एलएमसीको आइसोलेशनमा उपचाररत एकको मृत्यु, दुईको कोरोना पुष्टि
सोमबार, जेठ २६, २०७७

नेतृ पन्थीद्वारा क्वारेन्टाइनमा रहेका नागरिकलाई स्वास्थ्य सामग्री
सोमबार, जेठ २६, २०७७
महिला नेतृ,नेपाल महिला संघका जिल्ला उपाध्यक्ष तथा सामाजिक व्यक्तित्व मिना पन्थीले क्वारेन्टाइनमा रहेका नागरिकहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेकी छन् । उनले जिल्लाको बगनासकाली गाउँपालिका २ पोखराथोक स्थित विष्णु माविमा निर्माण गरिएको क्वारेनटाइनमा रहेका नागरिकहरुलाई स्वास्थ्य सामग्रीसँगै नास्ता सहयोग गरेकी हुन् । सोमबार नेतृ पन्थी, नेपाली काँग्रेसका जिल्ला सचिव झपेन्द्र गहिरे...

अर्घाखाँचीमा एकै दिन ३१ जनामा कोरोना संक्रमण
सोमबार, जेठ २६, २०७७
जिल्लामा सोमबार एकै दिन ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेन्टिनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कोरोना देखिएका उनीहरु कुन...

गुल्मीमा ३३ जनाको आरडिटी परीक्षण, तीन जनाको रिपोर्ट ‘पोजेटिभ’
आइतबार, जेठ २५, २०७७
जिल्लाको रेसुङ्गा नगरपालिका–१० सिमिचौरको क्वारेन्टाइनमा रहेका ३३ जनाको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षण गरिएको छ । आइतबार वडाको भगवती माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा रहेका ९३ जना मध्ये ३३ जनाको आरडीटी परीक्षण गरिएको हो ।

शहिद बहुमुखी क्याम्पसमा २५ वेडको आईसोलेशन वेड तयार
आइतबार, जेठ २५, २०७७
शहिद बहुमुखी क्याम्पस रामपुर ७ किसानबारीमा २५ वेडको आईसोलेशन वेड तयार गरिएको छ । कोरोना पोजेटिभ देखिएका विरामीहरुको व्यवस्थापनको लागि रामपुर नगरपालिका र निस्दी गाउँपालिकाले संयुक्त रुपमा बेड तयार गरेको हो ।

संक्रमण रोकथामका लागि स्थानीय सरकारसँग समन्वय गर्छौ : प्रजिअ न्यौपाने
आइतबार, जेठ २५, २०७७
प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले कोरोना संक्रमण रोकथामका लागि स्थानीय सरकारसँग समन्वय गरेर जाने बताएका छन् । हालै सुर्खेतबाट पाल्पा सरुवा भई आएका प्रजिअ न्यौपानेले समुदाय स्तरमा कोरोना सक्रमण आउन नदिन जिल्लाका स्थानीय तहदेखी जनप्रतिनिधी, सुरक्षाकर्मी पत्रकारहरुसँग समन्वय गरी काम गर्ने बताएका हुन् ।

स्थानीय तहले खरिद गरे भिटिएम
आइतबार, जेठ २५, २०७७
नवलपरासी, (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाका विभिन्न स्थानीय तहले आफ्नै आर्थिक स्रोतबाट क्वारेन्टाइनमा बसेकालाई पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्न भिटिएम खरिद गरेका छन् ।

गुल्मीदरबार गाउँपालिकामा चार जनाको आरडिटी रिपोर्ट पोजेटिभ
आइतबार, जेठ २५, २०७७
जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ३ मा चार जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । म्यालपोखरी माविको क्वारेन्टाइमा रहेका नागरिकको आरडिटी परीक्षण ४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । भारतको हेदराबादबाट आएका २ जना, मुम्बई र भुपालबाट आएका एक/एक जना गरि ४ जना पुरुषमामा पोजेटिभ आएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको...

गाउँपालिका अध्यक्ष सहित एक सय ५२ जनाको कोरोना रिपोर्ट नेगेटिभ
आइतबार, जेठ २५, २०७७
जिल्लाको धुर्कोट गाउँपालिका अध्यक्ष सहित १ सय ५२ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । जेठ १८ गते स्वाब परीक्षणका लागि गाउँपालिकाका अध्यक्ष सहित पठाईएका १ सय ५२ जना रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख डाक्टर भवानीप्रसाद शर्माले जानकारी दिए ।

तिनाउले निर्माण गर्यो एक सय ४० बेडको क्वारेन्टाइन
शनिबार, जेठ २४, २०७७
जिल्लाको तिनाउ गाउँपालिकाले एक सय ४० बेडको क्यारेन्टाइन निर्माण गरेको छ । महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण हुने सम्भावित खतरालाई लक्षित गरेर गाउँपालिकाले एक सय ४० बेडको क्वारेन्टाइन निर्माण गरेको हो ।

गुल्मीका स्थानीय तहमा चार हजार बढी नागरिक क्वारेन्टाइनमा
शनिबार, जेठ २४, २०७७
जिल्लाका स्थानीय तहहरुले निर्माण गरेका क्वारेन्टाइनमा चार हजार बढी नागरिकलाई राखिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण भारत लगायत तेस्रो मुलुकबाट आएका ४ हजार १ सय ३८ जनालाई स्थानीय तहका विभिन्न क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

बगनासकालीका स्वास्थ्यकर्मीलाई संक्रमण रोकथाम सम्बन्धी प्रशिक्षण
शनिबार, जेठ २४, २०७७
विश्वभर फैलिएको कोरोना महामारीको संक्रमणबाट चिकित्सक सहित स्वास्थ्यकर्मी समेत अछुतो रहन सकेनन् । संक्रमितको उपचारमा संलग्न अधिकांश स्वास्थ्यकर्मीहरुले पर्याप्त मात्रमा सतर्कताका उपायहरु अपनाउन नसक्दा संक्रमण फैलिएको स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिहरुले बताएका छन् ।

रेसुङ्गा नगरपालिकामा ३ सय ९४ जना नागरिक क्वारेन्टाइनमा
शनिबार, जेठ २४, २०७७
जिल्लाको रेसुङ्गा नगरपालिकामा पछिल्लो समय भारतबाट आएका ३ सय ९४ जना क्वारेन्टाइनमा रहेका छन् । जसमा ३ सय ४१ जना पुरुष र ५३ जना महिला रहेका हुन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण भारत लगायतका तेस्रो मुलुकबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ ।