Shittalpati
एमाले पूर्वसांसद रायमाझी सहित ६६ जना एकीकृत समाजवादीमा प्रवेश
एमाले पूर्वसांसद रायमाझी सहित ६६ जना एकीकृत समाजवादीमा प्रवेश नेकपा एमालेका पूर्व सांसद यादवबहादुर रायमाझी सहित ६६ जना एमाले नेताकार्यकता नेकपा (एस) एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । शनिबार तानसेनमा पत्रकार सम्मेलन गरी उनीहरु नेकपा एसमा प्रवेश गरेका हुन् ।
आउने निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउँछौं : सभापति पन्थी
आउने निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउँछौं : सभापति पन्थी नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले आसन्न निर्वाचनमा गुल्मी जिल्लालाई काँग्रेसमय बनाउने बताएका छन् । शुक्रबार नेपाली काँग्रेसका संस्थापक तथा जननायक बीपी कोइरालाले शुरु गरेको ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा सभापति पन्थीले आफ्नो पहिलो ध्येय काँग्रेसलाई आउने चुनावमा पहिलो पार्टी बनाउने रहेको दाबी गरे ।
गुल्मीको विमानस्थलमा मन्त्री झाँक्रीले गरिन् अनुगमन
गुल्मीको विमानस्थलमा मन्त्री झाँक्रीले गरिन् अनुगमन जिल्लाको रेसुङ्गामा निर्माणधिन अस्थामा रहेको विमानस्थलको शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अनुगमन गरेकी छन् । रेसुङ्गा नगरपालिका १० सिमीचौरमा निर्माणधिन अवस्थामा रहेको विमानस्थलको मन्त्री झाँक्री सहित सरकारी टोलीले अनुगमन गरेको हो ।
पाल्पामा मेलमिलाप दिवस: सबै दलका नेताहरु एउटै मञ्चमा
पाल्पामा मेलमिलाप दिवस: सबै दलका नेताहरु एउटै मञ्चमा प्रायः अन्य संघ संस्थाहरुका औपचारिक कार्यक्रमहरुमा देखिने तर पार्टीका कार्यक्रमहरुमा सबै राजनितिक दलहरु कमैमात्रमा देखिने गरेको पाइन्छ ।
नेकपा एमालेको जिल्ला अधिवेशनको तयारी तिव्र
नेकपा एमालेको जिल्ला अधिवेशनको तयारी तिव्र यही पुस २३ गते नेकपा एमाले पाल्पाको नवौं जिल्ला अधिवेशन हुने भएको छ । पुष्पलाल, मदन भण्डारीदेखि मनमोहन अधिकारीले भूमिगत जीवन बिताएको स्थान तानसेन नगरपालिका वडा ९ मदनपोखरा तिन्टीआँपमा नवौं अधिवेशन आयोजना गरेको नेकपा एमाले पाल्पाले जनाएको छ ।
सिङ्गो वस्ती नै काँग्रेसमा प्रवेश
सिङ्गो वस्ती नै काँग्रेसमा प्रवेश एमालेको प्रभाव भएको रुरु क्षेत्र वडा २ सानो ग्वाँदीको सिङ्गो वस्तीका २८ घरका ६० जना भन्दा धेरै स्थानीयहरु एमाले परित्याग गरी नेपाली काँग्रेसमा एक साथ प्रवेश गरेका छन् । स्थानीय समाजसेवी, दलित अगुवा नेकपा एमालेका गाउँ कार्यसमिति सदस्य कृष्णबहादुर विकको नेतृत्वमा उनीहरु काँग्रेस प्रवेश गरेका हुन् ।
प्रचण्ड र माधवले सपनामा पनि गठबन्धन देख्न थाले : विष्ट
प्रचण्ड र माधवले सपनामा पनि गठबन्धन देख्न थाले : विष्ट नेपाल कम्युनिष्ट पार्टी एमालेका सचिव गोकर्ण विष्टले प्रचण्ड र माधवले सपनामा पनि गठबन्धनको सपना देख्ने गरेको बताए । गुल्मी जिल्लाको मदाने गाउँपालिकामा रहेको जनज्योति क्याम्पस फुर्कोट दहको १३ औं साधारण सभाको कार्यक्रममा विष्टले प्रचण्ड र माधव नेपाललाई गठबन्धन कायम रहेन भने पार्टी रहन्छ भने कुरामा विश्वास नरहेको बताए ।
पत्रकार शिवाकोटी: पत्रकारिता मार्फत काँग्रेस केन्द्रीय सदस्य
पत्रकार शिवाकोटी: पत्रकारिता मार्फत काँग्रेस केन्द्रीय सदस्य पत्रकारिता मार्फत नेपाली काँग्रेसको राजनीतिमा हाम फालेका नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
यी हुन् काँग्रेस उपसभापति र महामन्त्रीमा निर्वाचित हस्तीहरु
यी हुन् काँग्रेस उपसभापति र महामन्त्रीमा निर्वाचित हस्तीहरु नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्रीको अन्तिम मतपरिणाम आएको छ । बिहीबार प्राप्त मतपरिणाम अनुसार नेपाली काँग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का, धनराज गुरुङ र महामन्त्रीमा विश्वप्रकाश शर्मा, गगन थापा निर्वाचित भएका छन् ।
महामन्त्रीमा निर्वाचित को हुन् गगन थापा ?
महामन्त्रीमा निर्वाचित को हुन् गगन थापा ? नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदमा युवा नेता गगन थापा निर्वाचित भएका छन् । बिहीबार भएको मतगणनामा उनले सर्वाधिक ३ हजार २३ मत ल्याएर विजयी भएका हुन् । उनी शेखर कोइराला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए ।
महामन्त्रीमा निर्वाचित को हुन् विश्वप्रकाश ?
महामन्त्रीमा निर्वाचित को हुन् विश्वप्रकाश ? नेपाली काँग्रेसको चौधौं महाधिवेशनबाट विश्वप्रकाश शर्मालाई महामन्त्री बनाएका छन् । विधानअनुसार दुई जना महामन्त्री निर्वाचित हुनुपर्नेमा दोस्रो मतसहित शर्मा महामन्त्री बन्न सफल भएका हुन् । उनी १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्यसहित पार्टी प्रवक्ता भएर कार्यकाल कौशलपूर्वक सम्पन्न गरेका थिए । पदसँगै उनको गरिमामात्र हैन जिम्मेवारी पनि उत्तिकै बढेको छ ।...
काँंग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगन थापा विजयी
काँंग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगन थापा विजयी नेपाली काँंग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगन थापा निर्वाचित भएका छन् । गगन थापा शेखर कोइराला प्यानलबाट र विश्वप्रकाश शर्मा प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा विजयी भएका हुन् । कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थापाले सबैभन्दा बढी मत ल्याएका छन् ।
Weather Update