Shittalpati
विमानस्थल पुग्नेहरु भक्कानिन्छन्
विमानस्थल पुग्नेहरु भक्कानिन्छन् त्रिभुवन विमानस्थल पुग्ने व्यक्ति भावुक नबन्ने कमै हुन्छ । दिनहुँ जसो भीड देखिने विमानस्थलको प्रस्थानतर्फको भाग सधैंजसो भावुक ‘मुड’मा नै हुन्छ । सोमबार त्यहाँ पुुग्दा वैदेशिक रोजगारीमा जानेको लाइनमा उभिएका आफ्ना साथीभाइ, छोराछोरी, र आफन्तजनलाई अंगालेर आँसु खसाल्दै गरेका दुश्यहरु देखिन्थे । 
पाल्पा प्यारागनले गर्‍यो एसईई उत्तिर्ण विद्यार्थीलाई नगदसहित सम्मान
पाल्पा प्यारागनले गर्‍यो एसईई उत्तिर्ण विद्यार्थीलाई नगदसहित सम्मान पाल्पा प्यारागन ईलिस बोर्डिङ्ग स्कुलले एसईई २०७९ को परीक्षामा सफल भएका विद्यार्थीहरूलाई नगद सहित सम्मान गरेको छ । स्कुलले एक कार्यक्रमको आयोजना गरी एसईईमा उत्तिर्ण विद्यार्थीलाई बधाई तथा शुभकामनाका सहित सम्मान गरेको हो ।
मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा सवार ६ जनाकै मृत्यु
मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा सवार ६ जनाकै मृत्यु मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । हेलिकोप्टरमा चालक दलका सदस्यसहित ६ जना सवार थिए । क्याप्टेनबाहेक पाँचजना मेक्सिकन नागरिक हुन् ।
सर्पको डसाइबाट चार जनाको निधन
सर्पको डसाइबाट चार जनाको निधन कपिलवस्तुमा सर्पले डसाइबाट दुई दिनमा चार जनाको निधन भएको छ । सोमबार राति घरमा सुतिरहेको बेला विषालु सर्पको डसाइबाट बुद्धभूमि नगरपालिका–१ का दुई दाजुभाइको निधन भएको थियो । 
मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लाम्जुरापासमा दुर्घटनाग्रस्त
मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लाम्जुरापासमा दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । सोलुखुम्बुबाट काठमाडौँका लागि उडान भरेको हेलिकोप्टर सर्केबाट सम्पर्कविहीन भएको थियो । उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिए ।
जेसिबीको ठक्करबाट बालकको मृत्यु
जेसिबीको ठक्करबाट बालकको मृत्यु बागलुङ जिल्लाको बडिगाडमा सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट बालकको मृत्यु भएको छ ।
विद्युतीय व्यापार विधेयक राष्ट्रियसभामा पेस
विद्युतीय व्यापार विधेयक राष्ट्रियसभामा पेस उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयक, २०८०’ राष्ट्रियसभा समक्ष पेस गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा मन्त्री रिजालले विद्युतीय व्यापार विधेयक, २०८० प्रस्तुत गर्दै विद्युतीय माध्यमबाट साना तथा मझौला उद्योग व्यवसाय गर्नका लागि यसको आवश्यकता भएको बताए ।
आज विश्व जनसंख्या दिवस मनाइदैं
आज विश्व जनसंख्या दिवस मनाइदैं आज विश्व जनसंख्या दिवस मनाइदैं छ । नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । सन् १९८९ बाट हरेक वर्ष विश्वभरिका जनसंख्याका मुद्दाहरुलाई सम्बोधन गर्ने हेतुले विश्व जनसंख्या दिवस हरेक वर्ष जुलाई महिनाको ११ तारेखका दिन मनाउन थालिएको हो ।
पाँच वर्षमा चट्याङका कारण ४१९ जनाको ज्यान गयो
पाँच वर्षमा चट्याङका कारण ४१९ जनाको ज्यान गयो पछिल्लो पाँच वर्षमा चट्याङका कारण चार सय १९ जनाले ज्यान गुमाएका छन् भने रु छ करोडभन्दा बढी आर्थिक क्षति भएको राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले जानकारी दिएइको छ । प्राधिकरणका अनुसार २०७५ सालदेखि हालसम्म सबैभन्दा बढी कोशी प्रदेशमा एक सय आठ र सबैभन्दा कम कर्णाली प्रदेशमा २५ जनाले चट्याङका...
विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जना पक्राउ
विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जना पक्राउ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 
वडाबाटै सामाजिक सुरक्षा भत्ता, गाउँ–गाउँमा सरकारको अनुभूति गर्न थाले वृद्धवृद्धा
वडाबाटै सामाजिक सुरक्षा भत्ता, गाउँ–गाउँमा सरकारको अनुभूति गर्न थाले वृद्धवृद्धा देश संघीय संरचनामा गएसँगै ‘सिंहदरबारका अधिकार, गाउँ–गाउँमा’ भन्ने बहस चल्यो । निर्वाचन भएर स्थानीय तहमा जनप्रतिनिधि आएपछि ‘सिंह’ आए, तर ‘दरबार’ आएनन्, भनि व्यङ्ग्य समेत हुँदै आयो । स्थानीय सरकारको पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकाल समेत चलेको छ । यो अवधिमा धेरै स्थानीय सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेका छैन ...
ललिता निवास प्रकरण : थप तीन पक्राउ
ललिता निवास प्रकरण : थप तीन पक्राउ ललिता निवास जग्गा प्रकरणमा जोडिएका थप तीन आरोपित पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत, समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुवप्रसाद अर्याललाई पक्राउ गरेको हो ।
Weather Update