प्रधानमन्त्री ओलीबाट तेस्रो कार्यकालको शपथ
शुक्रबार, वैशाख ३१, २०७८

ओली अल्पमतमा : राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गर्ने
सोमबार, वैशाख २७, २०७८
सोमबारको प्रतिनिधीसभाबाट प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा परेपछि पदमुक्त भएका छन् । संसदबाट विश्वास गुमाएका प्रधानमन्त्री ओली राष्ट्रपति भवन तर्फ गएको श्रोतको दावा छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेको पनि श्रोतले बतायो ।

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीबाट शपथ
बिहीबार, वैशाख २३, २०७८
लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले बुधबार आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले नवनियुक्त तीन मन्त्रीलाई मुख्यमन्त्री शंकर पोखरेलको उपस्थितिमा शपथ गराएका हुन् ।

लुम्बिनी प्रदेशमा सत्ताको खेल
सोमबार, वैशाख २०, २०७८
लुम्बिनी प्रदेशका जनताहरु कोरोना महामारीसँग लडिरहेका बेला नेताहरु भने सत्ताको खेलमा लागेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेले आइतबार बिहानै नाटकीय रूपमा राजीनामा दिएपछि यहाँ सत्ताको खेल सुरु भएको हो । जनतालाई निषेधाज्ञाको पालना गर्न घरमै राखेर नेताहरु भने सत्ताको खेलमा लागेका हुन् । आइतबार बिहानै मुख्यमन्त्रीबाट राजीनामा गरेका...

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल पुनः नियुक्त
आइतबार, वैशाख १९, २०७८
शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्रीमा पोखरेललाई नै अघि सारिँदै
आइतबार, वैशाख १९, २०७८
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा पुनः शंकर पोखरेललाई नै अघि सारेको छ । प्रदेश सरकार गठनका लागि एमाले संसदीय दलको आज बुटवलमा बसेको बैठकले मुख्यमन्त्रीमा पार्टी स्थायी कमिटी सदस्य पोखरेललाई अघि सार्ने निर्णय गरेको सत्तापक्षका प्रमुख सचेतक भूमीश्वर ढकालले जानकारी दिए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा
आइतबार, वैशाख १९, २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष राजनीमा बुझाएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले विज्ञप्ति मार्फत् जानकारी दिएका छन् ।

काँग्रेसले कार्यकर्तालाई प्रशिक्षित गर्दै
आइतबार, वैशाख १२, २०७८
सुदुर गुल्मीको कालीगण्डकी गाउँपालिकाका सात वटै वडाका अगुवा कार्यकर्तालाई नेपाली काँग्रेसले प्रशिक्षित गरेको छ । नेपाली काँग्रेस कालीगण्डकी गाउँपालिकाको आयोजनामा भएको दुई दिने प्रशिक्षणमा सहभागी ७० जना अगुवा कार्यकर्ता तथा नेताहरुले, अब कालीगण्डकीमा संगठन मजबूत बनाउँन परीक्षण कोशे ढुंगा सावित भएको धारणा व्यक्त गरेका थिए ।

गुल्मीको कालीगण्डकीमा काँग्रेसले कार्यकर्तालाई प्रशिक्षित गर्दै
शुक्रबार, वैशाख १०, २०७८
सुदुर गुल्मीको कालीगण्डकी गाउँपालिकाका सात वटै वडाका अगुवा कार्यकर्तालाई नेपाली काँग्रेसले प्रशिक्षित गरेको छ । नेपाली काँग्रेस कालीगण्डकी गाउँपालिकाको आयोजनामा भएको दुई दिने प्रशिक्षणमा सहभागी ७० जना अगुवा कार्यकर्ता तथा नेताहरुले, अब कालीगण्डकीमा संगठन मजबूत बनाउँन परीक्षण कोशे ढुंगा सावित भएको धारणा व्यक्त गरेका थिए ।

‘विद्यार्थी शक्तिसँग जोस मात्र होइन, होस पनि हुन्छ’
मंगलबार, वैशाख ७, २०७८
गुल्मी, नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले विद्यार्थी शक्तिसँग जोस मात्र नभई होस पनि हुने बताएका छन् । नेपाल विद्यार्थी संघ क्षेत्र नं २ गुल्मीले आयोजना गरेको कार्यक्रममा सभापति श्रेष्ठले विद्यार्थी शक्तिमा जोस मात्र नभई होस पनि हुने बताएका हुन् ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने तीन सांसदलाई मन्त्री बनाइयो
मंगलबार, वैशाख ७, २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शड्ढर पोखरेलविरुद्ध सोमबार अविश्वासको प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री पोखरेलकै सरकारमा रहेको नेकपा (माओवादी केन्द्र), प्रमुख विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसहित दलका ४१ प्रदेशसभा सदस्यले मुख्यमन्त्रीविरुद्ध संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । तर प्रस्ताव दर्ता गराएकै केही समयमै मुख्यमन्त्री पोखरेलले अविश्वास...

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता
सोमबार, वैशाख ६, २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध सोमबार अविश्वासको प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री पोखरेलकै सरकारमा रहेको नेकपा (माओवादी केन्द्र), प्रमुख विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसहित दलका ४१ प्रदेशसभा सदस्यले मुख्यमन्त्रीविरुद्ध संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।