Shittalpati
उम्मेदवार जवाफदेही बन
उम्मेदवार जवाफदेही बन निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र राजनीतिक दल वा उम्मेदवारले आयोगले तोकेको ढाँचामा खर्च विवरण बुझाउनु पर्ने निर्वाचन आयोग ऐनमा उल्लेख गरिएको छ । तर ऐनको बेवास्ता गर्दै पाल्पा र गुल्मीका स्थानीय निर्वाचनमा सहभागी १६ सय ४३ उम्मेदवारले समयमा खर्च विवरण बुझाएका छैनन् ।
किन बल्झिन्छ पटक–पटक नागरिकताको घाउ ?
किन बल्झिन्छ पटक–पटक नागरिकताको घाउ ? आसन्न निर्वाचनमा सत्ता गठबन्धन दल र नेकपा एमालेका उम्मेदवारहरुका लागि नागरिकता सम्बन्धी विषय निकै पेचिलो रुपमा चुनावी मुद्दा बन्ने निश्चित देखिन्छ । यसको मुख्य श्रेय नेकपा एमालेको पूूर्व उपाध्यक्ष तथा राष्ट्रपति विद्या देवी भण्डारीलाई जाने छ । उनले ओली नेतृत्व सरकारको समयमा अध्यादेश प्रमाणीकरण नगरी दिएको भए उनको कद त...
प्राथमिक उपचार दिवसको सन्दर्भ
प्राथमिक उपचार दिवसको सन्दर्भ हरेक वर्ष आजकै दिन प्राथमिक उपचार दिवस मनाउने गरिन्छ । आज पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदै छ । प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर २२ मा प्राथमिक उपचार दिवस मनाउने गरिन्छ ।
समयमै रोकौं डेंगु
समयमै रोकौं डेंगु पाल्पा सहित देशैभर डेंगुको संक्रमण द्रुत गतिमा फैलिरहेको छ । पाल्पामा साउनको पहिलो हप्ता छिट्टाफट्टा रुपमा देखिएको डेंगु अहिले १ सय भन्दा बढीमा देखा परेको छ भने १ जनाको ज्यान समेत गएको छ । भदौ महिनायता संक्रमितको संख्या अकासिएको छ ।
सुरक्षित मातृत्व चुनौतिपूर्ण
सुरक्षित मातृत्व चुनौतिपूर्ण सुरक्षित गर्भपतन गर्नु कुनै अपराध होइन । यो महिलाहरूको अन्य प्रजनन् स्वास्थ्य समस्या वा बाध्यताको समाधान हो । तर, ६० प्रतिशत नेपाली महिलालाई यसको जानकारी नै नभएर मृत्यु भोग्न बाध्य हुनुपरेको अवस्था छ ।
संविधानको कार्यान्वयनमा जोड देऊ
संविधानको कार्यान्वयनमा जोड देऊ संविधान देशको मूल कानून हो । यसले राज्य सञ्चालनमा आवश्यक निर्देशन गर्ने गर्दछ । देशका हरेक पक्ष र क्षेत्रका लागि आवश्यक पर्ने ऐन, नियम, नियावली, नीति तथा निर्देशनको आधार पनि यहि हो भने राज्य सञ्चालन तथा सुशासन स्थापित गर्न पनि यसको उत्तिकै महत्व तथा भूमिका रहेको देखिन्छ । पछिल्लो समय...
संविधान दिवस र यसको सार्थकता
संविधान दिवस र यसको सार्थकता मुलुकमा जनप्रतिनिधिबाट सम्मिलित संविधान जारी भएको आज ८ वर्ष पुुगेको छ । यसबीचमा नेपाली काँग्रेस, एमालेदेखि एमाओवादी नेतृत्वका सरकारहरू बने, मधेसवादी दलदेखि विभिन्न पार्टी ती सरकारमा सहभागी भए । जसले सरकार चलाए पनि जनताले भने आधारभूत रूपमा फरक पाउन सकेनन् । अर्थात् जनताले काँग्रेस र कम्युनिष्टको शासन त पाए तर...
चाडपर्व र बढ्दो महँगी
चाडपर्व र बढ्दो महँगी नेपालीहरूका घर आँगनमा चाडपर्वहरू आउँनै लागेका छन् । महिलाको महान् पर्व तीज, पञ्चमी र तराईमा मानिने विशुद्ध महिलाकै व्रत जितिया पवनीपछि क्रमशः चौथी खेल्ने, विश्वकर्मा पूजा, दसैंतिहार र छठ पर्व आउँछन् । बिदेसिएका परिवारका सदस्य पनि चाडपर्व मान्नैका लागि जहाँ भए पनि घर फर्कने गर्छन् ।
विश्वकर्मा पूजा र विभेद
विश्वकर्मा पूजा र विभेद हरेक चाडपर्वको आ–आफ्नै महिमा र विशेषता रहेको हुन्छ । अन्य चाडपर्व र पूजाआजा जस्तै विश्वकर्मा पूजा पनि एक हो । यसको पनि आफ्नै सांस्कृतिक, सामाजिक र आध्यात्मिक महत्व र महिमा रहेको छ । आश्विन महिनाको कृष्णपक्षको संक्रान्ति तिथिमा पर्ने यो पर्व हरेक वर्ष असोज १ गते विश्वकर्मा बाबाको पूजा गरी...
‘जिउँदो सहिद’ विजयको अवसान !
‘जिउँदो सहिद’ विजयको अवसान ! पञ्चयती निरुकुंशताविरुद्ध २०४६ मा भएको जनआन्दोलनका जिउँदो सहिद, आदर्श , निष्ठा र स्वाभिमानका प्रतिमूर्ति, देश ,जनता र पार्टीका लागि सधैं क्रियाशील विलक्षण प्रतिभाका धनी घिमिरे विगत केही वर्षदेखि शरीरका दुई/दुईवटा अङ्गमा क्यान्सर जस्तो भयानक रोगबाट ग्रस्त थिए ।
समानुपातिकको दुरुपयोग नगर
समानुपातिकको दुरुपयोग नगर एउटा निर्वाचन क्षेत्रमा जुन दलले जति मत ल्याएको हो त्यसकै आधारमा उसका प्रतिनिधिलाई संसद्मा प्रतिनिधित्व दिने प्रणाली समानुपातिक प्रणाली हो । समानुपातिक प्रणालीको मर्म पछि परेको वा बञ्चितीकरणमा पारिएको क्षेत्र, वर्ग र समुदायको प्रतिनिधि सुनिश्चित गर्नु हो । तर, यसको राजनीतिक दलहरुले दुरुपयोग गरिरहेका छन् ।
सिट बाँडफाँटमै सकस
सिट बाँडफाँटमै सकस सरकारले आमनिर्वाचनको मिति घोषणा गरेपछि पाँचदलीय सत्ता गठबन्धनका नेता सिट बाँडफाँटको गृहकार्यमा जुटेका छन्् । प्रतिनिधिसभाका १ सय ६५ र प्रदेशका ३ सय ३० निर्वाचन क्षेत्र एकमुष्ट बाँडफाँट गर्ने तयारी भएपनि सहमति जुटाउन सत्ता गठबन्धनलाई सकस परेको छ । अहिलेसम्म कुन दलले कति सिट लिने भन्ने बारेमा गठबन्धनका दलहरुले निष्कर्ष...
Weather Update