Shittalpati
आज साँझदेखि हिमपात र वर्षाको सम्भावना
आज साँझदेखि हिमपात र वर्षाको सम्भावना आज शुक्रबार साँझदेखि देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने भएको छ ।
चिसोबाट जोगिन प्राधिकरणको अनुरोध
चिसोबाट जोगिन प्राधिकरणको अनुरोध राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अपराह्नदेखि देशको मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभागबाट प्राप्त भएको जनाउँदै सावधानी अपनाउन अनुरोध गरेको छ । 
छत्रकोटमा जिपलाइन सञ्चालन हुँदै
छत्रकोटमा जिपलाइन सञ्चालन हुँदै जिल्लाको छत्रकोट गाउँपालिकामा जिपलाइन सञ्चालन हुने भएको छ । गाउँपालिका–३ स्थित देवालय मन्दिरबाट देवीभगवती मन्दिरसम्म पुग्नेगरी जिपलाइन निर्माण गरिएको हो । 
ब्याज अनुदान कार्यक्रमबाट ९७ जना युवा लाभान्वित
ब्याज अनुदान कार्यक्रमबाट ९७ जना युवा लाभान्वित युवा स्वरोजगार कार्यक्रममार्फत युवाले विभिन्न व्यवसाय गरेर आत्मनिर्भर बन्दै गएका छन् । रामपुर नगरपालिकाले विदेश गएर फर्केका र विदेश जान लागेका युवालाई लक्षित गरी युवा स्वरोजगार कार्यक्रममार्फत ब्याज अनुदान कार्यक्रम सञ्चालन गरिरहेको छ । 
नेपाल स्वास्थ्य सम्मेलन सुरु
नेपाल स्वास्थ्य सम्मेलन सुरु स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा नेपाल स्वास्थ्य सम्मेलन यहाँ सुरु भएको छ ।
पाल्पामा पनि मनाइयो ‘क्रिसमस डे’
पाल्पामा पनि मनाइयो ‘क्रिसमस डे’ इसाई धर्मावलम्बीले बुधबार (२५ डिसेम्बर) धुमधामका साथ क्रिसमस मनाएका छन् । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा यस समुदायले पाल्पासहित देशभर ‘क्रिसमस डे’ विभिन्न कार्यक्रम गरी मनाएका हुुन् ।
सिद्धबाबा सुरुङमार्ग : तीनवटै बाइपासको ‘ब्रेक थ्रु’
सिद्धबाबा सुरुङमार्ग : तीनवटै बाइपासको ‘ब्रेक थ्रु’ राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको तीनवटै बाइपास सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । कुल तीन वटा वाइपास रहेकोमा तीनवटैको ‘ब्रेक थ्रु’ भएको हो ।
पूर्वमन्त्री शर्माद्वारा देश विकासका पक्षमा कलम चलाउन सञ्चारकर्मीसँग आग्रह
पूर्वमन्त्री शर्माद्वारा देश विकासका पक्षमा कलम चलाउन सञ्चारकर्मीसँग आग्रह पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक स्थायित्व र देश विकासका पक्षमा कलम चलाउन सञ्चारकर्मीसंग आग्रह गरीन् । 
व्यावसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी
व्यावसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी रामपुर नगरपालिका–५ सानीअमराईका पुरुषोत्तम ढुङ्गानाले पशुपालन व्यवसायबाट वार्षिक रु १२ लाख आम्दानी गर्दै आएका छन् । उनले गाउँमा कृषिकर्मबाट स्वरोजगार बन्ने लक्ष्यसहित दुई वर्ष अघि व्यावसायिक गाईपालन सुरु गरेका हुन् । 
मिर्मिमा टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
मिर्मिमा टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते स्याङजाको कालीगण्डकी गाउँपालिका–३ विर्घा–मिर्मी भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आलमबाट बिर्घातर्फ जाँदै गरेको लु ४ त ७८३१ नम्बरको टयाक्टर दुर्घटना हुँदा बारा–गढीमाई नगरपालिका – ११ का २२ वर्षीय सब्दुल अन्सारीको मृत्यु भएको हो ।
पाल्पाको रामपुरमा धमाधम सडक स्तरोन्नति हुँदै
पाल्पाको रामपुरमा धमाधम सडक स्तरोन्नति हुँदै रामपुरलाई नमूना सहरका रूपमा विकास गर्ने उद्देश्यले नगरपालिका क्षेत्रमा सडक स्तरोन्नतिको काम धमाधम भइरहेको छ । ग्रामीण विकास तथा साना सहरी पूर्वाधार आयोजनाअन्तर्गतको रामपुर नगरपालिका वडा नं ५ र ६ मा पर्ने सहायक सडकको स्तरोन्नति थालिएको हो । लुम्बिनी प्रदेश सरकार, सहरी विकास मन्त्रालयमार्फत नौ किलोमिटर सडक स्तरोन्नति हुनेछ ।
Weather Update