तानसेन बतासेडाँडाको क्वारेन्टाईन अव्यवस्थित, सांसद रानाले गरे अनुगमन
शुक्रबार, जेठ १६, २०७७

कोरोनाबाट थप एकजनाको मृत्यु
बिहीबार, जेठ १५, २०७७
कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका बुङ्मतीका ५६ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । किष्ट मेडिकल कलेज ग्वार्कोमा उपचाररत रहेका उनको बुधबार मुत्यु भएको हो ।

रैनादेवी छहरा सरकारद्वारा स्वास्थ्यकर्मीको कोरोना बीमा
बुधबार, जेठ १४, २०७७
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले कोरोना भाइरसको महामारीमा अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुको कोरोना बीमा गरिदिएको छ । महामारीको समयमा आम नागरिकको स्वास्थ्य उपचारमा खटिने वडाका सबै स्वास्थ्यकर्मी,कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्य प्रमुख र एम्बुलेन्स चालकको गाउँपालिकाले कोरोना बीमा गरिदिएको हो ।

मेडिकल कलेजमा आइसोलेशन सेण्टर
बुधबार, जेठ १४, २०७७
जिल्लाको सदरमुकाम तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा आइसोलेशन सेण्टर बन्ने भएको छ । सय शैयाको कोभिड पोजेटिभ आइसोलेशन सेण्टर सञ्चालन हुने कलेजका प्रमुख कार्यकारी अध्यक्ष गोपाल पोखरेलले बताए ।

होम क्वारेन्टाइनमा रहेकी गर्भवतीको मृत्यु
मंगलबार, जेठ १३, २०७७
होम क्वारेन्टाइनमा रहेकी सप्तरीको कञ्चनरुप–११ की २४ वर्षीया एक गर्भवतीको आज मृत्यु भएको छ । आइतबार राति अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वास्थ्य परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेका बेला आज बिहान मृत्यु भएको परिवारका सदस्यले बताएका छन् ।

गुल्मीमा जनप्रतिनिधि सहित दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या चार पुग्यो
मंगलबार, जेठ १३, २०७७
जिल्लाको धुर्कोट गाउँपालिकामा जनप्रतिनिधि सहित २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.भवानी प्रसाद शर्माले जानकारी दिए ।

कोरोना प्रतिकार्य योजना निर्माण
मंगलबार, जेठ १३, २०७७
गुल्मीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि कोरोना प्रतिकार्य योजना निर्माण गरिएको छ । जिल्लास्थित सबै स्थानीय तहका प्रमुख, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय लगायतका सरोकार पक्षको बैठकले प्रतिकार्य योजना निर्माण गरेको हो ।

विएस सिमेन्टले दियो माथागढीलाई पिपिइ
सोमबार, जेठ १२, २०७७
जिल्लाको माथागढी गाउँपालिकालाई विएस सिमेन्ट प्राणालीले व्यक्तिगत सुरक्षा कवच (पिपिइ) सहयोग गरेको छ । कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि विएस सिमेन्टले १० थान पिपिइ सहयोग गरेको हो ।

गुल्मीका क्रियाशिल पत्रकारलाई स्वास्थ्य सामग्री
शनिबार, जेठ १०, २०७७
नेपाल पत्रकार महासंघ गुल्मीले जिल्लाका क्रियाशिल पत्रकारहरुलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुको सुरक्षालाई मध्यनजर गर्दै महासंघले स्वास्थ्य सामग्री प्रदान गरेको हो । जिल्लमा क्रियाशिल सबै पत्रकारलाई २० थान माक्स र दुई सय मिलिलिटर सेनिटाइजर तथा सञ्चार गृहलाई एक सय थान माक्स र एक लिटर...

हटियामा १५ शैयाको क्वारेन्टाइन निर्माण
शनिबार, जेठ १०, २०७७
बागलुङको गलकोट नगरपालिका वडा नं ३ हटियामा १५ शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ । बाहिरबाट आएका नागरिकहरुबाट कोभिड १९ कोरोना भाइरस फैलिन जोखिमबाट बच्न क्वारेन्टाइन निर्माण गरिएको ३ का वडाअध्यक्ष विरजङ्ग भण्डारीले जानकारी दिए । देश तथा विदेशका विभिन्न स्थानमा रहेका यस वडाका नागरिक र अन्य स्थानबाट आउने नागरिकहरुलाई मध्यनजर...

आज तीस जना नयाँ सङ्क्रमित : सङ्क्रमित पुगे ४८७
शुक्रबार, जेठ ९, २०७७
कोरोना भाइरसको सङ्क्रमण आज ३० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भरतपुर अस्पताल चितवनमा परीक्षणका क्रममा नवलपरासी, चितवन, कपिलवस्तु र सर्लाहीमा सङ्क्रमण भेटिएको बताए ।