Shittalpati
हेलिकप्टर दुर्घटनमा गृहमन्त्रीसहित सोह्र जनाको मृत्यु
हेलिकप्टर दुर्घटनमा गृहमन्त्रीसहित सोह्र जनाको मृत्यु राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् ।
पाल्पाको माथागढीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु
पाल्पाको माथागढीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु ल्पाको माथागढी गाउँपालिका –१ अगाहाखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । पुस ३० गते साँझा माछा मार्नका लागि विद्युत्को मुख्य लाईनबाट हुक लगाई तयारी गर्दै गर्दा अचनाक करेन्टर लागेर घाइते भएका रम्भा गाउँपालिका–४ का ३० वर्षीय विष्णु बहादुर थापाको उपचारका क्रममा मृत्यु भएको हो ।
पोखरा विमान दुर्घटना : ७२ यात्रु सवार
पोखरा विमान दुर्घटना : ७२ यात्रु सवार पोखरामा भएको विमान दुर्घटनामा चालक दलसहित ७२ यात्रु सवार रहेको बुझिएको छ । आज बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको ९ एन–एसीएनसी विमानमा चालक दलका ४ जना र ६८ यात्रु सहित ७२ जना सवार रहेको त्रिभुवन विमानस्थलले जनाएको छ ।
पोखरामा विमान दुर्घटना
पोखरामा विमान दुर्घटना पोखरामा विमान दुर्घटना भएको छ । यति एयरलाइन्सको विमान आइतबार पोखराको घारी पाटनमा दुर्घटना भएको हो ।
राहदानीको सर्भर समस्या हल गर्न फ्रान्सेली टोली नेपाल आउँदै
राहदानीको सर्भर समस्या हल गर्न फ्रान्सेली टोली नेपाल आउँदै केही दिनअघिदेखि विद्युतीय राहदानीको सर्भरमा देखिएको समस्या (स्टोरेजसम्बन्धी) समाधान गर्न फ्रान्सबाट प्राविधिक टोली नेपाल आउने भएको छ । नेपालले जारी गर्ने विद्युतीय राहदानीको सम्पूर्ण जिम्मा पाएको सो टोली सोमबारसम्म नेपाल आइपुग्ने राहदानी विभागका निर्देशक एवं प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिए ।
आइतबारदेखि सातै प्रदेशबाट श्रम स्वीकृति
आइतबारदेखि सातै प्रदेशबाट श्रम स्वीकृति श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ । यसै सिलसिलामा श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि आगामी आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुने मन्त्रालयले जनाएको छ ।
वैदेशिक रोजगारीमा जाने श्रमिकले तालिम लिनुपर्ने
वैदेशिक रोजगारीमा जाने श्रमिकले तालिम लिनुपर्ने वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रुपमा अभिमुखीकरण तालिम लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागबुद्धनगर, काठमाडौँले आग्रह गरेको छ । वैदेशिक रोजगारीमा जानेका लागि अभिमुखीकरण तालिम मापदण्ड अनुसार सञ्चालन नभएको विभागले जनाएको छ ।
नयाँ सांसदहरूको शपथ पुस ७ मा
नयाँ सांसदहरूको शपथ पुस ७ मा मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा निर्वाचित सांसदहरूको शपथ पुस ७ गते हुुने भएको छ । संघीय संसद् सचिवालयले पुस ७ गते दिउँसो १ बजेको लागि शपथको समय निर्धारण गरेको हो ।
चार जना प्रहरी मारिए
चार जना प्रहरी मारिए पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तमा आइतबार एउटा प्रहरी चौकीमा भएको आक्रमणमा चार प्रहरीको मृत्यु हुनका साथै अन्य चार जना घाइते भएका छन् ।
आज मानव अधिकार दिवस मनाइँदै
आज मानव अधिकार दिवस मनाइँदै विश्व मानव अधिकार दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाईदैछ । राष्ट्रिय मानव अधिकार आयोगले यस वर्षको दिवसको नारा ‘सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय’ भन्ने तय गरेको छ ।
Weather Update