कोरियन भाषा परीक्षाको आवेदन खुल्यो
सोमबार, फागुन ३०, २०७८
दुर्घटनामा एक जनाको मृत्यु
शुक्रबार, पुस ३०, २०७८
भैरहवाको बुद्धचोकमा भारतीय नम्बरको ट्रकको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया–१ बस्ने ४१ वर्षीय जीवराज बस्याल रहेको जिल्ला प्रहरी कार्यायका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।
आज देशभर क्रिसमस डे मनाइदैं
शनिबार, पुस १०, २०७८
इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव आज देशभरका चर्चमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । इसाई धर्मावलम्बीहरूको सबैभन्दा ठूलो चाडका रुपमा आज क्रिसमस डे मनाउन लागिएको हो ।
मत गणना सकियो:देउवाले पाए २ हजार २ सय ५८ र कोइरालाले १हजार ७ सय २९
मंगलबार, मंसिर २८, २०७८
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दुई हजार २ सय ५८ मत प्राप्त गरेका छन् ।
आज भ्रष्टाचारविरुद्धको दिवस
बिहीबार, मंसिर २३, २०७८
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक बर्ष डिसेम्बर ९ का दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यो बर्ष पनि कोभिड १९ महामारी कायमै रहेकाले उच्च सर्तकताका साथ यो कार्यक्रम मनाउन लागिएको छ ।
गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाको छैठौ अधिवेशन, अध्यक्षमा खरेल
मंगलबार, मंसिर २१, २०७८
गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाले छैठौ अधिवेशन अष्ट्रेलियाको मेलर्वनमा भएको छ । अधिवेशनले माधव खरेलको अध्यक्षतामा कार्य समितिको पुर्न गठन गरेको छ ।
शिक्षक संगठनको अध्यक्षमा न्यौपाने
आइतबार, मंसिर ५, २०७८
नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन छत्रकोट गाउँपालिकाको अध्यक्षमा विनोद न्यौपाने चयन भएका छन् । संगठनको दोस्रो अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा सर्वसम्मत १७ सदस्यीय कमिटी चयन गरेको हो ।
आठ प्रहरी उपरीक्षक एसएसपीमा बढुवा सिफारिस
मंगलबार, कात्तिक ३०, २०७८
नेपाल प्रहरीका आठ प्रहरी उपरीक्षक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
आज विश्व सहरीकरण दिवस
आइतबार, कात्तिक १४, २०७८
आज विश्व सहरीकरण दिवस विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइदै छ । हरेक वर्षको अक्टुबर ३१ को दिन विश्वभरि सहरीकरण दिवस मनाइने गरिन्छ ।
आज विश्व पर्यटन दिवस
सोमबार, असोज ११, २०७८
आज सेप्टेम्बर २७ अर्थात् विश्व पर्यटन दिवस हो । सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउदै आइएको छ ।
आज राष्ट्रिय बाल दिवस मनाइँदै
मंगलबार, भदौ २९, २०७८
‘सामान्य अवस्था वा कोभिड महामारी: बाल अधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका आज ५७ औँ राष्ट्रिय बाल दिवस मनाइँदै छ ।
आज आत्महत्या रोकथाम दिवस
शुक्रबार, भदौ २५, २०७८
विश्व आत्महत्या रोकथाम दिवस’ नेपालसहित विश्वभरि नै विविध कार्यक्रम गरी मनाइँदै छ । विश्व स्वास्थ्य संगठनले हरेक वर्ष १० सेप्टेम्बरलाई विश्व आत्महत्या रोकथाम दिवसको रूपमा मनाउने गरेको छ ।
आज कुसे औंसी, बाबुको मुख हेर्ने दिन
मंगलबार, भदौ २२, २०७८
आज कुसे औसी अर्थात् बाबुको मुख हेर्ने दिन । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ ।