नेपालमा पनि विश्व हाँसो दिवस मनाइँदै
आइतबार, वैशाख २१, २०८२
भोलीदेखि कक्षा १२ को परीक्षा, ५ लाख बढी विद्यार्थी सहभागी हुँदै
शनिबार, वैशाख २०, २०८२
भोली आइतबारदेखि देशभरका परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा सञ्चालन हुँदै छ । जेठ २ सम्म गतेसम्म सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
शनिबार, वैशाख २०, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । संवैधानिक व्यवस्थामा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम संसद्मा पेस गर्ने व्यवस्थाअनुसार उनले शुक्रबार व्यवस्थापिका संसदबाट नीति तथा कार्यक्रम पेश गरेका हुन् ।
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
शनिबार, वैशाख २०, २०८२
नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धनमा जोड दिँदै नेपालका पत्रकारहरूले यो दिवस मनाउँदैछन् । सन् १९९३ को संयुक्त राष्ट्रसङ्घको साधारण सभाले अनुमोदन गरेपछि यो दिन संसारभरि प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।
बगनासकालीमा भूमि समस्या समाधानका लागि छलफल
शनिबार, वैशाख २०, २०८२
जिल्लाको बगनासकाली गाउँपालिकामा भूमि समस्या समाधानका विषयमा छलफल तथा अन्तक्र्रिया कार्यक्रम भएको छ । भूमि समस्या समाधान आयोग पाल्पाले गाउँपालिकाको कार्यालयमा छलफल तथा अन्तक्र्रिया कार्यक्रम गरेको हो ।
शीत कल्प कृति ‘प्रकृति’
शनिबार, वैशाख २०, २०८२
नेपाली वाङ्मयमा सर्वाधिक लोकप्रिय कविता काव्य विधामा समकालीन सर्जकहरूले विभिन्न उपविधाहरूको परिकल्पना र प्रयोग गर्दै आइरहेका छन् । यसै परिप्रेक्ष्यमा लघुतम् काव्यको क्षेत्रमा नवीनतम् योगदान पुर्याउने उद्देश्यका साथ काव्य उपविधाको रुपमा ‘शीत’ को परिकल्पना प्रस्तावना गरिएको हो ।
त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियुको भित्तेपात्रो विमोचन
शुक्रबार, वैशाख १९, २०८२
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले नयाँ वर्षको भित्तेपात्रो विमोचन गरेको छ । स्ववियुले शुक्रबार एक औपचारिक कार्यक्रमकाबिच २०८२ सालको भित्तेपात्रो विमोचन गरेको हो ।
मजदुरले थाहा नपाएको ‘श्रमिक दिवस’
शुक्रबार, वैशाख १९, २०८२
देशभर १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे १ मा सरकारले सार्वजनिक बिदा दिएको थियो । दिवस श्रमिक आन्दोलनबाट प्राप्त उपलब्धिको समीक्षा गर्ने, श्रमिकले भोगिरहेका समस्या उजागर गर्ने, थप अधिकारका लागि अगाडि बढ्ने, श्रमिक वर्गका बीचमा शुभकामना आदान –प्रदान गर्ने दिन हो ।
रामपुरका महिलालाई उद्यम विकास तालिम
शुक्रबार, वैशाख १९, २०८२
जिल्लाको रामपुरका महिलाहरुलाई उद्यम विकास तालिम प्रदान गरिएको छ । नगरपालिकाले यहाँका महिलाहरुलाई उद्यमशील बनाउने उद्देश्यले तालिम प्रदान गरेको हो ।
पाल्पाका पत्रकारहरुको स्वास्थ्य परीक्षण
बिहीबार, वैशाख १८, २०८२
जिल्लाका पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल पत्रकार महासंघको ७० औं स्थापना दिवसको अवसरमा विहीबार नसर्ने रोगहरुको निःशूल्क स्वास्थ्य परीक्षण गरिएको हो ।
चन्द्रकोटमा आँखा शिविर : ३६ जनाको मोतियाबिन्दुको सफल शल्यक्रिया
बिहीबार, वैशाख १८, २०८२
जिल्लाको चन्द्रकोट गाउँपालिकामा ३६ जनाको मोतियाविन्दुको सफल शल्यक्रिया गरिएको छ । गाउँपालिकाको आयोजनामा शान्तिपुरमा भएको बृहत् आँखा उपचार तथा शल्यक्रिया शिविरमा १ सय ३० जनाले सेवा लिएकोमा ३६ जनाको सफल शल्यक्रिया गरिएको हो ।
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
बिहीबार, वैशाख १८, २०८२
आज मे १ तारिख अन्तर्राष्ट्रिय श्रमिक दिवस । नेपालंसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । श्रमिकले मे १ लाई विशेष पर्वकारुपमा मनाउँदै आएका छन् । श्रमिकको हकअधिकारको सुनिश्चितताका लागि दवाब दिने उद्देश्यले हरेक वर्ष श्रमिक दिवस मनाइँदै आइएको छ । नेपालमा वि. सं २००७ सालदेखि श्रमिक दिवस मनाउन थालिएको...
रेशम चौधरी थुनामुक्त
बुधबार, वैशाख १७, २०८२
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले डिल्ली बजार कारागारलाई तुरुन्त थुनामुक्त गर्न पत्र पठाएपछि चौधरी रिहा भएका हुन ।


