Shittalpati
पाल्पामा ११ महिनामा ६८ फरार प्रतिवादी पक्राउ
पाल्पामा ११ महिनामा ६८ फरार प्रतिवादी पक्राउ विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ६८ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले ११ महिनामा विभिन्न अपराध गरी लामो समयसम्म फरार रहेका ६८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
लुम्बिनी प्रदेशसभा : ‘अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ विधेयक पेस
लुम्बिनी प्रदेशसभा : ‘अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ विधेयक पेस लुम्बिनी प्रदेशसभाको पाँचौं अधिवेशनको सोमबारको चौथौ बैठकमा लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न  बनेको विधेयक पेस भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बैंठकमा विधेयक पेस गरेका हुन् । 
आले हत्याको अभियुक्त साढे दुई वर्षपछि पक्राउ
आले हत्याको अभियुक्त साढे दुई वर्षपछि पक्राउ पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिका–५ की ७८ वर्षीया भूम कुमारी आले हत्याको अभियुुक्त साढे दुुई वर्षपछि पक्राउ परेकी छन् । आलेको हत्या गरेको आरोपमा सोही ठाउँकी ५४ वर्षीया नीरा कुमारी लम्तरी पक्राउ परेकी हुन् ।
दुर्घटना न्यूनीकरणका लागि चालकको स्वास्थ्य परीक्षण
दुर्घटना न्यूनीकरणका लागि चालकको स्वास्थ्य परीक्षण नेपाल प्रहरीअन्तर्गत ट्राफिक प्रहरीले सार्वजनिक सवारीका चालक तथा कर्मचारीको स्वास्थ्य अवस्था परीक्षण गराउने अभियान थालेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले यस वर्ष लुम्बिनी प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा दुई सय सात जना चालक तथा कर्मचारीको स्वास्थ्य परीक्षण गरेको जनाएको छ । 
निगमका दुई जहाज ‘ग्राउन्डेड’ : गुल्मीको हवाई सेवा एक महिनादेखि बन्द
निगमका दुई जहाज ‘ग्राउन्डेड’ : गुल्मीको हवाई सेवा एक महिनादेखि बन्द यहाँस्थित रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई सेवा बन्द भएको छ । नेपाल वायु सेवा निगम (नेपाल एयरलायन्स) सँग भएका दुईवटा ट्विनअटर जहाज ग्राउन्डेड भएपछि एक महिनादेखि जिल्लामा हवाई सेवा बन्द भएको हो ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूकुम पश्चिम, धनुषा र कैलालीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।
लामिछानेविरुद्ध रुपन्देही अदालतमा मुद्दा दर्ता
लामिछानेविरुद्ध रुपन्देही अदालतमा मुद्दा दर्ता सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्धक रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको छ । सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले आइतबार मुद्दा दर्ता गरेको हो ।
ओझेलमा सिद्धे चमेरे गुफा
ओझेलमा सिद्धे चमेरे गुफा तुलसीपुर उपमहानगरपालिका–४ मूलकोटमा अवस्थित सिद्धे चमेरे गुफा प्रचारप्रसार तथा बाटोको असुविधाका कारण ओझेलमा परेको छ । जिल्लाकै पर्यटकको राम्रो सम्भावना बोकेको भएर पनि धेरैलाई जानकारी नहुँदा अवलोकनका लागि न्यून सङ्ख्यामा पर्यटक जाने गर्दछन् ।
भार्सेका किसान व्यावसायिक किबीखेतीमा
भार्सेका किसान व्यावसायिक किबीखेतीमा गुल्मीमा व्यावसायिक किबीखेतीमा किसानको आकर्षण बढ्दै गएको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ अन्तर्गत भार्सेका किसानले किबी बिक्री गरेर वार्षिक ८० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् । २०६५ सालदेखि किबी लगाउन थालेका त्यहाँ किसानको बारी यतिबेला किबीका लहराले ढपक्कै ढाकेको छ ।
पाल्पामा बढ्दो साइबर अपराध           
पाल्पामा बढ्दो साइबर अपराध           इन्टरनेटको पहुँच बढेसँगै पाल्पामा पनि साइबर अपराधको दर बढ्दो छ । विद्युतीय माध्यमको दुरुपयोगबाट हुने अपराधको ग्राफ बढ्दै गएको जिल्ला प्रहरी कार्यालयमा पर्ने उजुरीले देखाएको हो ।
पाल्पाको वसन्तपुरमा नेपाल–भारत सीमा सुरक्षा बैंठक
पाल्पाको वसन्तपुरमा नेपाल–भारत सीमा सुरक्षा बैंठक पाल्पाको तिनाउँ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा नेपाल–भारत सीमा सुरक्षा बैठक भएको छ । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलवीचको डिआईजी स्तरीय समन्वयात्मक बैठक भएको हो ।
Weather Update