गुल्मी पहिरो र स्थलगत अध्ययन
मंगलबार, असार २३, २०७७

महामारी र आर्थिक संकट
मंगलबार, असार २३, २०७७
विश्वव्यापी महामारीका रुपमा देखा परेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले अवलम्वन गरेको लकडाउनका कारण नेपाली अर्थतन्त्रमा परेको प्रभावहरुको नतिजा क्रमिक रुपमा देखापर्न थालेको छ । आर्थिक संकटले आर्थिक क्रियाकलापहरू लगानी, उत्पादन, आपूर्ति श्रृंखला र मूल्य संरचनालाई उथलपुथल पारेको छ । वित्तीय संस्थाहरूमा तरलता अभाव, लगानीकर्ता र व्यवसायीमा ऋण...

नागरिकको सुरक्षाबारे गम्भीर बन
सोमबार, असार २२, २०७७
देशभर स्थानीय सरकार र प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनको अवस्था दर्दनाक बन्दै गएका घटनाहरु बाहिर आएका छन् । कोरोना भाईरस संक्रमण फैलिन नदिन बाहिरबाट आएका र शंकास्पद व्यक्तिलाई राख्न निर्माण गरेका क्वारेन्टाइनहरु असुरक्षित र अव्यवस्थित भएपछि अवस्था दिनहुँ दर्दनाक बन्दै गएको हो । यो दुःखको कुरा हो । क्वारेन्टाइन व्यवस्थित...

बाबु, आमा बोझ कि वरदान ?
आइतबार, असार २१, २०७७
छोरा जन्माई, हुर्काइ, पढाई, योग्य बनाईदियो बुहारीले लैजान्छन् । छोरी जन्माएर, हुर्काएर, बढाएर, पढाएर योग्य बनाएपछि बाजा बजाएर अन्माएर पढाउनु पर्छ, ज्वाईले लैजान्छन् । त्यसपछि बुढाबूढी टुक्रुक्क एक्लै हुनुपर्छ । छोरा–बुहारी र छोरी–ज्वाई, नाती–नातिना पनि उही छुट्टी मिलाएर द्धितीयाका जुन (हदका चाँद) जस्तै टुप्लुक्क आउने हुन् । कहिलेकाँही बुढो घर...

लोकप्रियता गुमाउदै सरकार
आइतबार, असार २१, २०७७
बहुमत प्राप्त सरकारले लोकप्रियता गुमाउन थालेको छ । संसद संख्यात्मक हिसाबले निकै बलियो अवस्थामा रहेको सरकारले जनभावना विपरीत केही काम गरेकोले अहिले निकै आलोचना भएको छ । कोरोना महामारीका बेला जनताप्रति संवेदशिल हुनुपर्ने बेलामा सरकार विभिन्न किचलो, विवाद र सत्तारुढ दलभित्रै आन्तरिक कलह लिप्त भएको छ ।

सहकारी दिवसको सार्थकता
शनिबार, असार २०, २०७७
विश्वभर आज अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन थालिएको छ । सन् १९२३ देखि अन्तर्राष्ट्रिय सहकारी संगठनमार्फत हरेक वर्षको जुलाई महिनामा विश्वभर सहकारी दिवस मनाउने गरिएको हो । नेपालमा पनि हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।

कोरोनाको कहर, संस्कृति माथि प्रहार
शनिबार, असार २०, २०७७
नेपाल ‘सातको अफाप’ कस्को के श्राप परेको हो कुन्नि सालको पछाडी सात आउने बितिकै देशभित्र नाना किसिमको क्रान्ति, भ्रान्ति, दुःखको ओइरो लाग्ने ! सालको चार अंकमा कुनै पनि ठाँउमा सात आउने बित्तिकै देशमा अनेक प्रकारका घटना हुने गर्छ । यो सबैलाई थाहा भएकै कुरा हो ।

नेकपामा स्वार्थको झगडा
शुक्रबार, असार १९, २०७७
देशमा कोरोना महामारीको कहर छ । यता बहुमत प्राप्त दल नेकपा भित्र भने स्वार्थको झगडा भइरहेको छ । हुन त यो नौलो भने होइन । नेकपाभित्र बेला–बेलामा स्वार्थका झगडाहरु भइनै रहन्छन् । केही दिन अघिदेखि नेकपा भित्रबाटै पाटी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरिएको छ । बहुमत...

जातजाति, लिङ्ग र सामाजिक व्यवहार
शुक्रबार, असार १९, २०७७
रुकुम घटनालाई नजिकबाट नियालेर हेर्ने हो भने यो अरुको चासोको विषय नै हैन झैं गरेर विभिन्न जातिय संगठनका मात्र दवाबमूलक कार्यक्रमहरु देख्न सकिन्छ । यो घटना त केवल बाहिर निस्केको घटना हो । यहाँ यस्ता धेरै घटनाहरु छन्, जुन आफै बिलिन भएर गएका छन् । कुनै घटना कारण बिना नै...

नागरिकतासँग एमसीसी नसाटियोस्
बिहीबार, असार १८, २०७७
गतहप्ता नेपालमा आकासै खसेर सबै ध्वस्त हुन्छ या कुनै प्रलय आउदैछ जस्तो भयो । विषय हो नेपालको नागरिकता ऐन २०६३ सशोधनको । त्यसभन्दा अगाडि सदनमा त सांसद सरिता गिरीको कुरासँग जोडिएर आएको थियो । हुन त सरिता गिरीको पछिल्लो अभिव्यक्ति जायज र सान्दर्भिक छ । उनलाई देख्न साथ आलोचना त...

मल अभाव हुन नदेऊ
बिहीबार, असार १८, २०७७
यति बेला देशभरका किसान रोपाइँको चटारोमा छन् । वर्षभरीको प्रमुख खाद्यान्न जोहोका लागि बीउ उखेल्ने र रोप्ने काममा किसान व्यस्त छन् । विगतमा जस्तै यस वर्ष पनि बाली हुर्काउन र उत्पादन वृद्धि गर्न अति आवश्यक पर्ने डीएपी र युरिया मल कतै नपाइएको होकी भन्ने चिन्तामा किसानहरु रहेका छन् । सरकारले...

कोरोनाप्रति कति सावधान हामी ?
बुधबार, असार १७, २०७७
कोरोना भाइरस आजसम्मको सार्वजनिक समाचार अनुसार र विचार प्रवाह हुँदा सम्मको तथ्यांक अनुसार यो भाइरस चीन, दक्षिण एशिया, युरोप, अमेरिका, आदि सुदुरवर्ती देश हुदै विश्वका धेरै मुलुकहरू जस्तैं भारत, इरान, इराक, द–कोरिया, जापान, अमेरिका, इटली, स्पेन, फ्रान्स, जर्मनी लगायत हाम्रो नेपालमा पनि तीव्र गतिले विस्तारित हँुदै गइरहेको बुझिन्छ । अनेकौ...

खुकुलो लकडाउन र सावधानी
बुधबार, असार १७, २०७७
लामो समयको बन्दाबन्दीका कारण उद्योगी, व्यवसायी र आम नागरिक समस्यामा पछि सरकारले लकडाउनलाई केही खुकुलो बनाएको छ । सरकारले दैनिक जीवनयापनलाई सहज बनाउनका लागि लकडाउनको स्वरुप परिवर्तन गर्नु आफैमा उत्साजनका रुपमा लिनु पर्दछ । लकडाउन खुकुलो गरेसँगै उद्योगी व्यवसायीहरुले राहत महशुस गरेका छन् । आम नागरिक, उद्योग व्यवसायीहरूले राहत महशुस...