Shittalpati
नेपाल र  क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना
नेपाल र  क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना नेपाल र गणतन्त्र क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका मुलुकको सङ्ख्या एक सय ८० पुगेको छ । 
ठगी गर्ने गिरोह सक्रिय रहेकाले प्रलोभनमा नपर्न आग्रह
ठगी गर्ने गिरोह सक्रिय रहेकाले प्रलोभनमा नपर्न आग्रह वैदेशिक रोजगार विभागले दक्षिण अफ्रिकामा आकर्षक जागिरको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै त्यस्तो प्रलोभनमा नपर्न आग्रह गरको छ । विभागले एक सूचना प्रकाशित गरी आकर्षक सेवा सुविधासहितको पदमा काम लगाइदिने भन्दै त्यो गिरोहले नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गरेकाले प्रलोभनमा नपर्न आग्रह गरेको हो । 
नेपाल र भारतबीच सात मुख्य विषयमा सम्झौता
नेपाल र भारतबीच सात मुख्य विषयमा सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सात मुख्य विषयमा सम्झौता भएको छ । नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा दुई देशका प्रधानमन्त्रीले सात बुँदे सम्झौतामा हस्ताक्षर गरेको जानकारी गराइएको हो ।
नेपाल र भारतबीच सात मुख्य विषयमा सम्झौता
नेपाल र भारतबीच सात मुख्य विषयमा सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सात मुख्य विषयमा सम्झौता भएको छ । नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा दुई देशका प्रधानमन्त्रीले सात बुँदे सम्झौतामा हस्ताक्षर गरेको जानकारी गराइएको हो ।
शरणार्थी प्रकरण : प्रहरीले बुझायो प्रतिवेदन
शरणार्थी प्रकरण : प्रहरीले बुझायो प्रतिवेदन जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नविरुद्धको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । अनुसन्धानको ५७ औँ दिनमा प्रहरीले आफ्नो रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो ।
रङ्गशालामा भागदौड हुँदा बाह्र जनाको मृत्यु
रङ्गशालामा भागदौड हुँदा बाह्र जनाको मृत्यु मध्य अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर १२ जनाको मृत्यु भएको छ । भने कैयौँ घाइते भएका छन् । समर्थकहरू रङ्गशालामा प्रवेश गरेपछि भएको भागदौडमा उक्त हताहति भएको प्रहरीलाई उद्धृत गर्दै केबल न्युजन नेटवर्क (सिएनएन)ले जनाएको छ ।
भ्रष्टाचारविरुद्धको आन्दोलन सशक्त बनोस्
भ्रष्टाचारविरुद्धको आन्दोलन सशक्त बनोस् नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगीमा ‘हाई प्रोफाइल’कै संलग्नता देखिएपछि नागरिकहरू स्वस्फुर्त रूपमा भ्रष्टाचारविरोधी आन्दोलनमा उत्रिन थालेका छन् । प्रहरी अनुसन्धानमा दवाब र प्रभाव हुन नदिन खबरदारीका लागि पाल्पासहित देशभरका ठूला शहरमाहरुमा भ्रष्टाचारविरोधी प्रदर्शन हुँदै आएको छ ।
नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा १२ हजार सात सयमै उडाउने
नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा १२ हजार सात सयमै उडाउने राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ । सो अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर रु १२ हजार सात सय कायम गरेको छ । यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो ।
नागरिकता सम्बन्धी विधेयक अघि बढाउन एनआरएनएको माग
नागरिकता सम्बन्धी विधेयक अघि बढाउन एनआरएनएको माग गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले नागरिकता सम्बन्धी विधेयकलाई अघि बढाइ तत्काल गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन सरकारसँग अनुरोध गरेको छ ।
सर्वियामा फेरि नरसंहार, आठ जनाको मृत्यु
सर्वियामा फेरि नरसंहार, आठ जनाको मृत्यु एक साताको अन्तरालमा सर्वियामा फेरि नरसंहारको अर्को घटना भएको छ । बेलग्रेडबाट ६० किलोमिटर दक्षिणमा रहेको म्लादेनोभाकमा गुडिरहेको गाडीबाट एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा आठ जनाको मृत्यु भएको तथा अन्य १३ जना घाइते भएका सरकारी सञ्चार माध्यमले जनाएका छन् ।
भैरहवा र पोखराबाट चीन उडानका लागि राजदूतसमक्ष आग्रह
भैरहवा र पोखराबाट चीन उडानका लागि राजदूतसमक्ष आग्रह संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवा र पोखराबाट चीनका विभिन्न गन्तव्यमा उडानका लागि पहल गरिदिन चिनियाँ राजदूत छेन सोङलाई आग्रह गरेका छन् । जहाज चार्टर्ड गरेर नेपाल आएको एक सय ८० जना चिनियाँ पर्यटकलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतपछि विमानस्थलमै चिनियाँ राजदूतसँगको भेटमा मन्त्री किरातीले भैरहवा र पोखराबाट...
संक्रमण बढेसँगै खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
संक्रमण बढेसँगै खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दैनिक रुपमा संक्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो ।
Weather Update