पाल्पामा निर्वाचनको तयारी तीव्र, मतपत्र प्याकिङको काम सकियो
सोमबार, कात्तिक २१, २०७९

तानसेनको बसाइसराई रोक्न एकीकृत बस्ती निर्माण गर्छौं : पाण्डेय
आइतबार, कात्तिक २०, २०७९
वाम–लोकतान्त्रिक गठबन्धन पाल्पा क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार सोम प्रसाद पाण्डेयले बसाइसराई रोक्न एकिकृत बस्ती निर्माण गर्ने बताएका छन् । आइतबार तानसेनको धरमपानी, सेतीपोखरी, ढुंगाखानी लगायतका क्षेत्रमा घरदैलो पछिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले बसाइसराईलाई रोक्न तानसेनको ढुंगाखानी, सेतीपोखरी क्षेत्रमा एकिकृत बस्ती विकास गर्ने बताएका हुन् । पछिल्लो समय...

जनताले नयाँ अनुहार खोजिरहेका छन् : गैरे
आइतबार, कात्तिक २०, २०७९
नेकपा एमाले पाल्पा क्षेत्र नम्बर २ का उम्मेदवार ठाकुर गैरेले जनताले नयाँ अनुहार खोजेको बताएका छन् । तानसेन नगरपालिकाका अन्र्तगतको बजार क्षेत्र भगवतीटोल, बसन्तपुर र कैलाशनगरमा आइतबार भएको घरदैलो कार्यक्रमलार्य सम्बोधन गर्दै उनले मतदाताहरुले आफूप्रति देखाएको सद्भावले नयाँ अनुहार खोजेको महसुस भएको बताएका हुन् ।

ब्याजदर वृद्धिले पलायन हुने अवस्था आएको भन्दै उद्योगी, व्यवसायी विरोधमा
आइतबार, कात्तिक २०, २०७९
देशभरका उद्योगी, व्यवसायीहरु व्याजदर वृद्धिको विरोधमा उत्रिएका छन् । राष्ट्र बैंकले ब्याजदर अस्वाभाविक रूपमा वृद्धि गरेको भन्दै उनीहरु विरोधमा उत्रिएका हुन् । राष्ट्र बैंक र बैंकहरुका नीतिका कारण आफूहरु मारमा परेको भन्दै उद्योगी, व्यवसायी बैंक तथा वित्तीय संस्थाप्रति रुष्ट देखिएका छन् । उनीहरुले अहिले ब्याजदर घटाउनका लागि सरकार र राष्ट्र...

नगर प्रमुख निस्किए सडक पेटिका सामान उठाउन
शनिबार, कात्तिक १९, २०७९
जिल्लाको रामपुरमा सडकमा अव्यवस्थित रुपमा राखिएका निर्माण सामग्रीहरु हटाउन नगर सरकारका प्रमुुख रमणबहादुर थापा आफै निस्किएका छन् । यहाँ पटक–पटक सडक मिचेर राखिएका निर्माण सामग्री हटाउन भने पनि नहटाइएपछि नगर प्रमुख आफैले अव्यवस्थित सामग्रीहरु हटाउन थालेका हुन् ।

तानसेनलाई हरित र सफा शहरको रुपमा विकास गरिने
शनिबार, कात्तिक १९, २०७९
तानसेन नगरपालिकाले नेपाल नगरपालिका संघसँग मिलेर खानेपानी सरसफाई क्षेत्रमा सुसासन, सुदृढिकरण कार्यक्रम लागु गर्ने भएको छ ।
नेपाल नगरपालिका संघसँग भएको अन्तक्र्रिया तथा छलफल कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेन नगरपालिकालाई पाँच वर्ष भित्र ग्रिन शहर, स्वच्छ, सफा शहरको रुपमा परिचित गराउने बताए ।

निर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न
शुक्रबार, कात्तिक १८, २०७९
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न भएको छ । निर्वाचन आयोगले प्रत्येक मतदाताले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि चार करोड र समानुपातिक निर्वाचन प्रणालीका लागि चार करोड गरी करिब आठ करोड मतपत्र छपाइ गरेको छ ।

रामपुरमा नगर प्रमुख नै निस्किए सडक पेटिमा राखिएका सामान उठाउन
शुक्रबार, कात्तिक १८, २०७९
जिल्लाको रामपुरमा सडकमा अव्यवस्थित रुपमा राखिएका निर्माण सामग्रीहरु हटाउन नगर सरकारका प्रमुुख रमणबहादुर थापा आफै निस्किएका छन् । यहाँ पटक–पटक सडक मिचेर राखिएका निर्माण सामग्री हटाउन भने पनि नहटाइएपछि नगर प्रमुख आफैले अव्यवस्थित सामग्रीहरु हटाउन थालेका हुन् ।

सुुरू भयो सत्यवतीमा अनौठो मेला, ‘सत्यवती बज्यै’सँग चिच्याएर मागिदै वर
शुक्रबार, कात्तिक १८, २०७९
प्रायः मन्दिरमा भगवानसँग मनमनै वर तथा आर्शिवाद माग्ने गरिन्छ । हिन्दु धर्ममा मनमनै ‘वर’ माग्नु नौलो होइन । तर पाल्पाको तिनाउ गाउँपालिका –४ कोलडाँडास्थित सत्यवती ताल र माईको मन्दिरमा भने सबैले सुन्ने गरी चिच्याएर ‘वर’ माग्ने चलन छ । ताल र मन्दिरको वरपर तीनपटक घुमेर सार्वजनिक रूपमै चिच्चाएर ‘सत्यवती बज्यै’...

आज हरिबोधिनी एकादशी
शुक्रबार, कात्तिक १८, २०७९
आज औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिएको हो ।

गुल्मीका स्थानीय तहमा सार्वजनिक विदा
शुक्रबार, कात्तिक १८, २०७९
आज जिल्लाका केही स्थानीय तहमा सार्वजनिक विदा दिइएको छ । हरिबोधनी एकादशीको अवरसमा यहाँका तीन स्थानीय तहमा सार्वजनिक विदा दिइएको हो । रेसुङ्गा नगरपालिका, गुल्मीदरबार र इस्मा गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

पाल्पा लायन्स क्लवको पदस्थापना
शुक्रबार, कात्तिक १८, २०७९
जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशिल रहेको पाल्पा लायन्स क्लबको पदस्थापना गरिएको छ । तानसेनमा एक औपचारिक कार्यक्रमका बिच वर्ष ०२२/२३ को पदस्थापना गरिएको हो ।

पाल्पामा मतदाता शिक्षा सिकाउँदै गठबन्धन दल
बिहीबार, कात्तिक १७, २०७९
पाल्पामा वाम–लोकतान्त्रिक गठबन्धन दल आफैँले मतदाता शिक्षा दिन थालेको छ । बदर मतको संख्या कम गर्नका लागि गठबन्धन दल नेपाली काँग्रेस, नेकपा एकिकृत समाजवादी, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले आफ्नै कार्यकर्तालाई परिचालन गरी मतदाता शिक्षा दिन लागेका हुन् ।