डा. मुकुल ढकालद्वारा निर्वाचन आयोगमा निवेदन
आइतबार, साउन १३, २०८१
पहिराले नहर पुरिँदा पाँच सय हेक्टर जमिन बाँझो
आइतबार, साउन १३, २०८१
पहिराले नहर पुरिँदा स्याङ्जाको चापाकोटमा झण्डै पाँच सय हेक्टर जमिन बाँझो भएको छ । चापाकोट नगरपालिका–४ दार्सिङस्थित ज्याग्दीखोलामा बाँध बाँधेर २७ किलोमिटर टाढाबाट सिँचाइका लागि पानी ल्याइएको नहर पहिराले पुरिँदा खेतीयोग्य जमिन बाँझो रहेको हो ।
दश जनामा हैजा संक्रमण
आइतबार, साउन १३, २०८१
पछिल्लो केही दिन यता देशका विभिन्न जिल्लाहरुमा हैजा संक्रमणका विरामीहरु देखिन थालेका छन् । बर्खा लागेसँगै हैजाका विरामी देखिन थालेका हुन् ।
आज हेपाटाइटिस दिवस मनाइँदै
आइतबार, साउन १३, २०८१
आज विश्व हेपाटाइटिस विरुद्धको दिवस नेपालसहित विश्वभर विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । हेपाटाइटिस बी भाइरस पत्ता लगाएका प्राध्यापक बारुख सामुएल ब्लुमवर्गको जन्मदिन २८ जुलाईमा हरेक वर्ष विश्वभर हेपाटाइटिस दिवस मनाउने गरिन्छ ।
किनासको गुनासो : बाढीले धानवाली बगायो, दूध बिक्री भएन
शनिबार, साउन १२, २०८१
दाङ राप्ती गाउँपालिका–६ पत्थरगढवास्थित मनिराम चौधरीले वर्षातले धानबाली बगाएकामा चिन्ता व्यक्त गरे । स्थानीय खोलामा तटबन्ध नहुँदा यसरी बर्सेनि किसानले लगाएको धान बगाउने गरेको उनले गुनासो गरे ।
चार दिनदेखि कालीगण्डकी करिडोर बन्द
शनिबार, साउन १२, २०८१
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड चार दिनदेखि ठप्प छ । बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडकको ट्रयाक नै बगाउँदा चार दिनदेखि करिडोर ठप्प रहेको छ ।
पाल्पाका उद्योगी–व्यवसायीलाई कर शिक्षा
शनिबार, साउन १२, २०८१
जिल्लाका उद्योगी–व्यवसायीहरुका लागि तानसेनमा कर सम्बन्धी शिक्षा दिइएको छ । उद्योगी व्यवसायीहरुलाई कर शिक्षा र कानुनी व्यवस्थाका बारेमा जानकारी गराउने उद्देश्यले पाल्पा उद्योग वाणिज्य संघको आयोजना र करदाता सेवा कार्यालय पाल्पाको सहयोगमा शुक्रबार कर शिक्षा प्रदान गरिएको हो ।
बेपत्ता पुरुष खोलामा मृत फेला
शुक्रबार, साउन ११, २०८१
जिल्लाको निस्ती खोलाले बगाएर बेपत्ता भएका पुरुष मृत फेला परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका –२ का ३१ वर्षीय बोमबहादुर कार्की मुसिकोट –४ दोभानस्थित छल्दी खोला किनारमा मृत फेला परेका हुन् ।
महिलाको व्यक्ति र नेतृत्व विकासमा पाल्पा जेसिजको अभियान
शुक्रबार, साउन ११, २०८१
पाल्पा जेसिजले सञ्चालन गरेको महिलाहरुको व्यक्तित्व र नेतृत्व विकास एक हप्ते अभियान सकिएको छ । साउन ४ गतेदेखि सञ्चालन भएको जेसिज सप्ताह साताव्यापी कार्यक्रम गरी सकिएको हो ।
केन्द्रको हस्तक्षेपले लुुम्बिनीमा व्यापक असन्तुष्टि
शुक्रबार, साउन ११, २०८१
प्रदेश सरकारहरुले आफ्नो दोस्रो कार्यकाल सुरु गर्दा राजनीतिक स्थिरता कायम हुने र संघीयता कार्यान्वयन प्रभावकारी हुने आम अपेक्षा थियो । तर दोस्रो कार्यकालको यतिका समय वित्दा समेत प्रदेश सरकारहरु अस्थिर देखिएका छन् । केन्द्रमा फेरिएको गठबन्धनको प्रभाव प्रदेशमा समेत सरेको छ ।
गुल्मीमा धान उत्पादनको क्षेत्रफल घट्दै
शुक्रबार, साउन ११, २०८१
जिल्लाका किसानलाई यतिबेला रोपाइँको चटारो छ । असार महिनाको अन्तिम सातामा पानीका मुहान फुटेपछि साउन महिनाको सुरुवातसँगै किसान धमाधम रोपाइँमा लागेका हुन् । यहाँका अधिकांश किसान मकै भित्राएपछि मात्र धान रोप्ने गर्दछन् ।
सिद्धार्थ राजमार्गको हिउँदे खोला सडक एकतर्फी सञ्चालनमा
बिहीबार, साउन १०, २०८१
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलामा सडक भासिएपछि रातमा ११ घण्टा बन्द रहेको सडक एकतर्फी सञ्चालनमा आएको छ ।
सौर्य एयर दुर्घटना : पहिचान भएपछि मात्र शव हस्तान्तरण गरिने
बिहीबार, साउन १०, २०८१
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचान भएपछि मात्र हस्तान्तरण गरिने भएको छ । कतिपय शवहरु जलेर पहिचान गर्न कठिन भएकाले डिएनए परीक्षणसमेत गर्नुपर्ने सम्भावना रहेको हुँदा प्रक्रिया पूरा भएपछिमात्र क्रमशः हस्तान्तरण हुने जनाएको छ ।


