लोक दोहोरी प्रतिष्ठान गुल्मीले देखायो महामारीमा सक्रियता
शुक्रबार, जेठ २३, २०७७

मिर्गौला र मुटुको निःशुल्क उपचार सेवा बन्द
शुक्रबार, जेठ २३, २०७७
बुटवल स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौला रोगीको डायलायसिस तथा मुटुको निःशुल्क उपचार सेवा बन्द गर्ने घोषणा गरेको छ । अस्पतालको नवीकरणका विषयमा भएको सरकारी अलमलका कारण सरकारले बिरामीको निःशुल्क उपचार बापत उपलब्ध गराउँदै आएको रकम लामो समयसम्म पनि निकासा हुन नसक्दा अस्पतालमा आर्थिक संकट परेकाले सो सेवा आगामी असार...

गुल्मीका पत्रकारलाई पिपिई
बिहीबार, जेठ २२, २०७७
कोरोना महामारीको क्रममा फ्रन्टलाइनमा रहि समाचार सम्प्रेषण गर्ने जिल्लाका पत्रकारहरुलाई पिपिई वितरण गरिएको छ । नेपाली काँग्रेस गुल्मी काठमाडौं सम्पर्क समिति (विपद् व्यवस्थापन समिति) सहयोगमा नेपाल प्रेस युनियन गुल्मीले नेपाल पत्रकार महासंघलाई २५ थान पिपिई सेट वितरण गरेको हो ।

कोरोनाबाट मृत्यु भएका पुरुषको अन्तिम संस्कार गरिदै, उपचारमा संलग्न १९ जना क्वारेन्टाईनमा
बिहीबार, जेठ २२, २०७७
तीन दिन अघि मृत्यु भएका पूर्वखोला गाउँपालिका १ सिलुवाका ४६ वर्षिय पुरुषको उपचारमा संलग्न युनाईटेड मिसन अस्पतालका स्वास्थ्यकर्मी सहित कर्मचारीहरुलाई सेल्फ क्यारेन्टाईनमा राखिएको छ ।

पाल्पाका एक पुरुषको कोरोनाले मृत्यु,मृत्युको संख्या दश पुग्यो
बिहीबार, जेठ २२, २०७७
भारतको मुम्वईबाट गाउँपालिका आएका उनी १८ गते क्वारेन्टाइनमा पुगेका थिए । उनको विहिबार रिपोर्ट पोजेटिभ आएको भैरहवा जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ । यसअघि कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक, अर्घाखाँचीका एक,...

तानसेनको आइसोलेशनमा मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट ‘पोजेटिभ’
बिहीबार, जेठ २२, २०७७
मंगलबार युनाईटेड मिसन अस्पताल तानसेनको आईसोलेसमा उपचारको क्रममा मृत्यु भएका एक पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

बुटवल कोरोना अस्पतालबाट चार फिर्ता
बुधबार, जेठ २१, २०७७
प्रदेश पाँचमा कोरोना भाइरस सङ्क्रमणसँगै निको हुनेको संख्या बढ्दै गएको छ । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालबाट आज एक स्वास्थ्यकर्मीसहित चार जना निको भएर घर फर्किएका छन् । यससँगै प्रदेशमा ७९ जनामा कोरोना संक्रमण निको भएको छ ।

भारतबाट फर्किएका रामपुरका २ जनामा कोरोना ‘पोजेटिभ’
बुधबार, जेठ २१, २०७७
पिसिआर परीक्षण भएका मध्ये पाल्पाको रामपुर नगरपालिकामा २ जनामा कोरोना पोजेटिभ देखिएको छ । भारतबाट फर्किएर सीताराम माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बस्दै आएका २३ वर्षिय र २८ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए ।

एकै दिन २ सय ८८ जनामा संक्रमण
मंगलबार, जेठ २०, २०७७
कोभिड–१९ को संक्रमण आज एकै दिन २ सय ८८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमाम २ सय ८८ जनामा संक्रमण देखिएको बताए । संक्रमितमा २ सय ७० पुरुष र १८ महिला रहेका छन् ।

गुल्मीका स्थानीय तहमा आइसोलेशन कक्ष निर्माण गरिदै
मंगलबार, जेठ २०, २०७७
जिल्लाका स्थानीय तहहरुमा आइसोलेशन कक्ष निर्माण गर्न लागिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै स्थानीय तहहरुमा १ सय बेडका आइसोलेशन कक्षा निर्माण गर्न लागिएको हो । यस अघि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाका ७ स्थानीय तहमा आइसोलेशन कक्ष निर्माण गर्ने निर्णय गरेको...

नेपाल शिक्षक संघद्धारा राहत कोषमा सहयोग
मंगलबार, जेठ २०, २०७७
नेपाल शिक्षक संघ गलकोट नगर बागलुङले गलकोट नगरपालिकाको राहत कोषमा आर्थिक सहयोग गरेको छ । संघले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा दश हजार रुपैयाँ सहयोग गरेको हो । सहयोग रकम ग्रहण गर्दै नगर प्रमुख भरत शर्मा गैरेले विपद्का बेला शिक्षक संघले देखाएको सहयोग र...

कोरोना पोजेटिभ देखिएका निस्दीका २ जनालाई आईसोलेशनमा लगियो
मंगलबार, जेठ २०, २०७७
कोरोना पोजेटिभ देखिएपछि भारतबाट फर्किएर क्वारेन्टाईनमा रहेका निस्दीका २ जनालाई आईसोलेशनमा लगिएको छ । जेठ १० गते संकलन गरिएको स्वाव नमुना परीक्षणको क्रममा सोमबार पोजेटिभ देखिएपछि उनीहरुलाई तानसेनमा निर्माण गरिएको आसोलेसनमा लगिएको हो ।

पाल्पामा आइसोलेशनमा उपचारत एक व्यक्तिको मृत्यु
मंगलबार, जेठ २०, २०७७
आईसोलेसमा रहेका एक जना व्यक्तिको मृत्यु भएको छ । पुर्वखोला गाउँपालिका वडा १ सिलुवाका ४६ बर्षिय पुरुषको मृत्यु भएको हो । । उनको युनाईटेड मिसन अस्पताल तानसेनको आईसोलेसमा उपचारको क्रममा मंगलवार मृत्यु भएको हो । उनको स्वाव परीक्षणको रिपोर्ट नआएकाले कोरोना सक्रमणबाट मृत्यु भएको हो वा होईन भन्ने अझै पुष्टि...