भूपू सैनिक संघ पाल्पाको पाँचौ साधारण सभा
आइतबार, कात्तिक २७, २०७९

झाँक्रीले अगुल्टो मुखमा झोस्दा युवा गम्भीर घाइते
शनिबार, कात्तिक २६, २०७९
नवलपरासीपूर्वको कावासोती नगरपालिका–१ कोइलापानीमा उपचारको बाहानामा झाँक्रीले अगुल्टोले मुखमा झोस्दा एक युवा गम्भीर घाइते भएका छन् ।

पहिलो पटक भोट हाल्दै कैदीबन्दी, पाल्पा कारागारमा ६३ मतदाता
शनिबार, कात्तिक २६, २०७९
कारागारमा रहेका कैदीबन्दीहरुले यस पटक मतदान गर्न पाउने भएका छन् । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कारागारमा रहेका कैदीबन्दीले समानुपातिकतर्फ मात्रै मतदान गर्न पाउने भएका हुुन् ।

चितुवाको आक्रमणबाट तीन घाइते
शुक्रबार, कात्तिक २५, २०७९
चितुवाको आक्रमणबाट स्याङ्जामा तीन जना घाइते भएका छन् । वालिङ नगरपालिका–१४ कफ्लेटीमा चितुवाको आक्रमणबाट शुक्रबार बिहान ९ः१५ बजेको समयमा दुई महिला र एक पुरुष घाइते भएका हुन् ।

गुल्मीको दिगाममा सधैंको समस्या : सडक, बिजुली र खानेपानी
शुक्रबार, कात्तिक २५, २०७९
गुल्मीको छत्रकोट गाउँपालिका–४ दिगामका मुक्तिराम न्यौपाने अहिले ७६ वर्ष पुगे । उनी दिगामको बोखरमा आएर नेताले गर्ने प्रत्येक भाषणको साक्षी छन् । विसं २०४८ देखि प्रत्येक उम्मेदवारको भाषण सुनेका उनी यसपटक पनि बोखरमा भाषण सुन्न गए । उनले त्यहाँ कुनै नयाँ कुरा सुनेन्, नेताहरूको उही पुरानै भाषणले उनलाई वाक्क लाग्यो ...

सुदूरपश्चिममा भूकम्पः डोटीमा छ जनाको मृत्यु
बुधबार, कात्तिक २३, २०७९
डोटी केन्द्रविन्दु भएर मङ्गलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा छ जनाको मृत्यु भएको छ भने अरु पाँच जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । मङ्गगलबार मध्यरात २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका...

पाल्पामा बदर मत घटाउने प्रयास, ठाउँ–ठाउँमा ‘नमुना मतदान’
बुधबार, कात्तिक २३, २०७९
पाल्पामा आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा बदर मत संख्या कम गर्ने प्रयास गरिएको छ । यहाँका अघिल्ला निर्वाचनमा उल्लेख्य संख्यामा मत बदर भएपछि ‘बदर मत संख्या कम गर्न’ भन्दै जिल्लाभर ‘नमुुना मतदान’ भइरहेको छ । सकेसम्म कम संख्यामा बदर मत घटाउने नीति निर्वाचन आयोगले लिएको छ । सोही अनुसार पाल्पामा...

‘व्यवस्था बदलियो, विकासको अनुभूति भएन’
बुधबार, कात्तिक २३, २०७९
रामपुर नगरपालिका ६ किसानटोल बस्ने ७७ वर्षीय जयनारायण न्यौपानेले आफ्नो जीवनमा धेरै पटक मतदान गरे । चुनाव आएका बखत अब त देशले गति लिन्छ कि भन्ने आशै आशले मतदान गर्दै आए पनि आफूले दिएको मतको कदर नभएकोमा उनी गुनासो गर्छन् ।

सकियो पाल्पाको सत्यवती मेला
बुधबार, कात्तिक २३, २०७९
पाल्पाको तिनाउ गाउँपालिका–४, कोलडाँडामा रहेको धार्मिक पर्यटकीयस्थल सत्यवती तालमा लाग्ने अनौठो मेला मंगलदेखि सकिएको छ । गत शुक्रबारदेखि लागेको सत्यवती मेला सकिएको हो । मेलामा यस वर्ष श्रद्धालु भिड लागेको थियो । कोभिड र जोग नपर्दा विगतका तीन वर्ष मेला हुन नसकेकाले यस वर्ष श्रद्धालुहरुको भिड अत्याधिक बढेको वडा अध्यक्ष...

परिचय खुल्ने आधिकारिक कागजातका आधारमा मतदान गर्न पाइने
मंगलबार, कात्तिक २२, २०७९
निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी मतदाता परिचयपत्रका साथै परिचय खुल्ने अन्य आधिकारिक कागजातका आधारमा मतदान गर्न पाउने निर्णय गरेको छ ।

निर्वाचनको माहौल बनाउन उद्योगी,व्यवसायीलाई आग्रह
मंगलबार, कात्तिक २२, २०७९
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निजी क्षेत्रका उद्योगी/व्यवसायीलाई मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको माहौल बनाउन आग्रह गरेका छन् । निजी क्षेत्रका नेतृत्वदायी सङ्गठन तथा व्यक्ति सहभागी ‘निजी क्षेत्रसँग अन्तक्र्रिया’ विषयक आज आयोगमा आयोजित कार्यक्रममा प्रमुख आयुक्त थपलियाले ‘व्यवसायिक सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत आफ्नो सूचना सम्प्रेषण संयन्त्रमार्फत...

पाल्पामा कृषि र वन क्षेत्रको बजेट १० करोड ८ लाख
मंगलबार, कात्तिक २२, २०७९
पाल्पामा कृषि र वनको क्षेत्रमा झण्डै १० करोड ८ लाख बजेट छुुट्याइएको छ । यहाँ कृषि र वन क्षेत्रमा काम गर्दै आएका सरकारी निकायहरुले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि १० करोड ७ लाख ९६ हजार बराबरको बजेट छट्याएका हुन् । कृषि ज्ञान केन्द्र र डिभिजन वन कार्यालय पाल्पाले सोमबार...

मोटरबाटो पुर्याउने आश्वासन मात्र
सोमबार, कात्तिक २१, २०७९
गुल्मीको मालिका गाउँपालिका–१ लिलिङका मदनबहादुर घर्तीमगर ७० वर्ष पुगे । उनी आगामी मङ्सिर ४ मा हुने आम निर्वाचनमा मतदान गर्दै छन् । उनी आफैले मतदान गरेर अहिलेसम्म ६ सांसद चुनिए । तर आफ्नो गाउँमा मोटर गुडेको देख्ने उनको चाहना कहिल्यै पूरा हुन सकेन । जिल्ला सदरमुकामभन्दा पालिकाको केन्द्रमा जान बढी...