गुल्मीको मुसिकोटमा क्वारेन्टाइन व्यवस्थापनमा चुनौती
मंगलबार, जेठ २०, २०७७

गुल्मीमा थप एक जनामा कोरोना संक्रमण
सोमबार, जेठ १९, २०७७
गुल्मीमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–१० का २६ वर्षिय पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

पाल्पामा थप दुई जनामा कोरोना ‘पोजेटिभ’, संक्रमितको संख्या पाँच पुग्यो
सोमबार, जेठ १९, २०७७
जिल्लामा थप दुई जनामा कोरोना पोजेटिभ देखिएको छ । भारतबाट आई निस्दी गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा रहेका दुई जनामा सोमबार कोरोना पोजेटिभ देखिएको हो । भारतबाट फर्किएका मध्ये ११ जनाको पिसिआर परीक्षण गर्दा दुई जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए ।

संक्रमित घर गएपछि अस्पताल खाली
सोमबार, जेठ १९, २०७७
रुपन्देहीको भीम अस्पतालमा भर्ना भएका सबै कोभिड–१९ संक्रमित घर फिर्ता भएका छन् । अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका संक्रमित २५ जनालाई रिपोर्ट नेगेटिभ आएपछि सोमबार डिस्चार्ज गरिएको अस्पतालको सूचना शाखाले जनाएको छ । डिस्चार्ज हुनेमा चार वर्षीया बालिकादेखि ५० वर्ष उमेरसम्मका छन् ।

नवजनचेतना दैनिकका सञ्चारकर्मीलाई कोरोना बिमा
सोमबार, जेठ १९, २०७७
पाल्पाको कैलाशनगर मिडिया प्रालिद्वारा प्रकाशित नवजनचेतना राष्ट्रिय दैनिकले कोरोना महामारीको जोखिम मोलेर काम गरिरहेका सञ्चारकर्मीहरुको कोरोना बिमा गरेको छ । संस्थाले कर्मचारीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै कोरोना भाइरसबाट हुनसक्ने सम्भावित जोखिमबाट बच्नका लागि प्रति कर्मचारी एक लाख र ५० हजार बराबरको कोरोना बिमा गरिदिएको हो ।

पाल्पामा किट अभावका कारण रोकियो स्वाव संकलन
आइतबार, जेठ १८, २०७७
जिल्लामा कोरोना भाइरस परीक्षण गर्ने किट अभाव भएको छ । किट नभएपछि विदेशबाट फर्केकाहरू विनापरीक्षण घर फर्किएका छन् । जसले गर्दा पाल्पाका ग्रामीण क्षेत्र उच्च जोखिममा रहेका छन् । किट नभएपछि भारतीय सिमा नाकाबाट जिल्ला भित्रिएका सबै नागरिकहरुको कोरोना परीक्षणको नमुना संकलन कार्य रोकिएको छ ।

पाल्पामा पनि देखियो तीन जनामा कोरोना ‘पोजेटिभ’
आइतबार, जेठ १८, २०७७
पाल्पा,अहिलेसम्म कोरोना संक्रमण नदेखिएको पाल्पामा आईतबार एक्कासी तीन जनामा कोरोना ‘पोजेटिभ’ देखिएको छ । भारतबाट आएर क्वारेन्टाइनमा रहेका रैनादेवी छहराका २ जना र माथागढी गाउँपालिकाका १ जनामा कोरोना पोजेटिभ रहेको प्रदेश जनस्वास्थय प्रयोगशाला भैरहवाले जनाएको छ ।

माथागढी सरकारद्वारा कर्मचारी र जनप्रतिनिधिको कोरोना बीमा
आइतबार, जेठ १८, २०७७
जिल्लाको माथागढी गाउँपालिकाले कोरोना भाइरसको महामारीमा अग्रभागमा रहेर काम गर्ने कर्मचारी र जनप्रतिनिधिहरुको कोरोना बीमा गरिदिएको छ । गाउँपालिकाले महामारीको समयमा आम नागरिकको स्वास्थ्य उपचारमा खटिने वडाका सबै स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारीहरुको कोरोना बीमा गरिदिएको हो ।

नेपाली काँग्रेस छत्रकोटले बाड्यो स्वास्थ्य सामग्री
आइतबार, जेठ १८, २०७७
नेपाली काँग्रेस छत्रकोट गाउँपालिका गुल्मीले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । हाल भारतबाट आई क्वारेन्टाईनमा बसेकाहरुलाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीको अभाव भइरहेको अवस्थामा छत्रकोट गाउँपालिका ५ स्थायी घरभई हाल काठमाडौं लगायतका विभिन्न स्थानमा बस्ने नेपाली काँग्रेसमा आवद्ध व्यक्तिहरुले उक्त सहयोग प्रदान गरेका हुन् ।

पूर्वअर्थमन्त्रीद्वारा रुपन्देहीका पत्रकारलाई सुरक्षा सामग्री
आइतबार, जेठ १८, २०७७
पूर्वअर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य विष्णुप्रसाद पौडेलले रुपन्देहीका पत्रकारका लागि सुरक्षा सामग्री उपलब्ध गराएका छन् । सांसद पौडेलले उपलब्ध गराएको ज्याकेट र मास्क नेपाल पत्रकार महासंघ रुपन्देहीलाई हस्तान्तरण गरिएको छ ।

गुल्मीमा क्वारेन्टाईनमा बसेका व्यक्तिद्वारा आत्महत्या
आइतबार, जेठ १८, २०७७
जिल्लामा क्वारेन्टाईनमा बसेका एक व्यक्तिले आत्महत्या गरेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका ४ दिगाममा रहेको आदर्श माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाईनमा सोही वडाकै ५६ वर्षिय चन्द्रबहादुर परियारले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले जानकारी दिए ।

नेपालमा संक्रमितको संख्या एक हजार चार सय एक पुग्यो
शनिबार, जेठ १७, २०७७
नेपालमा कोरोना संक्रमितको संख्या एक हजार चार सय एक पुगेको छ । शनिबार यो समाचार तयार पार्दा सम्ममा एकै दिन १ सय ८९ जनामा देखिएपछि संक्रमितको संख्या एक हजार चार सय एक पुगेको हो ।
पाल्पाका स्थानीय तहका स्वास्थ्य संस्थालाई सामग्री
शनिबार, जेठ १७, २०७७
परिवार नियोजन तथा सुरक्षित मातृत्वको क्षेत्रमा काम गर्दै आएको आई पास नेपालले जिल्लाका १० वटा स्थानीय तहका अस्पताल, प्राथमिक स्वास्थ्य चौकी, स्वास्थ्य चौकीहरुमा अत्यावश्यक स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ । नेपालले स्वास्थ्यकर्मीले लगाउने पिपिइ, माक्स, सेनेटाईजर, थर्मल गन लगायतका सामग्रीहरु जिल्लाका सरकारी स्वास्थ्य संस्थालाई वितरण गरेको हो ।