टिपरको ठक्करबाट मृत्यु : आफन्तद्वारा घोराही–तुलसीपुर सडक अवरुद्ध
आइतबार, साउन २०, २०८१
वालिङमा बसाइँसरी आउनेको तुलनामा जाने तेब्बर
आइतबार, साउन २०, २०८१
पछिल्लो दुई आर्थिक वर्षको तथ्याङ्क अनुसार यहाँको वालिङमा बसाइँ सरी आउनेको तुलनामा जाने तेब्बर देखिएका छन् । व्यक्तिगत घटना दर्ता प्रतिवदेनअनुसार वालिङमा पछिल्ला दुई आवमा एकहजार चार सय १७ जना बसाइँ सरेर गएका छन् भने चार सय ८१ जना बसाइँ सरी आएका छन् ।
ताराले जन्मदिनमा आश्रममा पुगेर गराइन् असहायलाई भोजन
आइतबार, साउन २०, २०८१
पछिल्लो समय नेपाली समाजमा जन्मदिन मनाउने नाममा जथाभावी फजुल खर्च गरी भोजभतेर गर्ने, केक काट्ने प्रचलन बढ्दै गएका बेला पाल्पामा भने एक युवतीले जन्मदिनमा असहायलाई भोजन गराएकी छन् । गुल्मीको मुसिकोट नगरपालिका– ३ धरम्पानीका शिवबहादुर कार्की र कमला कार्कीको सुपुत्री हाल कुमारी बैंक पाल्पा शाखामा कार्यरत तारा कार्कीले आफ्नो २८...
सञ्चारिका समूह पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा डोटेल
शनिबार, साउन १९, २०८१
महिला पत्रकारहरुको साझा संस्था सञ्चारिका समूह नेपाल पाल्पामा नयाँ नेतृत्व चयन भएको छ ।
लुम्बिनीका मन्त्रीहरुको जिम्मेवारी तोकियो, कुन मन्त्रीले के पाए ?
शुक्रबार, साउन १८, २०८१
लुम्बिनी प्रदेशका मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ । विना विभागीय मन्त्रीका रूपमा रहेका आठ मन्त्रीहरुको शपथ लिएको ९ दिनपछि शुक्रबार विभागीय जिम्मेवारी तोकिएको हो ।
कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण
शुक्रबार, साउन १८, २०८१
कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख १४ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको हो ।
अरिगांलले टोकेर गुल्मीमा एकको मृत्यु
शुक्रबार, साउन १८, २०८१
अरिगांलको गोलोमा आगो लगाउनेक्रममा अरिगालले टोक्दा गुल्मीमा एक जनाको मृत्युु भएको छ । रूरूक्षेत्र गाउँपालिका वडा नम्बर – २ ग्वादीको यादुङमा रुखमा रहेको अरिगांलको गोलोमा आगो लगाउने क्रममा सोही गाउँका ३५ वर्षीय हरि कुँवरको मृत्यु भएको हो ।
रामपुर नगरपालिकामा ८७ उजुरी दर्ता भएकोमा ५५ को मेलमिलाप
शुक्रबार, साउन १८, २०८१
जिल्लाको रामपुर नगरपालिकामा आर्थिक वर्ष २०८०/०८१ मा ८७ वटा विवादका उजुरी दर्ता भएकोमा ५५ उजुरीको मेलमिलाप गरिएको छ । नगरपालिकाको न्यायिक समितिले पालिकामा दर्ता हुन आएका उजुरी मध्ये ५५ उजुरी मेलमिलाप गर्न सफल भएको हो ।
प्रदेश प्रमुखले लिए शपथ
बिहीबार, साउन १७, २०८१
तीन प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार शितल निवासमा प्रदेश प्रमुखहरूले शपथ लिएका हुन् ।
पूर्ण स्तनपान गराउँदैनन् धेरै आमा !
बिहीबार, साउन १७, २०८१
स्तनपान गराएमा शरीरको बनोट बिग्रिन्छ भन्ने भ्रमले कतिपय आमाले बच्चालाई स्तनपान गराउँदैनन् । विशेषतः पछिल्लो पुस्ताका पहिलो सन्तान जन्माउने आमाहरु शरीर बिग्रने डरले पूर्ण स्तनपान गराउने मामिलामा उदासीन देखिन्छन् ।
आम्दा अस्पताललाई मेडिकल कलेज बनाउने प्रस्ताव अन्तर्राष्ट्रिय सभामा लैजादै
बुधबार, साउन १६, २०८१
बुटवलमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई मेडिकल कलेज बनाउने प्रस्ताव अन्तर्राष्ट्रिय सभामा लैजाने तयारी भएको छ । आम्दालाई मेडिकल कलेज बनाउनका लागि इन्डोनेशियाको बालीमा हुने आम्दा इन्टरनेशनलको अन्तर्राष्ट्रिय सभामा प्रस्ताव लगिने भएको हो ।
लुम्बिनीमा प्रदेश प्रमुख फेरिएको फेरियै
बुधबार, साउन १६, २०८१
राजनीतिक भागबण्डामा नियुक्त गर्ने र सत्तासमीकरणमा तलमाथि हुने बित्तिकै पहिलो प्रहार प्रदेश प्रमुखमाथि हुने गरेको छ । केन्द्र सरकारको मनलाग्दीले प्रदेश प्रमुखको नियुक्ति र बर्खास्तीको खेलले प्रदेश प्रमुख पदकै गरिमा, महत्व र ओजन घट्दै गएको छ ।
गुल्मीमा गँड्यौली मलको व्यावसायिक उत्पादन सुरु
बुधबार, साउन १६, २०८१
जिल्लामा व्यावसायिक रुपमा गँड्यौली मलको उत्पादन सुरु गरिएको छ । कृषि ज्ञान केन्द्रको सहयोगमा जिल्लाको इस्मा गाउँपालिका र धुर्कोट गाउँपालिकामा प्राङ्गारिक खेतीका लागि उक्त मलको उत्पादन सुरु गरिएको हो ।


