्मरीमाई–७ का ७५ वर्षीय झगरु मुरावले...

तिलोत्तमा नगरमा ट्राम रेल शिलान्यास
शनिबार, पुस ९, २०७९
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ट्राम रेलको शिलान्यास गरिएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ रेल यातायातबाट जोड्न ट्राम रेलको शिलान्यास गरिएको हो । उक्त ट्राम रेलको शुक्रबार नगरपालिकाका प्रमुख रामकृष्ण खाणले शिलान्यास गरेका हुन् ।

सुन्तला महोत्सव : खाने र बोकेर दौड्ने प्रतियोगिता
शुक्रबार, पुस ८, २०७९
गुल्मीमा सुन्तला खाने र सुन्तला बोकेर दौड्ने प्रतियोगितासहित ‘छत्रकोट सुन्तला महोत्सव’ गरिएको छ । जिल्लाको छत्रकोट गाउँपालिका–३ लुम्छामा विहीबार सुन्तला महोत्सवको क्रममा उक्त प्रतियोगिता गरिएको हो ।

यस्ता छन् नेपाल पर्यटन दशकका रणनीतिक योजना
शुक्रबार, पुस ८, २०७९
सरकारले पर्यटन क्षेत्रको पुनरुत्थान योजनाअन्तर्गत नेपाल पर्यटन दशक (२०२३–२०३२) को रणनीतिक कार्ययोजना तयार गरेको छ । सो कार्ययोजनामा सन् २०३२ सम्ममा ३५ लाख विदेशी पर्यटक पु¥याउने लक्ष्य लिइएको छ भने सोही अवधिमा पर्यटन क्षेत्रमा थप १० लाख नयाँ रोजगारी सिर्जना गर्ने योजना छ ।

भूतपूर्व सैनिक संघ पाल्पाले गर्याे जनप्रतिनिधिलाई सम्मान
शुक्रबार, पुस ८, २०७९
नेपाली काँग्रेसको शुुभेच्छुक संस्था नेपाल भूतपूर्व सैनिक संघ पाल्पाले स्थानीय तह र प्रदेश सभा सदस्यमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । संघले शुक्रबार तानसेनमा एक औपचारिक कार्यक्रमकाबीच संघमा आवद्ध नवनिर्वाचित तीन जना जनप्रतिनिधिलाई सम्मान गरेको हो ।

एउटै गाउँबाट एक करोडको सुन्तला विक्री
शुक्रबार, पुस ८, २०७९
स्याङ्जाको एउटै गाउँबाट एक करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । वालिङ नगरपालिका वडा ४ सुन्तला बारीबाट यसवर्षमात्रै रु एक करोडभन्दा बढीको सुन्तला विक्री भएको हो । सुन्तलाबारी गाउँका २२ घरधुरीले सुन्तलाको ठेक्का तथा खुद्रा बिक्रीबाट राम्रो आम्दानी गर्न सफल भएको सुन्तलाबारी सामुदायिक ‘होमस्टे’ अन्तर्गत सुन्तला बगैँचा व्यवस्थापन समितिका अध्यक्ष...

प्रतिनिधिसभाका सांसदले लिए शपथ
बिहीबार, पुस ७, २०७९
तिनिधिसभामा नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा बिहीबार आयोजित समारोहमा जेष्ठ सदस्य पशुपति शमशेर जबराले सांसदहरुलाई शपथ खुवाएका हुन् ।

राष्ट्रपति भण्डारी बुटवलमा
बिहीबार, पुस ७, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय औद्योगिक प्रदर्शनी उद्घाटनका लागि आज बुटवल आइपुगेकी छिन् । रुपन्देही उद्योग सङ्घले आयोजना गरेको १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७९ को उद्घाटनका लागि राष्ट्रपति भण्डारी बुटवल आएकी हुन् ।

होमस्टे सञ्चालक भन्छन् ‘अब स्थानीय परिकारलाई प्राथमिकता दिन्छौं’
बिहीबार, पुस ७, २०७९
घरबास (होमस्टे) भन्नासाथै शहरिया परिवेशभन्दा छुट्टै गाउँले परिवेश भन्ने लाग्छ । बजारको कोलाहल तथा आयातित खाद्यान्नको भरमा गाउँले परिवेशलाई बचाइ राख्नका लागि गाउँ–गाउँमा घरबास खोलिएका छन् । विशुद्ध गाउँले जनजीवन, अर्गानिक तथा स्थानीय खानाका परिकार, स्वागत सत्कार गर्ने तौर तरिका यहाँ फरक छन् ।

पाल्पामा सुन्तला कृषकलाई तालिम
बिहीबार, पुस ७, २०७९
जिल्लाका सुन्तला कृषकहरुका लागि तालिम सञ्चालन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना तानसेन पाल्पाले यहाँका सुन्तला कृषकहरुलाई लक्षित गरी तीन दिने तालिम सञ्चालन गरेको हो । सुन्तला जातका फलफूलहरुको उत्पादन बढाई कृषकको आयस्तर बढाउनका लागि तालिम दिन लागिएको सुन्तलता जात फलफूल विकास केन्द्रका प्रमुख बसन्तकुमार श्रेष्ठले बताए ।

काँग्रेस संसदीय दलको नेतामा देउवा
बुधबार, पुस ६, २०७९
काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएका छन् । आज भएको निर्वाचनमा प्रधानमन्त्रीसमेत रहेका देउवाले ६४ मत ल्याएर विजयी भएका हुन् । उनीसँग प्रतिस्पर्धामा रहेका महामन्त्री गगन थापाले २५ मत ल्याए । काँग्रेस संसदीय दलको निर्वाचनमा नवनिर्वाचित ८९ सांसदले मतदान गरेका थिए ।