बाँकेमा ४७ जनामा देखियो कोरोना, संक्रमितको संख्या ३५७ पुग्यो
सोमबार, जेठ ५, २०७७

नेपालमा कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु
आइतबार, जेठ ४, २०७७
नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरानाबाट मृत्यु हुनेहरूको संख्या दुई पुगेको छ ।

कोरोना संक्रमितले भरिए अस्पताल
आइतबार, जेठ ४, २०७७
रुपन्देहीको सदरमुकामस्थित कोरोना विषेश भीम अस्पताल कोरोना संंक्रमित बिरामीले भरिएका छन् । प्रदेश नं ५ सरकारले कोरोना विषेश अस्पतालका रूपमा स्थापना गरेको २७ श्ययाको सो अस्पतालमा अहिले संक्रमितले भरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट नवीन दर्नालले जानकारी दिए ।

कोरोना पोजेटिभ महिलाको मृत्यु
शनिबार, जेठ ३, २०७७
कोरोना संक्रमणको आशंका गरिएकी एक महिलाको बिहीबार राति उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको खुल्न आएको छ । जेठ १ गते बिहीबार राति स्वासप्रस्वासमा समस्या भएपछि धुलिखेल अस्पताल ल्याइएकी सिन्धुपाल्चोकको बाह्रबिसे–९ स्थित चालिसे गाउँकी २९ वर्षीया ती महिलाको उपचारको क्रममा मृत्यु भएको थियो ।

कपिलवस्तुमा थप तीन जनामा संक्रमण, संक्रमितको संख्या २७६ पुग्यो
शनिबार, जेठ ३, २०७७
कोरोना भाइरसबाट थप तीन संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षणका क्रममा शनिबार कपिलवस्तुका नयाँ तीन जनामा संक्रमण देखिएको बताए ।

बगनासकालीको बोटे समुदायमा परिवार नियोजन सेवा
शनिबार, जेठ ३, २०७७
जिल्लाको बगनासकाली गाउँपालिका ६ यम्घाको दर्पुकमा रहेको बोटे समुदायमा परिवार नियोजन सेवा प्रदान गरिएको छ । नेपाल परिवार नियोजन संघ पाल्पा शाखा र बगनासकाली गाउँपालिकाको संयुक्त आयोजनामा सेवा प्रदान गरिएको हो ।

प्रहरी र सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री
शुक्रबार, जेठ २, २०७७
कोरोना संक्रमणबाट सुरिक्षत रहनका लागि सुरक्षामा खटिएका प्रहरी र समाचार संकलनमा खटिने सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

स्वास्थ्य सुरक्षा सामग्री अभाव
शुक्रबार, जेठ २, २०७७
बागलुङ जिल्लाको गलकोट नगरपालिका–५ हरिचौर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सुरक्षा सामग्रीको अभाव भएको छ । विश्वभर महामारीका रूपमा फैलिएको कारोना भाइरसलाई मध्यनजर गर्दै रोकथामका लागि स्वास्थ्यकर्मीले अपनाउनुपर्ने सुरक्षा सामग्रीको अभाव हुँदा दैनिक आउने बिरामीको उपचारमा समस्या भएको केन्द्रले जनाएको छ ।

रेडक्रसद्वारा सुरक्षा निकायलाई स्वास्थ्य सामग्री
बिहीबार, जेठ १, २०७७
नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखाले जिल्लाका सुरक्षा निकायहरुलाई स्वास्थ्य समाग्री वितरण गरेको छ । कोभिड–१९ को जोखिम हुन नदिन सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै रेडक्रसले स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

नवलपरासीका संक्रमित लुकिछिपी नेपाल प्रवेश
बिहीबार, जेठ १, २०७७
नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा फेला परेका कोरोना संक्रमित भारतबाट गत वैशाख २८ गते बिहान लुकिछिपी नेपाल प्रवेश गरेको खुलेको छ ।

एकै परिवारका नौमा कोरोना
बिहीबार, जेठ १, २०७७
रुपन्देहीको गैडहवा गाउँपालिका २ स्थित जोगडामा एकै परिवारका नौसहित १० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

रेडक्रसले बाड्यो फेकमा स्वास्थ्य सामग्री
बुधबार, वैशाख ३१, २०७७
सामाजिक संस्था नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखाले जिल्लाको रिब्दोकोट गाउँपालिका ८ फेकमा कोरोनाविरुद्व लड्न स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

भारतीय कन्टेनरले महामारी फैलाउन सक्ने त्रास
बुधबार, वैशाख ३१, २०७७
खाद्यान्न, तरकारी र फलफूल बोकेर भारतबाट आउने कन्टेनरका कारण रुपन्देहीमा कोरोना संक्रमणको जोखिम बढेको छ । दैनिक करीब १ सय ६० भैरहवा भन्सार कार्यालयमा भित्रिने कन्टेनर तथा ट्रकका कारण महामारी फैलिने सक्ने भन्दै सीमा क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् ।