Shittalpati
ट्रकको ठक्करबाट एकको मृत्यु
ट्रकको ठक्करबाट एकको मृत्यु दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक व्यक्तिको मृत्युु भएको छ । मंगलबार पश्चिमबाट पूर्वतर्फ गइहेको सु. प. प्र ००१ ख २७७९ नम्बरको ट्रकले लमही– भालुवाङ सडक खण्डको भालुवाङमा ठक्कर दिँदा एक जना व्यवसायीको मृत्युु भएको हो ।
खिर खाएर मनाइयो साउने  पन्ध्र
खिर खाएर मनाइयो साउने  पन्ध्र यस वर्षको साउन पन्ध्र  पाल्पासहित देशैभर घर–घरमा खिर खाएर मनाइएको छ । नेपाली समाजमा परापूर्वकालदेखि मनाउँदै आएको सांस्कृतिक पर्व साउन पन्ध्र मंगलबार घर–घरमा खिर खाएर मनाइएको हो ।  
प्रतिनिधिसभा बैठक साउन २० गतेसम्मका लागि स्थगित
प्रतिनिधिसभा बैठक साउन २० गतेसम्मका लागि स्थगित प्रतिनिधिसभा बैठक साउन २० गतेसम्मका लागि स्थगित भएको छ । मंगलबार बसेको बैंठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक साउन २० गते आइतबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको जानकारी गराएका हुन् ।
खिर खाएर साउन पन्ध्र मनाइँदै
खिर खाएर साउन पन्ध्र मनाइँदै आज साउने पन्ध्र पर्व मनाइँदै छ । साउन १५ मा रोपाइँ सकेर खिर खाने चलन छ । किसानहरुले साउन १५ लाई विशेष खिर खाने दिनका रुपमा मनाउने गरेका छन् । पहिले ग्रामीण क्षेत्रमा बढी मनाइने खिर खाने चलन पछिल्लो समय सहरी क्षेत्रमा पनि मनाउने प्रचलन बढ्दो छ । 
आज मानव बेचबिखनविरुद्धको दिवस, अझै रोकिएन मानव बेचबिखन
आज मानव बेचबिखनविरुद्धको दिवस, अझै रोकिएन मानव बेचबिखन अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न यो दिवस मनाउने गरिएको हो ।
आज अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरी मनाइँदै छ । संयुक्त राष्ट्र संघले ३० जुलाईलाई अन्तर्राष्ट्रिय मित्रता दिवसको रूपमा आधिकारिक मान्यता दिएपछि हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।
छुुट्टाछुुट्टै  सवारी दुुर्घटनामा तीन जनाको मृत्यु
छुुट्टाछुुट्टै  सवारी दुुर्घटनामा तीन जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका  छुुट्टाछुुट्टै  सवारी दुुर्घटनामा तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धनकुटा, कञ्चनपुर, मोरङमा भएका छुुट्टाछुुट्टै सवारी दुुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।
देशभर ९२ प्रतिशत रोपाइँ सकियो
देशभर ९२ प्रतिशत रोपाइँ सकियो देशभर ९२ प्रतिशत रोपाइँ सकिएको छ । धान रोपाइँ हुने कुल क्षेत्रफलमध्ये १३ साउनसम्म ९२ दशमलव ४ प्रतिशत रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क उल्लेख छ । मन्त्रालयका अनुसार धान खेती हुने १३ लाख ९८ हजार २ सय ७३ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ९२ हजार २...
महँगीको मारमा उपभोक्ता
महँगीको मारमा उपभोक्ता दैनिक उपभोग्य वस्तुको भाउ बढेको बढ्यै छ । पछिल्लो एक वर्षको बिचमा भाउ नबढेको उपभोग्य वस्तु भेटिँदैन पनि ।
आज विश्व बाघ दिवस मनाइँदै
आज विश्व बाघ दिवस मनाइँदै आज विश्व बाघ दिवस  नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । बाघको संरक्षणार्थ उनीहरूको बास स्थानको संरक्षण, जनचेतना वृद्धि,  संरक्षणका मुद्दाहरूको उठानका साथै बाघ संरक्षणमा भएका प्रयासहरूका विषयमा विभिन्न कार्यक्रम गरी हरेक वर्ष जुलाई २९ तारिख अर्थात् आजको दिन यो दिवस मनाउने गरिएको हो ।
त्रिशूूली दुर्घटना :  बेपत्ता बस र यात्रुु नभेटाई फर्कियो भारतीय टोली
त्रिशूूली दुर्घटना : बेपत्ता बस र यात्रुु नभेटाई फर्कियो भारतीय टोली नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोमा बगेर त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई वटा बस र यात्रुको खोजीका लागि आएको भारतीय उद्धार टोली फर्किएको छ । साउन ५ गते आइतबारदेखि खोजी कार्यमा जुुटेको भारतीय टोली बेपत्ता बस र यात्रुु नभेटाई आइतबार फर्किएको हो ।
रेसुङ्गा विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध
रेसुङ्गा विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध जिल्लाको रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई उडान प्रभावित बनेको छ । वर्षाको समयमा पानी परिरहने र बाक्लो कुहिरो लाग्ने भएकाले असार दोस्रो सातादेखि उडान अवरुद्ध बनेको रेसुङ्गा विमानस्थलका प्रमुख सुमन थापाले जानकारी दिए ।
Weather Update