भानु जयन्ती सन्दर्भ
बुधबार, असार २९, २०७९

सेवाग्राहीलाई सास्ती नदेऊ
मंगलबार, असार २८, २०७९
सरकारी कार्यालयहरुको सेवा प्रवाहमा संघीयता आएपछि केही सहज होला भनि आशा गरे पनि त्यसो हुन सकेको छैन । अझै पनि अधिकांस सरकारी कार्यालयहरुमा सेवाग्राहीले सेवा लिनका लागि सास्ती भोग्नु परेको छ । कर्मचारीको ढिलासुस्ती र अनावश्यक दुःख दिने प्रवृत्तिले कुनै बेलाको ‘सरकारी काम कहिले जाला घाम’ भन्ने उखान अहिले पनि...

श्रीलंकाको वर्तमान अर्थतन्त्र र नेपालमा उब्जाएको आशंका
मंगलबार, असार २८, २०७९
विगत केहि समय अगाडिदेखि सार्कराष्ट्र श्रीलंकाको अर्थव्यवस्थामा समस्या उत्पन्न हुँदै हाल आएर देशको अर्थव्यवस्था धरासायी मात्र नभई टाट् नै पल्टेको अवस्थामा पुगेको छ । यहि कारण श्रीलंकामा विभिन्न किसिमका आर्थिक, सामाजिक तथाराजनीतिक घटनाहरु घटी जनताको दैनिक जीवन असहजर संकटपूर्ण अवस्थामा पुगेको छ ।

श्रीलंका जस्तो नबनोस् नेपाल
सोमबार, असार २७, २०७९
नेपालको अर्थतन्त्र अत्यन्त कमजोर बन्दै गएको छ । तर सरकारमा बस्ने राजनीतिक दलले त्यसलाई लामो समयदेखि बेवास्ता गदै आएका छन् । अर्थतन्त्र संकट उन्मुख भइरहँदा समेत राजनीतिक नेतृत्व त्यसप्रति गम्भीर बन्न सकेको छैन ।

विपद्मा सतर्कता आवश्यक
आइतबार, असार २६, २०७९
यति बेला नेपालमा मनसुन सक्रिय भएको छ । बर्खाको मौसम भएकाले पनि मनसुन सक्रिय हुनु स्वाभाविक नै हो । यसलाई अन्यतथा लिनु हुँँदैन ।

विपद् व्यवस्थापनको तयारीमा लाग्ने की ?
आइतबार, असार २६, २०७९
मनसुन भित्रीएता पनि नेपालमा आजका मितिसम्म यसले खासै ठूलो समस्या निम्त्याएको छैन । त्यसैले होला तीनवटै सरकारले यसको पूर्व तयारीमा खासै ध्यान दिएको पाईदैन । आँखा अगाडि नै समस्या नदेखिने समयसम्म बेवनस्था गर्ने हाम्रो बानीले यसमा पनि अछुतो रहन सकेको देखिदैन ।

असारे विकासको पुनरावृत्ति
शनिबार, असार २५, २०७९
आर्थिक वर्ष पूरा हुनका लागि एक साताभन्दा कम समय बाँकी छ । वर्षभरिका कामलाई पूर्णता दिने र हिसाब राफसाफ गर्ने महिनाका रूपमा आर्थिक वर्षको अन्तिम महिना असारलाई लिने गरिन्छ । तर, पछिल्ला केही वर्षयता यस महिनामा आर्थिक विकृतिको नग्न रूप देख्न पाइन्छ ।

वाणी, बोली र समृद्धि
शुक्रबार, असार २४, २०७९
कोही अरु कसैका वाणीमा बहेली खेल्दै पौडिएका छन् त कोही रमाइरहेका रङ्गिला रस र रङ्गमा । अलि सफा देखिदैन हाम्रो मानसिकता । सधै लागू नहुन पनि सक्दो रहेछ विद्वान तथा पढे लेखेकाले मात्र विवेकशील विचार गर्छन् भन्ने भनाई । विज्ञताका वाणीमा बहादुरीता झल्किन्थ्यो ऋषिमुनिहरूका पालामा । सोही बहादुरीपन वाणीले कार्यसम्पादन...

खै तानसेनको विकासमा चासो ?
बिहीबार, असार २३, २०७९
पाल्पा र आसपासका क्षेत्रहरु दिनप्रति दिन सुनशान जस्तै भएका छन् । जिल्ला सद्रमुकाम तानसेन त झनै सुन्दर भएर पनि हरेक कोणबाट कमजोर भएको छ । सामरिकताको हिसाबले पनि तानसेनको ऐतिहासिकता केवल इतिहासका पानामा मात्रै समिति हुन लागेको छ ।

गठबन्धनको राजनीति
बुधबार, असार २२, २०७९
देशले राजनैतिक अन्यौलताको व्ययभार बेहोर्ने पक्का जस्तै देखिएको छ । प्रतिगमनको आधारलाई प्राथमिकता दिने सोंचका साथ फेरी पनि वाम गठबन्धनका आवाजहरु गुञ्जिन थालेपछि मुलुक अर्को पटक फेरी पनि राजनैतिक अस्थिरताको शिकार हुने खतरा बढेर गएको छ ।

बाढी पहिरोसँगै सरुवा रोगको जोखिम
मंगलबार, असार २१, २०७९
असार, साउन महिना बर्खाको समय हो । बर्खा लाग्नु भनेको खेतीपातीको याममात्रै होइन यो विपद् र सरुवा रोगको प्रकोप देखा पर्ने याम पनि हो । नेपालमा बर्सेनि बाढी पहिरोको विपद् नियमित जस्तो छ ।

परिचर्चाको राजनीति
सोमबार, असार २०, २०७९
नेपाली राजनैतिक वृत्तमा अहिले असार १७ को हल्लाले बजार तातेको छ । मुलुकका हरेक परिवर्तनमा असार १७ को योगदान ठूलो भएर होला अहिले यो हल्ला व्यापक रुपमा बढेको देखिन्छ । ओलीका रसीला टुक्का र देउवाका ज्योतिषी पाराले गर्दा हरेक ठूलादलहरु भित्र नयाँ तरंग मौलाएको अवस्था प्रति हरेक कोणबाट हेर्नेहरुका लागि...

पाल्पामा हेर्ने र घुम्ने ठाउँ बनाऔँ
सोमबार, असार २०, २०७९
त्येक वर्षहरुमा जस्तै यसपाली पनि शैक्षिक भ्रमण, अध्ययन अवलोकन भ्रमण, धार्मिक यात्रा आदि आदिका लागि मेचीदेखि महाकालीसम्मका आन्तरिक पर्यटकहरु बग्रेल्ती देखिएन थालेका छन् तानसेन बजारमा । उनीहरु आउँदा, घुम्दा, कहाँ जाने छन्, के हेर्ने छन् थाहा छैन ? कसैलाई चासो पनि छैन् तानसेन आएर के हेर्छन् भनेर ।