Shittalpati
असक्त महिलालाई  कुखुरा वितरण
असक्त महिलालाई  कुखुरा वितरण घोराही उपमहानगरपालिका–८ की मीता चौधरी एकल महिला हुन्  । उनको चार जनाको परिवार छ । श्रीमान्को मृत्यु भएको १५ वर्ष भयो । आर्थिक अवस्था कमजोर भएकाले ज्याला, मजदुरी गरेर छोराछोरीलाई हुर्काएको उनले बताईन् । घोराही उपमहानगरपालिका कृषि तथा पशु व्यावसाय प्रबन्धन शाखाले एकल तथा असक्त महिलालाई कुखुरा वितरण गरेपछि उनि...
रामपुरमा एच.पि.भी खोप सम्बन्धी अभिमुखिकरण
रामपुरमा एच.पि.भी खोप सम्बन्धी अभिमुखिकरण जिल्लाको रामपुरमा पाठेघरको मुखको क्यान्सरविरुद्धको Þयुमन प्यापिलोमा भाइरस (एचपिभी) खोप सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ । नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा  कार्यक्रम भएको हो ।
आज नर्सिङ दिवस मनाइँदै
आज नर्सिङ दिवस मनाइँदै आज देशभर नेपाल नर्सिङ दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइँदै छ । नर्सहरुको पेशागत हकहित र सुरक्षाका लागि भन्दै वि.सं २०१८ माघ १५ गते आजकै दिन नेपाल नर्सिङ संघको स्थापना भएको थियो । नर्सिङ संघको स्थापनाको दिन पारेर हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाउँदै आइएको छ ।
द्वन्द्व निरुपणको कार्य सरकारको प्राथमिकतामा स् मुख्यमन्त्री आचार्य
द्वन्द्व निरुपणको कार्य सरकारको प्राथमिकतामा स् मुख्यमन्त्री आचार्य लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले द्वन्द्व निरुपणको कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । अमर प्रहरी परिवार र असक्त प्रहरी सङ्घ लुम्बिनी प्रदेश समितिसँग आज छलफल गर्दै उनले सङ्घीय सरकारले द्वन्द्व परिपुरणको कामलाई अघि बढाउन तथा प्रदेश सरकारले द्वन्द्वपीडितको उपचार र उद्यमशीलतालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिरहेको बताए । 
मर्चवार क्षेत्रको  ‘सवस्टेसन’   निर्माण तीव्र
मर्चवार क्षेत्रको  ‘सवस्टेसन’   निर्माण तीव्र रूपन्देहीको मर्चवार क्षेत्रमा निर्माण भइरहेको विद्युत् ‘सवस्टेसन’ को काम ४० प्रतिशत पूरा भएको छ । तीन पालिकालाई लक्षित गरी निर्माण भइरहेको मर्चवारस्थित महदेई सवस्टेसनको निर्माण सम्पन्न भएपछि क्षेत्रको विद्युत् समस्यामा स्थायी सुधार आउने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
ग्रामीण कृषिः ‘लिफ्ट’ सिँचाइले  फेरियो मेटेराको मुहार
ग्रामीण कृषिः ‘लिफ्ट’ सिँचाइले  फेरियो मेटेराको मुहार तुलसीपुर उपमहानगरपालिका– १४  मटेराका ५२ वर्षीय पुर्णबहादुर चौधरी खेती किसानीमा व्यवसायमा संलग्न छन् । उनले तोरी , चना , केराउ खेतीबाट प्रशस्त आम्दानी गर्नुभएको छ । लिफ्ट सिँचाइले  उनि सफल किसान बनेका हुन् । 
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप, तयारी प्रायः पूरा
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप, तयारी प्रायः पूरा दाङको राप्ती गाउँपालिकाले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतका अनुसार पालिकाभित्रका दुई हजार आठ सय १२ जना किशोरीलाई खोप लगाउन सम्पूर्ण तयारी अन्तिम चराण्मा पुगेको छ । सामुदायिक र संस्थागत विद्यालयका दुई हजार सात सय १६ र विद्यालय बाहिर रहेका...
पाल्पामा १० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
पाल्पामा १० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै जिल्लामा १० हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एच.भि.पि ) खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लाका दश स्थानीय तहमा रहेका २ सय ४ वटा सामुदायिक र ३१ वटा संस्थागत विद्यालयका १० हजार ४ सय ५८ जना किशोरीलाई खोप लगाइने भएको हो ।
सिद्धबाबामा ‘लघु सङ्ग्रहालय’ स्थापना
सिद्धबाबामा ‘लघु सङ्ग्रहालय’ स्थापना जिल्लाको रेसुङ्गा नगरपालिका–८ मा रहेको सिद्धबाबा माध्यमिक विद्यालयले विद्यार्थीलाई प्रयोगात्मक शिक्षा दिने उद्देश्यले लघु सङ्ग्रहालय स्थापना गरेको हो । विद्यार्थीलाई पढाइसँगै प्राचीन समयमा प्रयोग भएका सामग्रीको जानकारी दिने र प्रयोगात्मक अभ्यास गराउने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको हो । 
बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज
बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज यतिबेला  घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम घाँसले ढाकेको छ । यहाँका किसानले बर्सिम घाँसखेती गरेर पशुपालनमा सहज भएको बताएका छन् । किसान नगदेबालीका रुपमा घाँसखेती गर्न थालेका छन् । 
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका  छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार म्याग्दी, सुर्खेत, काठमाडौं र जाजरकोटमा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको हो ।
जुवातास खेलिरहेको अवस्थामा १३ जुवाडे पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १३ जुवाडे पक्राउ देशका विभिन्न ठाउँहरुमा जुवातास खेलिरहेको अवस्थामा १३ जना जुवाडे पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार दाङ र  झापामा १३ जना  जुवाडे पक्राउ परेका हुन् ।
Weather Update