Shittalpati
जनताको भावना माथि खेलवाड नहोस्
जनताको भावना माथि खेलवाड नहोस् देश संघीय लोकतान्त्रीक गणतन्त्रात्मक साशन व्यवस्थाको पहिलो पाँच वर्षे कार्यकाल पुरा गरी पुन: देश संघीय र प्रदेश चुनावको तयारीमा लागेको देखिन्छ । विभिन्न दलका उम्मेदवारहरुको मनोनयन सँगै देश पुनः निर्वाचनमय भइसकेको छ । अबको केहि महिना भाषण, घरदैलो, नारा, जुलुसले शहरमा मात्रै होइन् ग्रामीण क्षेत्रमा एक प्रकारको रौनक थपिने छ ...
चुनावी चटारो
चुनावी चटारो देश निर्वाचनमा होमिएको छ । भर्खर हिन्दुहरुको महान पर्व बडादशैं सकिएसँगै संघीय र प्रदेशसभाको निर्वाचनको चटारोमा दलहरु छन् । आउँदो मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरुको अन्तिम नामावली आज प्रकाशन हुँदैछ  ।
जोखिमपूर्ण यात्रा
जोखिमपूर्ण यात्रा यस वर्षको दसैं आइतबारदेखि सकिएको छ । विगतमा भन्दा यस पटकको दसैं निकै कस्टकर बन्न पुुगेको छ । देशका अधिकासं ठाउँमा टिकाका दिनदेखि निरन्तर परेको अविरल वर्षका कारण यस वर्षको दसैं निकै नै कस्टकर बन्न पुुग्यो । मान्यजनको हातको टिका लगाउन गाउँघर पुुगेका र दसैं मनाएर आफ्नो गन्तव्यमा फर्किने यात्रुुहरु...
बढ्दो मानसिक समस्या
बढ्दो मानसिक समस्या पछिल्लो समय मानसिक स्वास्थ्य समस्या बढ्दो रहेको छ । कोरोना भाइरसका कारण धेरै नागरिक मानसिक समस्यामा परेका छन् । झण्डै दुई वर्षको यो अवधिमा आर्थिक रुपमा धेरै क्षति व्यहोर्नु पर्‍यो । व्यापार व्यवसाय सोचेजस्तो भएन । ऋण काढेर काम गरेकाहरुलाई व्याजले थला पर्दै लग्यो । जसका कारण मानसिक रुपमा धेरै...
जेष्ठ नागरिक दिवसको सार्थकता
जेष्ठ नागरिक दिवसको सार्थकता आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस नेपालमा पनि मनाइँदैछ । सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ मा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । नेपालले सन् १९९६ देखि यो दिवस मनाउन थालेको हो । यसरी वर्षेनी दिवस मनाउँदा नेपालमा रहेका करिब ३० लाख जेष्ठ नागरिकलाई समुचित ढंगले सम्बोधन गर्न सकिएको...
चाडवाडका बेला सुरक्षा सतर्कता
चाडवाडका बेला सुरक्षा सतर्कता नेपालीहरुको सबैभन्दा ठूलो चाड दसैं हाम्रो घर आगनमा भित्रि सकेको छ । देश तथा विदेशबाट घर फर्किने क्रम सुरु भएको छ । यतिबेला सहरबजारमा चाडपर्वको चहलपहल पनि सुरू भइसकेको छ । मानिसहरु दसैंको किनमेलमा व्यस्त हुन थालेका छन् । यसै पनि चाडपर्वको समयमा सबै क्षेत्रमा मानिसको चाप बढ्ने गर्छ ।
मुटुु रोगबारे सचेतना जरुरी
मुटुु रोगबारे सचेतना जरुरी प्रत्येक वर्ष २९ सेप्टेम्बरलाई संसारभर विश्व मुटु दिवसका रुपमा मनाइन्छ । यस दिवसको मुख्य सन्देश मुटुरोग सम्बन्धी चेतना फैलाई यसबाट बच्न तथा सावधानी हुन उत्प्रेरित गर्नु हो । विश्व हृदय महासंघ र विश्व स्वास्थ्य संगठनले संयुक्तरूपमा सन् १९९९ सेप्टेम्बर २९ तारिख, २९ सेप्टेम्बरकै दिनलाई विश्व मुटु दिवसका रूपमा मनाउने निर्णय...
सूचनामा पहुँच दिवसको सार्थकता
सूचनामा पहुँच दिवसको सार्थकता आज विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी सूचनामा विश्वव्यापी पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । सन् २०१५ मा युनेस्कोको साधारणसभाले सूचनामा विश्वव्यापी पहुँच आवश्यक मान्दै यसलाई पारित गरेपछि हरेक वर्ष सेप्टेम्बर २८ का दिन यो दिवस मनाइँदै आएको हो ।
पर्यटन दिवसको औचित्य
पर्यटन दिवसको औचित्य विश्वमा हरेक वर्ष पर्यटनको क्षेत्रको विकास र उत्थानका लागि विश्व पर्यटन दिवस मनाइँदै आइएको छ । सन् १९९७ को संयुक्त राष्ट्रसंघीय अवधारणा बनेपछि सन् १९८० देखि सेप्टेम्बर २७ का दिन विश्वभर विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउने गरिन्छ ।
योजना समयमै सकौं
योजना समयमै सकौं हरेक सरकारी निकायहरुमा योजना निर्माण गरिन्छ । विशेषतः ति योजना दीर्घकाली र अल्पकालीनका हुुने गर्दछन् । योजना निर्माण गरिए पनि कार्यान्वयनको चरण भने नेपालमा अत्यन्त कमजोर र ढिला सुुस्ती हुने गर्दछ । कुनै पनि विकास निर्माणका योजना निर्माण भएको वर्षौं वा दशकौंसम्म पनि त्यसले मूर्त रूप प्राप्त नगर्नु नेपालीको विशेषता...
लगानीकर्तालाई प्रोत्साहन गरौं
लगानीकर्तालाई प्रोत्साहन गरौं भविष्यको प्रतिफलको लागि कुनै योजनामा आफ्नो धन लगानी गर्ने ब्यक्ति वा संस्थालाई लगानीकर्ता भनिन्छ । लगानीकर्ताले विभिन्न तरिकाबाट संस्था वा कम्पनी वा वित्तीय संयन्त्रहरूमा लगानी गर्न सक्दछ । तर नेपालमा सरकारले लगानी सम्बन्धी विभिन्न ऐन–कानुन संशोधन गरेर लगानी गर्न नसक्ने वातावरण नै सिर्जना गर्ने गरेको छ ।
Weather Update